• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सामान्यभन्दा फरक छैन अर्थमन्त्रीको लकडाउन दैनिकी

64x64
सविन मिश्र बिहीबार, चैत २०, २०७६  १०:५५
1140x725
आइतबार राति ९ बजे मन्त्रिपरिषदको निर्णय सुनाउँदै अर्थमन्त्री खतिवडा। फाइल तस्बिर

काठमाडौं - कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै यतिबेला देशभर लक डाउन घोषणा गरिएको छ। सरकाले चैत २५ गते राति १२ बजेसम्मका लागि घोषित लक डाउनका कारण सर्वसाधारणदेखि राजनीतिज्ञ, व्यवसायी र प्रशासकसम्म घरभित्रैबाट आफ्नो काम गरिरहेका छन्, धेरैको कामकाज बन्द भएको छ।

तर, यस्तै अवस्थाकाबीच पनि एकजना मन्त्रीको दैनिकी भने यसअघिको भन्दा फरक छैन। अर्थात् उही व्यस्त सेड्युलका बीच चलिरहेका छन् अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा।

दुईवटा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका खतिवडा यतिबेला सरकारका प्रवक्ता पनि हुन्। सरकारका काम कारबाही मिडियामार्फत् सार्वजनिक गर्नु पनि उनकै दायित्व हो। 

यो पनि पढ्नुहोस्

मन्त्री भट्टको दैनिकी : उपभोग्य सामाग्री सहज बनाउँदै दिन बित्छबुधबार, चैत १९, २०७६

कोरोनाका कारण लक डाउन भएको अवस्था होस् वा यसअघिको सामान्य परिस्थिति उनको मन्त्रालय प्रवेशको समय तालिका फेरिएको छैन। अर्थात् विहान साढे ८ बजे आसपास खतिवडा अर्थ मन्त्रालय प्रवेश गरिसक्छन्। विहानको खाना निवासमै खाएर मन्त्रालय हिँड्ने उनी एकैपटक बेलुका ८ बजेको हाराहारीमा फर्कन्छन्। 

खतिवडाको पुरानै स्वभाव छ, उनी हरेक फाइल विस्तृतमा आफैँ हेर्छन्। अघिल्लो दिन हेरेर नसकिएका फाइल भोलिपल्ट अध्ययन गरेर मात्रै आवश्यक कारबाहीका लागि 'फर्वार्ड' गर्छन्। देशमा लक डाउन भए पनि खतिवडाको दैनिकी र कामकाजमा लक डाउन भएको छैन। 

कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा बहुपक्षीय दातृ निकायका प्रतिनिधिसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै अर्थमन्त्री खतिवडासहित अर्थ मन्त्रालयको टोली।

दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीको हैसियतले खतिवडा दुवै मन्त्रालयको काममा उत्तिकै व्यस्त छन्। विहान अर्थ मन्त्रालय प्रवेश गरेपछि उनी नियमित छलफलमै व्यस्त हुन्छन्। मंगलबारसम्म कोरोना प्रभावितका लागि आर्थिक प्याकेजको तयारीमा व्यस्त रहेका उनी त्यसपछि प्याकेजको कार्यान्वयन कार्ययोजना निर्माणमा व्यस्त भए। मंगलबार त्यसलाई पनि उनले स्वीकृत गरिसकेका छन्। 

कोरोना संक्रमणको जोखिमले लक डाउन घोषणा भएसँगै त्यसले अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा असर गर्न थाल्यो। धेरैले रोजगारी गुमाए। दैनिक ज्यालादारी गर्नेले खाना खान नपाउने अवस्था आयो। यसैबीचमा उनले एउटा प्याकेज घोषणा गरे, जसले सबैलाई समेट्ने प्रयास पनि गरेको छ। यद्यपि, मजदूरलाई पर्याप्त राहत नभएको भन्दै उनको आलोचना पनि भइरहेको छ। 

यो पनि पढ्नुहोस्

कानुनमन्त्री तुम्बाहाङ्फेको लकडाउन दैनिकी : ब्याडमिन्टन, फूल गोडमेल र कविता लेखनमंगलबार, चैत १८, २०७६

