• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
इटालीमा किन फैलियो सबैभन्दा बढी कोरोना संक्रमण?
64x64
नेपाल लाइभ आइतबार, चैत १६, २०७६  २१:१०
1140x725

एजेन्सी- कोरोना भाइरस संक्रमणका कारण इटालीमा मात्र अहिलेसम्म ९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। ८० हजारभन्दा बढी मानिसहरू यसबाट संक्रमित भएका छन्। यो तथ्याङ्क विश्वका अन्य देशको तुलनामा धेरै नै बढी हो।

इटालीका प्रधानमन्त्री जिजेज्पी कोटले इटालीमा अहिले लगाइएको आपतकाल सकिनुअघि नै इटालीका मानिसहरू सामान्य जिन्दगीमा फर्किसक्ने विश्वास लिएको बताएका छन्।

तर जुन किसिमले इटालीबाट कोरोनासम्बन्धी तथ्याङ्कहरू आइरहेका छन्‚ त्यसले अब छिट्टै नै यो महामारी रोकिने लक्षण भने देखाउँदैन। इटालीमा पनि लोम्बार्डी क्षेत्र सबैभन्दा बढी संकटग्रस्त छ। लोम्बार्डीमा पछिल्ला केही दिनयता २४ घण्टाभित्रै ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

इटालीमा अहिले शवगृह शवले भरिएका छन्‚ दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढिरहेको छ।

इटली

तर‚ कोरोना भाइरसको संक्रमण इटालीमा यसरी किन फैलियो? यूरोपका अन्य देशको तुलनामा इटालीमा नै यसरी संक्रमण ह्वात्तै बढ्नुमा के कारण हुनसक्छ? 

इटालीमा गत फेब्रुअरी २० बाट कोरोना भाइरसको सुरुवात भएको थियो। जब एक ३८ वर्षीय व्यक्तिले लोम्बार्डीको कोडोग्नो कस्बेमा आफ्नो कोरोना परीक्षण गराए‚ पछि उनको रिपोर्टमा कोरोना पोजेटिभ देखियो‚ त्यस दिनदेखि इटालीमा कोरोनाको संक्रमण फैलिरहेको रहेछ भन्ने थाहा भयो। 

तर केही स्वास्थ्यकर्मीका अनुसार इटालीमा कोरोना भाइरसको संक्रमण धेरै पहिलेदेखि नै फैलिरहको थियो। इटलियन नेशनल इन्स्टिच्युट अफ हेल्थमा डिपार्टमेन्ट अफ इन्फेक्सियस डिजिजका एक शोधकर्ताका अनुसार इटालीमा यो भाइरस धेरै समयअघिदेखि नै फैलिरहेको थियो।

Ncell 2
Ncell 2

उनी भन्छन्‚ ‘यो ठ्याक्कै त्यही बेलामा फैलन थाल्यो जुनबेला मानिसहरू इन्फ्लुएन्जाको शिकार भइरहेका थिए र सबै इन्फ्लूएन्जाको लक्षण देखाउँदै अस्पताल आइरहेका थिए।’

इटली कोरोना

इटालीमा कोरोना भाइरस आउनुभन्दा पहिले देशको उत्तरी भागमा न्यूमोनियाका धेरै बिरामीहरू थिए। लोम्बार्डीस्थित कोडोग्नो कस्बेको एक अस्पतालको रिपोर्टअनुसार धेरै बिरामीहरू न्यूमोनियाको बिमार लिएर अस्पताल आउने गर्थे।

