काठमाडौं– विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछिकै ठूलो संकटका रुपमा परिभाषित गरेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने भन्दै उनले निम्न र मध्यमस्तरका देशलाई सघाउन राहत कोष खडा गर्न लागेको पनि बताए। उनले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी दिएका छन्।
गुट्रेसले कोरोना महामारी सबैका लाग ठूलो परीक्षा भएको उल्लेख गर्दै समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर यसविरुद्ध लड्न सबैलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।