मन्त्री खतिवडा यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्न पाएका छैनन्। राष्ट्रिय योजना आयोगले मन्त्रालयगत छलफल गर्न सकेको छैन। विगतका वर्षहरुमा अर्थ मन्त्रालय यतिबेला दोहोरो चापमा हुन्थ्यो, एकातिर कार्यक्रम संशोधन र रकमान्तरको दबाब भने अर्कोतिर नयाँ बजेटको तयारी।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाका कारण यतिबेला यी दुवै काम रोकिएको छ। नयाँ बजेटका लागि गर्नुपर्ने बाह्य तयारी रोकिएको भए पनि आन्तरिक तयारी अघि बढिरहेको छ। 'नियमित काम भइरहेको छ, मन्त्रीज्यू त्यसैमा व्यस्त हुनुहुन्छ,' खतिवडाका प्रेस संयोजक यमन पौडेल भन्छन्। 

खतिवडा यतिबेला कहिले दातृ निकायका प्रतिनिधिसँगको छलफलमा हुन्छन् त कहिले विभिन्न संस्थामा नियुक्त भएका अध्यक्षको सपथ ग्रहण गराइरहेका छन्। यसबीचमा राष्ट्रिय योजना आयोग तथा नेपाल राष्ट्र बैंकसहितका नियमनकारी निकाय प्रतिनिधिसँग सम्पर्क गरिरहेका छन्। 

सञ्चय कोषका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीलाई पद तथा गोपनीयताको सपथ गराउँदै खतिवडा।

विहान घरबाटै खाना खाएर निस्किने खतिवडाको अहिले खाना भनेको भेज चाउचाउ  र चिया बिस्कुट हो। शाकाहारी खतिवडा बाहिरको खानमा धेरै रुचि राख्दैनन्। 

मन्त्रालयको नियमित जिम्मेवारीबाहेक सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि बनाएको हरेक समितिका उनी महत्वपूर्ण सदस्य हुन्। अर्थमन्त्रीको हिसाबले आर्थिक दायित्व पर्ने हरेक विषयमा उनकै निर्णय चाहिन्छ। स्रोतको व्यवस्थापनदेखि खर्चको जोहो तौरतरिका उनैले मिलाउनुपर्ने भएकाले खतिवडाको स्वत: भूमिका रहन्छ। 

Xtrem

Xtrem

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको गठन भएको उच्चस्तरीय समिति होस् या कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर होस् अर्थमन्त्री सदस्य हुने नै भए। यी सबै बैठकमा अर्थमन्त्रीको सक्रिय सहभागिता हुन्छ। बैठक सकिएपछि सरकारको प्रवक्ताको हैसियतमा उनैले प्रेस ब्रिफिङ गर्छन्।

नियमित कामका सिलसिलामा खतिवडा हरेक दिन ३ बजेपछि अर्थ मन्त्रालयबाट सञ्चार मन्त्रालय जान्छन्। दुईवटा मन्त्रालयको जिम्मेवारी भएकाले सञ्चारको काम प्रभावित नहोस् भनेर आफू दुवैतिरको काममा जाने गरेको उनले बताउने गरेका छन्। 

यो पनि पढ्नुहोस्

लकडाउनमा भूमि व्यवस्थामन्त्रीको दैनिकी : समाचार र किताब पढ्ने, सञ्जालमा नजर लगाउनेआइतबार, चैत १६, २०७६

सञ्चार मन्त्रालयमा उनको धेरै चासो अहिलेको संकटमा टेलिफोन इन्टरनेट सेवाको गुणस्तरमा हुने गरेको छ। नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकसँग उनले यसबारे अपडेट लिइरहन्छन्। 

दुवै मन्त्रालयको काम सकेर खतिवडा बेलुका ८ बजेको हाराहारीमा निवास फर्किन्छन्। लक डाउनको समयअघि जस्तै अर्थमन्त्रीको घर फर्कने समय एउटै छ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्