यस्तो बेलामा सबैले भाइरस सम्झेर भन्दा पनि कुनै फ्लू सम्झेर त्यसको उपचार गर्न थाले। यस्तो हुँदै जाँदा अस्पतालदेखि अन्य क्षेत्रमा भाइरस फैलियो। सबैलाई सामान्य फ्लू लाग्न थाल्यो र त्यहीअनुसारको उपचारविधी अपनाइयो। लोम्बार्डीको उत्तरी क्षेत्र भाइरसबाट सबैभन्दा बढी प्रभावित छ। तथ्याङ्क हेर्दा पुरै देशमा भएका संक्रमितहरूमध्ये करीब ८५ प्रतिशत यही क्षेत्रका मानिसहरू संक्रमित भएको पाइएको छ‚ जसमध्ये पुरै इटालीको तथ्याङ्कलाई हेर्दा कोरोनाका कारण ९२ प्रतिशत यही क्षेत्रका मानिसहरूको मृत्यु भएको पाइएको छ।

कोरोना वायरस के बारे में जानकारी

तर‚ इटालीको यो क्षेत्रमात्र संक्रमणको चपेटामा परेको भने पक्कै होइन। इटालीको सबै २० वटै प्रान्तमा कोरोना संक्रमण पाइएको छ।

इटालीमा नै यति धेरै मृत्यु के कारणले भयो?
केही अधिकारीका अनुसार कोरोना भाइरस बिनापहिचान प्रवेश गर्‍यो र फैलँदै गयो। यसकारणले पनि इटालीमा संक्रमण एकैचोटी ह्वात्तै बढ्यो र मानिसहरूको अप्रत्याशित रुपले मृत्यु हुन थाल्यो।

इटालीका एक स्वास्थ्य अधिकारी भन्छन्‚ ‘जब कोरोना भाइरस फैलन सुरू भयो‚ हामीलाई यसको बारेमा केही जानकारी नै भएन। तर‚ जब हामीलाई यो संक्रमणको बारेमा थाहा भयो। यो पुरै देशमा फैलिसकेको थियो।’

विभिन्न तथ्याङ्कअनुसार यही नै मुख्य कारण हो जसले गर्दा इटालीले आफ्ना धेरै नागरिक गुमाउनुपर्‍यो।

नेशनल हेल्थ इन्स्टिच्युटका अनुसार‚ इटालीमा अहिलेसम्म कोरोना भाइरसबाट जति मानिसको मृत्यु भयो‚ उनीहरू सबैको औसत उमेर निकाल्ने हो भने औसत उमेर ८१ वर्ष हुन आउँछ।

कोरोना वायरस के बारे में जानकारी

संयुक्त राष्ट्रसंघ (यूएन)का अनुसार‚ जापानपछि इटाली नै यस्तो देश हो‚ जहाँ सबैभन्दा बढी वृद्धहरू छन्। यसको मतलब यदि वृद्ध र रोगीहरूमा यो संक्रमण देखापरेमा अरूभन्दा जोखिम बढी हुन्छ।

इटालीमा धेरैजसो जनसंख्या ६५ वर्षभन्दा माथिका मानिसहरूले ढाकिएको छ। एक स्वास्थ्य अधिकारीका अनुसार जतिपनि संक्रमितहरूको परीक्षण भइरहेको छ‚ यसबाट अझै धेरैको मृत्यु हुनसक्ने आँकलन गर्न सकिन्छ। उनका अनुसार यो त केवल परीक्षण गरिएका मानिसहरूको तथ्याङ्कलाई आधार मानेर हेर्दा यस्तो देखिएको हो। दूरदराज क्षेत्रमा बस्ने मानिसहरू‚ जसले अझै परीक्षण गराएका छैनन् उनीहरूको बारेमा रिपोर्टमा नभएकाले बोल्ने कुरा आएन।

कोरोना वायरस के बारे में जानकारी

लोम्बार्डीस्थित वृद्धवृद्धाका लागि अस्पताल सञ्चालन गरेर बसेका डा कासानीका अनुसार इटालीको जनघनत्व र बसोबासको अवस्थिति पनि संक्रमण फैलनुको एक महत्वपूर्ण कारण हुनसक्छ।

