• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मजदुरलाई ट्रकमा खाँदेर घर फर्काइएकोमा असन्तुष्टि : हेलो सरकार! रोल्पाली भेडाबाख्रा हुुन्?

64x64
महेश न्यौपाने मंगलबार, चैत १८, २०७६  ११:३०
1140x725
ट्रकबाट रोल्पा फर्किदै गरेका मजदुर। तस्बिर : दीपक डाँगी

रोल्पा– काठमाडाैंबाट १४ घण्टा मिनीट्रकको यात्रापछि सोमबार बिहान ८ बजे रोल्पाको होलेरी आइपुगेका मजदुरहरु  निकै थकित  देखिन्थे। रुन्टीगढी गाउँपालिकाले होलेरीमा  स्थापना गरेको हेल्थ डेस्कमा उत्रिएपछि उनीहरुबारे सोधखोज सुरु भयाे। ललितपुरमा रहेको केसी इटाभट्टामा काम गर्ने रोल्पाको त्रिवेणी गाउँपालिका ७ र रोल्पा नगरपालिकाका ४२ गरी ४९ मजदुर त्यसरी कष्टपूर्ण यात्रा गरेर जिल्ला आइपुगेका हुन्। कोरोना भाइरसको त्रासका कारण उनीहरु राेल्पा आएका  हुन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट चैत्र १६ गते सवारी पास लिएका उनीहरु बा४ख ७१३२ र बा५ख १६२१ नम्बरको मिनीट्रकमा रोल्पा आएका थिए। जिल्ला प्रशासन  कार्यालय ललितपुरले उनीहरुलाई चैत्र १६ देखि १८ सम्मको  सवारी पास दिएको थियो।

जिल्लाबाहिर मजदुरी गर्न गएका श्रमिकलाई ‘लकडाउन’का बेला अमानवीय तरिकाले फिर्ता पठाएको भन्दै विरोध भएको छ। मजदुरहरु पनि मान्छे हुन् भन्ने कुरा कसरी बिर्सन सकेको भन्दै रुन्टीगढी गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति दीपक डाँगीले सामाजिक संजालमा असन्तुष्टी पोखेका छन्।

‘यस्तो संकटको बेला इट्टा बाेक्ने दुई वटा टिपरमा ४९  जना मजदुरलाई काठमाडाैंबाट रोल्पासम्म १४ घण्टाबढी रातभर खादेर बिहान होलेरी पुराएको भेटियो,’ उनले फेसबुकमा लेखेका छन्, ‘कम्तिमा बसको व्यवस्था गर्नुपर्थ्याे। कुनै सावधानी नअपनाई यसरी गाउँ ल्याउँदा जोखिम बढीरहेको छ गाउँहरुमा। यस्तो अवस्थामा इट्टाभट्टा संचालकहरुले मजदुरलाई उतै राखेर रासन पानी र औषधिको व्यवस्था गर्न सक्थ्यो। यो  त अमानवीय भयो। कसले नियमन गर्ने?’

कठमाडौं बसेर पत्रकारिता गरिरहेका रोल्पाका पत्रकार हिम विष्टले पनि सामाजिक संजालमा असन्तुष्टी पोखेका छन्। ‘यसरी  जान प्रशासनले नै अनुमति दिँदै रै छ,' 'उनले लेखेका छन्, ‘उद्धार नै गर्दा बसको व्यवस्था गरेर पठाएको भए के हुन्थ्यो? काठमाडाैं अझैं मान्छे कहाँ सम्झन्छ र हामीलाई?’

