• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कानुनमन्त्री तुम्बाहाङ्फेको लकडाउन दैनिकी : ब्याडमिन्टन, फूल गोडमेल र कविता लेखन

64x64
लिलु डुम्रे मंगलबार, चैत १८, २०७६  १६:३६
1140x725

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको दिनचर्या लकडाउनले बदलिएको छ। मन्त्रालयका काम ह्वात्तै घटेका छन्। प्रशासनिक कार्य नगन्य छ। भेटघाट पातलिएको छ। 

लकडाउन अवधिमा उनले नियमित व्यायामलाई विस्तार गर्दै ब्याडमिन्टन खेलसम्म पुर्‍याएकी छन्। सामाजिक सञ्जाल हेर्छिन्। तर, प्रतिक्रिया जनाउँदिनन्। कविता सुन्न र लेख्न सौखिन तुम्बाहाङ्फेले यसै समयमा कविता लेखनमा पनि समय दिएकी छन्। फूलसँग हुरुक्क हुने उनले गोडमेलमा समय दिने गरेको नेपाल लाइभसँग लकडाउनको दैनिकी बताइन्। थप उनकै शब्दमा:

लकडाउनको अवधि र त्यस अघिको समयको दैनिकमा फरक त पर्छ नै। कामको चापमा कमी भएको जस्तो देखिएको छ। मलाई कामको चाप कम भए जस्तो अनुभूति भएको छैन।

बिहान पाँच बजे आसपासमा उठ्छु। ६ घन्टा नियमित नै सुत्छु। लकडाउनमा मेरो समय अलि फरक ढंगले समय बित्दैछ। बिहान उठेपछि अनलाइन, पत्रिका, एफएममा आएका न्युजहरु हेर्छु/सुन्छु। त्यसो गर्दा गर्दै सात बजिहाल्छ। सात बजेपछि केही समय व्यायाम गर्छु। योगा त गर्दिनँ। सामान्य व्यायाम गर्छु। 

लकडाउनपछि मेरो बिहानी रुटिनमा अर्को काम थपिएको छ। ब्याडमिन्टन खेल्न थालेकी छु। साढे ८ सम्म ब्याडमिन्टन खेल्छु। आधा घन्टा जति ब्याडमिन्टन खेल्छु होला। ब्याडमिन्टनले दिनभर स्फुर्ति बढाउने रहेछ भन्ने महसुस भएको छ। शारीरिक व्यायाम पछिसम्म जारी नै रहन्छ। लकडाउनपछि ब्याडमिन्टन भ्याए मात्रै खेलिन्छ होला।

खाली समय किताबै समाएर पढिरहने बानी मेरो छैन। मलाई समय भयो भने फूलको गोडमेलमा लाग्छु। आजभोलि दिउँसो समयमा फूल गोडमेल गर्ने, फूलमा पानी/मल हाल्ने गर्छु। छतमा फूल राखिएको छ। फूलसँगै केही समय बिताउँछु। राती सुत्ने समय मेरो पहिलेको अहिले परिवर्तन आएको छैन। लकडाउनअघि ११ देखि १२ बजेको बीचमा सुत्थेँ। अहिले पनि उस्तै हो।

लकडाउन भएकाले भेट्न आउनेको संख्या खास छैन। आउनेहरूलाई पनि गेटमा पासको व्यवस्था हुनुपर्छ। गाह्रो पनि छ। आउँछु नै भन्नेलाई पनि अलि पछि भेटौं भन्छु। आउजाउको लागि सहज समय नभएकाले भेटघाटको काम न्यून छ। भेट्न आउनेको धेरै काम फोनबाटै हुन्छ।

मुख्यतः मन्त्रालयको काम पहिलेभन्दा धेरै कम छ। मन्त्रालयमा आकस्मिक निर्णय गर्न परे आवश्यक कर्मचारीलाई बोलाउँछु। कोरोनाका कारण लामो मिटिङ गर्नुपर्ने अवस्था पनि छैन। छोटो मिटिङ गरेर निर्णय गर्छौं। मन्त्रालयका कर्मचारीसँग सम्पर्कमै रहन्छु। काम परिहाल्यो भने गरिहाल्ने, र काम परेन भने सबै आआफ्नो घरमा बस्ने गरेका छौं। प्रशासनिक कामको लागि दैनिक काम छँदैछ। पहिले जस्तै मन्त्रालयमै गइरहने, त्यहीँ काम गरिरहने अवस्था अहिले छैन।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनअघि मन्त्रालयसँग जोडिएर धेरै फोन आउँथे। अहिले फरक सन्दर्भका फोन आउँछन्। मूलतः कोरोना भाइरसकै सन्दर्भमा रहेर फोन आउँछन्। कोरोनाले ल्याएका समस्या जोडेर अधिकांश फोन आउँछन्। फोन आउने क्रम पहिलेको भन्दा अहिले कम भएको छ।

लकडाउनको समयमा सामाजिक सञ्जाल पनि हेर्छु। स्टाटस लेख्ने, लाइक, कमेन्ट गर्ने मेरो पानी छैन। अरुले के भनेका छन्, त्यसलाई ख्याल गर्छु। तर,प्रतिक्रिया जनाउँदिनँ। केही समय सामाजिक सञ्जालमा पनि खर्च हुने गरेको छ। स्टाटस नलेख्ने, लाइक, कमेन्ट नगर्ने सोचेर नै हो। पदीय जिम्मेवारीले उपयुक्त नलागेर नै त्यसो गरेकी हुँ। पदीय जिम्मेवारीमा बसेको व्यक्ति आफ्नै कार्यप्रति बफादार हुनुपर्छ भन्ने मेरो मान्यता हो। एकातिर पदीय हैसियत, अर्कोतिर कमेन्ट र स्टाटस लेख्न थालियो भने म कहाँ पुग्छु? यस्तै विचारले सञ्जालमा लेख्ने बानी छैन। 

उपसभामुख हुँदा पनि मैले सामाजिक सञ्जालमा प्रतिक्रिया गर्ने गरेकी थिइनँ। उपसभामुखको जिम्मेवारीबाट बाहिर निस्केपछि मैले फाटफुट लेख्न पनि थालेँ। मन्त्रालय सम्हालेपछि फेरि लेख्न छोडिदिएँ। 

लकडाउनअघि बैठकका लागि अलि समय निकालेर निस्कनुपर्ने हुन्थ्यो। संसदको बैठक बिहानै बस्ने प्रचलन नरहेकाले उपसभामुख हुँदा बिहान छिटो जानु पर्दैनथ्यो। क्याबिनेटको विधेयक समितिको अध्यक्षता मैले गर्नुपर्ने भएकाले कहिलेकाहीँ बिहान पनि हिड्नुपर्थ्यो। हाल लडडाउन भएकाले त्यो समितिको बैठक पनि बस्ने कुरा भएन।

Xtrem

Xtrem

मलाई कविता लेख्न र सुन्न मनपर्छ। लकडाउनको समयमा कविता पनि लेख्न थालेकी छु। कविता यहि समयमा लेख्छु भन्ने होइन। कुनै कुनै बेला फुरे जस्तो लाग्छ। लेख्न बसिहाल्छु। दिमाग खाली भएपछि के गरौं भन्ने हुन्छ। मलाई त्यो बेला कवितामा ध्यान जान्छ। कामको चापको बेलामा लेख्न सक्ने अवस्था हुँदैन।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्