काठमाडौं- लकडाउनको बेला दैनिक उपभोग्य सामान लिएर फर्किदै गरेका दुई व्यक्तिलाई कुटपिट गर्ने सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान निलम्बित भएका छन्।
दुई व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि कुटपिटममा संलग्न सशस्त्र प्रहरी जवान मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।
चौधरी सप्तरीस्थित रामनगर बोर्डर आउट पोष्ट (बिओपी) मा कार्यरत थिए। उनी ड्युटीमा खटिरहको बेला दुई व्यक्ति सामान लिएर फर्कदैगरेको बेला लकडाउन उल्लघन गरेको भन्दै उनीहरुमाथि कुटपिट भएको थियो।
कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै सशस्त्र प्रहरीको चर्को विरोध भएपछि उनलाई सशस्त्रले कारबाही गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।