एजेन्सी-अमेरिकामा कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न सहरमा अस्थायी अस्पताल बनाउने क्रम सुरु भएको छ। सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको न्युयोर्क सिटीस्थित कोरोना संक्रमितको उपचारका लागि सेन्ट्रल पार्कमा अस्थायी फिल्ड अस्पताल बनाइएको छ।
न्युयोर्कमा मात्रै कोरोना भाइरसको संक्रमणबाट एक हजार जनाको मृत्यु भइसकेको सिएनएनले जनाएको छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ४३ हजार पुगिसकेको छ।

तस्बिर: AP
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।