वायू गुणवत्ताको परीक्षण गर्ने स्विस एयर मोनिटरिङ प्लेटफर्म आइक्यूएयरका अनुसार‚ यूरोपका सबैभन्दा प्रदुषित सय सहरमध्ये २४ सहर इटालीका छन्। जानकारका अनुसार यस्तोमा भाइरसको संक्रमणको कारण सास लिनमा कठिनाइ हुने हुँदा प्रदुषित हावा पनि एक महत्त्वपूर्ण कारण हुनसक्छ।

इटालीको सरकारको तयारी कस्तो थियो?
इटाली यस्तो देश हो जसले यसका विरुद्ध एकदमै कडा कदम उठाएको छ। इटालीमा पहिलो संक्रमित देखिनुभन्दा पहिले इटालीको स्वास्थ्य मन्त्रालयले एक ‘टास्क फोर्स’को गठन गरेको थियो। जुन फोर्स विशेषगरी कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी गठन गरिएको थियो। विमान सेवाको प्रतिबन्ध गर्ने इटाली यूरोपियन यूनियनको पहिलो देश हो।

इटली कोरोना

जब इटालीले चीनबाट आउने विमानलाई प्रतिबन्ध गर्‍यो‚ यात्रा गर्ने धेरै मानिसहरू कनेक्टिङ फ्लाइटको माध्यमबाट इटाली आउन थाले। उनीहरूले आफूले गरेको यात्राको बारेमा कसैले पनि सही सही विवरण दिएनन्।

केही विशेषज्ञहरूका अनुसार सरकारले यस्तो प्रयास गर्नुभन्दा अघि नै कोरोना भाइरस इटालीमा प्रवेश गरिसकेको थियो।

के गर्दैछ इटाली सरकार?
इटाली सरकारले अत्यावाश्यक कामबिना घरबाट बाहिर निस्कने व्यक्तिलाई २ लाख ४९ हजार रुपैयाँ जरिवाना तोकेको छ।

इटालीको लम्बोर्डीका नागरिकहरूको घरबाहिर निस्कने अधिकार सरकारद्वारा खोसिएको छ भने उनीहरूले आफ्नो घरपालुवा कुकुरलाई पनि घरबाट २ सय मिटरभन्दा टाढा घुमाउन लिएर जान दिइएको छैन। 

कोरोना वायरस के बारे में जानकारी

नयाँ घोषित नियममा अप्रिल १५ सम्म कोही पनि मानिस घरबाट बाहिर निस्कन पाउने छैन भनी उल्लेख गरिएको छ। यदि कोही मानिस भीडमा मिसिन जान्छ भने उसलाई ५ हजार यूरोसम्म जरिवाना तोकिएको छ।

यदि कसैको घरको नजिकै अर्को घर भएमा उनीहरूलाई आफ्नो घरबाट निस्कँदै ननिस्कन पनि सरकारले निर्देशन दिएको छ। यसबाहेक एक घरबाट एक जनालाई मात्र पसलमा जानका लागि अनुमति दिइएको छ।

सबै किसिमका निर्माण कार्यलाई स्थगित गरिएको छ। सरकारी आदेशअनुसार आवश्यक सेवामा काम गर्ने‚ विशेषगरी सुपरमार्केटमा काम गर्ने व्यक्तिको शरीरको तापमान हरेक घण्टामा परीक्षण गर्नुपर्नेछ। सार्वजनिक स्थानमा यदि कोही प्रहरीले कसैलाई रोकेमा सो प्रहरीलाई तापमान लिने अधिकार स्वतः हुनेछ।

यस्तो कठिन परिस्थितिमा इटालीको स्वास्थ्य विभाग कसरी काम गरिरहेको छ?
लगातार संक्रमण र मृत्यु बढिरहेकाले इटालीको अवस्था धेरै नै चिन्ताजनक भएको छ। संक्रमितहरू दिनप्रतिदिन बढ्दै गएका छन्‚ अस्पतालका शैय्या दिनप्रतिदिन भरिँदै गइरहेका छन्। डाक्टरहरु कसको उपचार गर्ने र कसलाई छोड्ने भन्ने विषयमा दोधार देखिएका छन्।

