• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाका कारण मेरो जीवनमा आएको विपत्ति

जेरेमी एग्नर सोमबार, चैत १७, २०७६  ०२:४०
1140x725

एजेन्सी- मार्च १२‚ जुन दिनदेखि मलाई ज्वरो आउन थाल्यो। निको हुने आशले केही दिन घरमै पर्खिरहें। अर्को हप्तामा मेरो ज्वरो बढेर १०१‚ १०२ डिग्री पुग्न थाल्यो। अङ्ग अङ्ग दुख्न थाले।

कार्यालय पहिलेदेखि नै घरबाट नै सञ्चालन गरिएको  थियो‚ त्यसैले मैले सकेसम्म यसलाई घरमै बसेर निको पार्नेतिर सोचें। त्यसैबीच मैले इन्टरनेटमा एक डाक्टरको भिडियो देखें‚ जसले यस्तो किसिमको लक्षण फ्लू पनि हुनसक्ने र कोरोनाकै लक्षण पनि हुनसक्ने भनी बताए। 

मलाई कता कता डरसँगै चिन्ता लाग्न थाल्यो‚ न कोरोना भाइरस नै पो हो कि? तर‚ मलाई श्वासप्रश्वासमा कुनै किसिमको समस्या थिएन। म अहिले ४५ वर्षको भएँ‚ धुम्रपान गर्दिनँ त्यो विषय मेरा लागि एउटा चित्त बुझाउने कारण बनेको थियो। सबै लक्षणहरूलाई हेर्दा मलाई कोभिड-१९ लागेको जस्तो लाग्दैन थियो।

त्यसको करीब एक हप्तापछि मलाई खोकीले च्याप्न थाल्यो। लामो सास लिँदा यस्तो लाग्थ्यो कि फोक्सोले आफ्नो ठाउँ छाडिसक्यो। त्यसपछि मैले सानैदेखि देखाउने गरेको एक डाक्टरसँग भिडियोमा गफ गरें र सबै लक्षणहरू बताएँ। उनले पनि सायद निमोनिया भएको हुनसक्ने भन्दै एन्टिबायोटिक औषधी खाने सल्लाह दिए। 

मैले कोरोना परीक्षण गर्ने भनी आवेदन भर्ने निधो गरें। करीब ८० मिनेटपछि कसैले मेरो बारेमा विभिन्न जानकारी लियो र ‘केही समयपछि तपाईंलाई खवर गर्नेछौं’ भनेर बिदा भयो। तर कसैले पनि खवर गरेनन्। 

८ दिनपछि फेरि मलाई ज्वरो देखिन थाल्यो। म केही कदम चल्न पनि नसक्ने स्थितिमा पुगें। मेरी श्रीमतीले मलाई नजिकैको अर्जेन्ट केयर क्लिनिकमा लिएर गइन्‚ जहाँ मेरो छातीको एक्स-रे गरियो जसबाट मलाई निमोनिया भएको प्रमाणित भयो। उनीहरूले कोरोना भाइरसको आशंकामा मेरो स्वाब परीक्षण गरे।

तर ल्याबमा अरु पनि कयौं परीक्षणहरू बाँकी भएकाले मेरो रिपोर्ट कहिले आउँछ भन्नेबारे उनीहरू नै अनभिज्ञ देखिन्थे। अहिलेसम्म पनि उनीहरुले रिपोर्ट आयो भनेर मलाई खवरसम्म पनि गरेका छैनन्।

म निराश हुँदै फेरि घर फर्किएँ। छाती फुट्लाजस्तो भएको थियो‚ सिरकभित्र गुट्मुट्टिनेभन्दा अर्को कुनै विकल्प थिएन। मैले सुरुमा देखाएको डाक्टरले मलाई ‘इआर’ (आपतकालीन कक्ष) मा लैजानका लागि मेरी श्रीमतीलाई सल्लाह दिए। हामी त्यहाँ गयौं।

