रुकुम- चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ।
खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका मल्ललाई चौरझारी अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमा आज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।