काठमाडौं– विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। पछिल्लो विवरणअनुसार इटालीमा कोरोनाका कारण १० हजार ७ सय ७९ को मृत्यु भएको छ भने ९७ हजार ६ सय ८९ मा संक्रमण भएको छ।
सबैभन्दा धेरै संक्रमण भएको अमेरिकामा १ लाख ४२ हजार ७ सय ४६ जनालाई कोरोना संक्रमण भएको छ भने २ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ। स्पेनमा कोरोनाबाट ७ हजार ३ सय ४० जनाको मृत्यु भएको छ भने ८५ हजार १ सय ९५ जनामा संक्रमण देखिएकाे छ।
कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनमा भने पछिल्लो समय संक्रमण र मृत्युदर स्थिर छ।
विश्वभर ७ लाख ३४ हजार १५ जनालाई कोरोना संक्रमण भएको छ भने ३४ हजार ८ सय ४ जनाको मृत्यु भएको छ। उपचारपछि १ लाख ५६ हजार १ सय २२ जना निको भएर घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।