त्यस्तै काठमाडाैं बसेर प्रधाध्यापन गर्ने अर्का रोल्पाली किरण आचार्य सामाजिक संजालमा लेख्छन्, ‘हेलो सरकार, रोल्पाली भेडाबाख्रा नै हुन् त? पठाउनु पर्ने भए स्वास्थ्य जाँच गरेर गाडीमा पठाउन सकिन्थ्यो होला। विना स्वास्थ्य जाँच पठाउँदा जनताले दुखः त पाए नै श्रोत र साधन नभएका स्थानीय तहले व्यवस्थापन गर्न सक्दैनन्। गम्भीर ध्यानाकर्षण होस्।’

Ncell 2
Ncell 2
nimb
nimb

आचार्यले अगाडि  लेखेका छन्, ‘एक्सन लिने नाममा घर जान ठिक्क परेकालाई रोक्ने काम नहोस्, कोरोना चेकजाँच गरेर  सम्मानजनक हिसावले पठाइयोस्। संकटमा  सबैलाई आफ्नै थातथलो प्यारो लाग्छ।’

माडी गाउँपालिका ५ रोल्पाका वडाध्यक्ष वसन्त मगर ‘कन्चन’ले उद्धार त असाध्यै राम्रो भयो तर बसमा पठाएकाे भए अझैं राम्रो हुन्थ्यो, सामाजिक संजालमा लेखेका छन्। उनले भनेका छन्, ‘मजदुरहरु पनि मान्छे हुन्, यो मानवता हराएन र?’

राज्यका महत्वपूर्ण निकायमा रोल्पालीको प्रतिनिधित्व भए पनि उनीहरुलाइ भोट हाल्ने मजदुरहरुको यस्तो दुर्दसा देखेर धेरैले असन्तुष्टी व्यक्त गरेका छन्। नेपाली  कांग्रेस  रोल्पाका सभापति अमरसिंह पुनले विज्ञप्ति जारी गरेर ‘लकडाउन’का कारण कामकाज गर्न नपाएका मजदुरहरु भोकमरीको चपेटामा पर्न लागेको बताएका छन्। उनीहरुका लागि यथाशीघ्र राहात प्याकेज ल्याउनसमेत उनले सरकारसँग माग गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लकडाउनका कारण काठमाडाैंका ११, ललितपुरका ३४, भक्तपुरका ७५ र धादिङका ३१ वटा इट्टाभट्टामा काम गर्ने करिव साढे ९ हजारको संख्यामा रोल्पाली  मजदुरहरु रहेको विवरण उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कास्की, स्याङजा, रसुवालगायतका विभिन्न जिल्लामा समेत हजारौं रोल्पाली मजदुर रहेको बताउँदै उनीहरुलाई क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्ने वातावरण तयार गर्न वा उनीहरुले काम गर्ने स्थानमा नै भोक टार्ने वातावरणका लागि  राहात पुर्‍याई दिन उनले  ध्यानाकर्षण गरेका छन्।

रोल्पा अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले काठमाडाैंबाट आएका ४७ जनामध्ये २३ जनालाई कोटगाउँ वडा कार्यालयले क्वारेन्टाइनमा राखेको जानकारी दिए। बाँकी आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने उनले बताए। 

कोरोना भाइरसको विश्वव्यापी संक्रमणले आकुलव्याकुल बनाइरहेका बेला त्यसले रोल्पा पनि प्रभावित भएकाे हाे। नेपालका विभिन्न जिल्लामा मात्रै हैन भारत र खाडीमा समेत गरी १ लाखको हाराहारीमा रोल्पालीहरु रोजगारीका लागि गएको अनुमान छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाबाट ५० हजार बढीले पासपोर्ट लिएका छन्। १० हजार बढी नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि मजदुरी गरिरहेको बताइन्छ।

केही दिनअघि सुनिल स्मृती गाउँपालिका वडा नं. १ ले १ हप्तामा भारतबाट आफ्नो वडामा आएकाहरुको नाम सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएको नामावलीमा ९२ जनाको नाम उल्लेख थियो। एक हप्ताभित्र भित्रिएकाे यो संख्याले भारतमा ठूलो  संख्याका रोल्पाका मजदुरहरु रहेको संकेत गर्दछ।

संयमता नअपनाउने हो भने यसैगरी सयौंको संख्यामा मजदुरहरु रोल्पा भित्रने संभावना रहेको रुन्टीगढी गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति डाँगीको भनाई छ। 

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ११:३०
  • #कोरोना
  • #रोल्पाली-मदजुर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्