Ncell 2
Ncell 2
nimb
nimb

त्यहाँ उनीहरूले मेरो कोरोना भाइरसको परीक्षण र अर्को छातीको एक्स-रे गराए। त्यहाँ गरिएको रगत परीक्षणबाट मेरो शरीरमा प्राप्त अक्सिजन र सेता रक्तकोषिकाको मात्रा सामान्य देखियो। निको हुनुको सट्टा स्थिति खराव हुँदै गएमा फेरि अस्पतालमा खवर गर्नू भन्दै उनीहरूले त्यहाँबाट पनि मलाई बिदा दिए। 

अर्को दिन मेरो शरीरको तापमान बढेर १०३.५ डिग्रीमा पुग्यो। हामीले फेरि इआरमा फोन लगायौं र उनीहरूले फेरि अस्पताल आउन आग्रह गरे। त्यो रात म न्यूयोर्कस्थित राइनबेको नर्थन डचेज अस्पतालमा भर्ना भएँ।

भर्ना भएको पहिलो रात र दिन मलाई ज्वरोले अत्यन्तै पीडा दिइरहेको थियो। पसिनाले पनि उत्तिकै मात्रामा शरीर निथ्रुक्क भिजाइरहेको थियो। म चेत अवस्थामा छु कि अचेत अवस्थामा केही निर्क्योल नै गर्न छाडिसकेको थिएँ।

नर्सहरूले मेरो शरीरबाट रगत झिके र केही औषधी सुईको माध्यमबाट दिइरहे‚ यो मेरो दैनिकीजस्तै बनिसकेको थियो। फेरि एकदिन मेरो छातीको एक्स-रे गरियो।

Xtrem

Xtrem

त्यसको भोलीपल्ट मैले केही राहत महशुस त गरें तर पनि केही डर र चिन्ता भने मनमा अझै थियो। त्यहीबेला एक साथीजस्तै व्यवहार गर्ने डाक्टर म सुतिरहेको वार्डमा आए र मलाई कोरोना पोजेटिभ भएको र पछिल्लो पटक लिएको एक्स-रे पनि राम्रो नभएको बताए। उनले मलाई पछिल्लो एक्स-रेको फाइल देखाए।

प्रत्येक फोक्सोमा एउटा धमिलो बाटोजस्तो देखिएको थियो बाँकी भाग सबै स्पष्टजस्तै थियो। उनले मलाई फेरि अर्को नयाँ एक्स-रे देखाए। त्यो हेर्दा यस्तो लाग्थ्यो कि कसैले फोक्सोमा केही छर्किएको छ जसले गर्दा फोक्सो सामान्यभन्दा भिन्न देखिएको छ। पृथक देखिएको छ। 

मेरा लागि यो एउटा कठिन अग्नी परीक्षाजस्तै थियो। म घरबाट हिँड्नेबेलामा मैले मी ९ वर्षकी छोरीसँग अङ्गालो मारेर आएको थिएँ। अब मलाई त्यो कुराले झन् पिरोल्न थाल्यो। म अब उनलाई त्यसैगरी फेरि कहिले अङ्गालो हाल्न सकूँला?

डाक्टरले सोहीबेला इन्टेन्सिभ केयर युनिट भएको ठाउँमा जानुपर्ने बताए। म उदास भएर सुतिरहन्थें‚ त्यहीबेला मैले टिभी खोलें‚ टिभीमा सिएनएन आइरहेको थियो। टिभीमा राष्ट्रपति ट्रम्प कसैलाई केही बताइरहेका थिए।

केही हप्ताअघि म आफैंले ट्रम्प र सामाजिक दूरीको विषयलाई लिएर मजाक उडाइरहेको थिएँ। तर यो अवस्थाले मलाई फेरि मजाकको अवस्थामा छाडेको छैन। कोरोना संक्रमण भएको पुष्टि भएको १४ दिनपछि राइनबेकस्थित अस्पतालबाट म यो लेखिरहेछु।

यो परिस्थितिलाई व्याख्या गर्न कुनै शब्द छैन। यो शारीरिक दुखाई‚ के हुने हो भन्ने चिन्ता र त्रासले हरेक क्षण मलाई बिथोलिरहेको छ। म मेरो यो परिस्थितिभन्दा ज्यादा मेरी श्रीमती र छोरीलाई हरेक पल सम्झरहेको छु।

मलाई आफ्नो ज्यानको परवाह नराखी हर क्षण मेरा निम्ति खटिने डाक्टर‚ नर्स‚ मेडिकल स्टाफहरुलाई हृदयतः धन्यवाद भन्न चाहन्छु। साँच्चै नै यो एउटा कहालीलाग्दो क्षण हो।
राष्ट्रपतिले यस्तो महामारीलाई पनि हेल्चेक्र्याईंको रुपमा हेरिरहेका छन्‚जसले गर्दा कयौं नागरिकलाई अझ कठिन परिस्थितिको सामना गर्नुपरिरहेको छ।

भाइरसले राजनीतिक एजेन्डका विषयमा केही जान्दैन। जति बढी यसलाई खेलाँचीका रुपमा लियो त्यति नै बढी संक्रमितहरू देखिन्छन्। अहिले मलाई हेरचाह गरिरहेका मेडिकल स्टाफहरूले अब छिट्टै नै मजस्ता कयौं संक्रमितको उपचार गर्नुपर्नेछ‚ जुन उनीहरूको सामर्थ्य बाहिरको कुरा हुनेछ। 

मेरा लागि‚ औषधीले काम गरिरहेकाले बिस्तारै सबै कुरा परिवर्तन हुँदैछन्। हिजोको छातीको एक्स-रेमा पनि सुधार देखिएको छ। क्रमिक रुपमा हिजोभन्दा आज र आजभन्दा भोली सुधारको अनुभव पनि गरिरहेको छु।

मलाई अहिले‚ मेरी श्रीमतीसँग फेरि मिल्न पाउनेछु र अङ्कमाल गर्न पाउनेछु भन्ने आश पलाएको छ। मलाई अहिले‚ मेरी छोरीसँग फेरि मिल्न पाउनेछु र अङ्गालो मार्न पाउनेछु भन्ने आश जागेको छ। 

मैले मेरो ख्याल राख्ने स्टाफहरू पाएर आफूले आफूलाई भाग्यमानी महशुस गरेको छु‚ जसले मलाई खुवाए‚ बसाए‚ मलाई नुवाइदिए‚ आराम गर्न दिए‚ आराम गर्न दिए‚ ढाडस दिए र यत्तिको अवस्थासम्म ल्याइपुर्‍याए।

हाम्रा लागि आफ्नो परिवार पनि नभनी देश र विश्वका लागि बिनास्वार्थ लागिपरिरहेका यस्ता स्वास्थ्यकर्मीका लागि हामीले केही पनि गर्न सकिरहेका छैनौं। उनीहरूले हाम्रो जीवन बँचाइराखेका छन्। उनीहरूकै कारणले म बाँचेको छु।

हामीले उनीहरूको बारेमा नसोचे कसले सोचिदिने? उनीहरूले हाम्रो जीवनमा  खुसी थपेका छन् भने हामी किन उनीहरुको जीवनमा खुसी नथप्ने?

व्यक्तिगत रुपमा सहयोग गरेर हुन्छ अथवा जसरी हुन्छ उनीहरूको उचित मूल्याङ्कन हुनुपर्छ। हामीले फेरि मेडिकल सेवा सबैको पहूँचमा पुर्‍याउनका लागि अमेरिकी उद्योगलाई अझ दृढ बनाउनुपर्छ। 

यो राष्ट्रियस्तरकै स्वास्थ्य आपतकाल हो‚ त्यसैले यसलाई हामीले यो जत्तिको गम्भीर छ‚ त्यस्तै रुपमा यसलाई लिएनौं भने यसले धेरै नै नकारात्मक असरहरू छाडेर जानसक्ने पनि हुनसक्छ। हामीले अस्पतालका कर्मचारी‚ डाक्टरहरूले के भन्छन् त्यसको विषयमा पनि सोच्नुपर्छ।

उनीहरूको आवश्यकता र अहिलेको अवस्थामा चालिनुपर्ने कदमका बारेमा सुन्नुपर्ने हुन्छ। हामी आफैंलाई बचाउनका लागि उनीहरूका लागि आफूले सक्दो पहल गर्न जरुरी हुन्छ।
न्यूयोर्क टाइम्सबाट

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्