इटालीमा करिब ५ हजार २ सय इन्टेसिभ केयर बेड छन्। इटालीको उत्तरी क्षेत्र लोम्बर्डी र भेनेटोको उत्तरी क्षेत्रमा निजी र सरकारी संस्थान दुवै मिलाएर  जम्मा १ हजार  ८ सय शैय्या छन्।

लोम्बर्डीको एक अस्पतालमा काम गर्ने डा स्टिफेनो म्याग्नोनले बिबिसीलाई बताएअनुसार उनीहरूको अब संक्रमितलाई धान्न सक्ने अवस्था बिस्तरै घटिरहेको छ।

Coronavirus: Before and after photos show Europe landmarks empty ...

उनले भने‚ ‘हरेक दिन अवस्था झन् झन् कमजोर र डरलाग्दो हुँदै गएको छ। कोरोना भाइरसबाट संक्रमित बिरामीहरूका लागि आइसियू र जनरल वार्ड लगभग भरिने अवस्थामा छन्। क्षमताभन्दा बढी संक्रमित भर्ना गर्नु हाम्रा लागि असम्भवप्राय हो।’

‘हाम्रो प्रान्तमा सबै संसाधन सक्किसकेका छन्।  केवल हामी नयाँ भेन्टिलेटर र नयाँ डिभाइसको पर्खाइमा बसिरहेका छौं।’ उनले भने। 
बिबिसीसँग बोल्ने क्रममा इटालीका विदेशमन्त्री लुइजी डी माइयोले एकल यूरोपियन यूनिट गठन गर्नुपर्ने माग गरिन्‚ जसले यूरोपका अस्पताल र क्लिनिकमा हुने सप्लाइमा सहयोग गर्न सकोस्।

इटालीको अर्थव्यवस्थामाथि असर
महामारीको रुप लिएको कोरोना भाइरसले मानिसको मात्र ज्यान लिएको छैन‚ यसले कयौं रोजगार र आर्थिक संसाधनलाई पनि नराम्रोसँग प्रभाव पारेको छ।
इटालीमा लकडाउन भएको लगभग एक महिना हुन लागेको छ। प्रधानमन्त्रीले जुलाइसम्म लकडाउन गर्ने घोषणा गरेको छ। यो लकडाउनबाट इटाली आर्थिक दृष्टिले खस्किरहेको छ।

इटालीमा जुन तवरले कोरोना भाइरसको संक्रमण रोक्नका लागि कदम उठाइएको छ। त्यसबाट इटालीको अर्थव्यवस्थामा निकै नै ठूलो असर परेको छ। योभन्दा पनि बढी इटालीको उत्तरी क्षेत्र‚ जसले इटालीको अर्थव्यवस्थाको नकै ठूलो हिस्सा ओगटेको थियो‚ त्यो नै सबैभन्दा बढी प्रभावित बनेको छ।

Coronavirus in Italy: Italy locks down most of its wealthy north ...

विभिन्न अर्थविद्का अनुसार यसबाट इटालीको विकासदरमा १.२ प्रतिशतको गिरावट आउन सक्छ। तर यो आर्थिक संकट इटालीको लागि मात्र होइन। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टलिना गोर्गिवाले शुक्रबार एक अनलाइन प्रेससँगको वार्तामा भनिन्‚ ‘यो स्पष्ट छ कि हामी संकटको बाटोमा प्रवेश गरिसक्यौं। यो संकट सन् २००९ को संकटभन्दा पनि खतरनाक हुनेछ।’

उनले भनिन्‚ ‘यो समय अन्तर्राष्ट्रिय अर्थव्यवस्था निकै ठूलो संकटमा फसेको छ। अहिलेसम्म जति पनि आर्थिक घाटा भएको छ‚ यसलाई सही ठाउँमा विशेषगरी विकसित देशहरूले धेरै नै कसरत गर्नुपर्ने हुन्छ।’

विश्वका ८० देशले पहिले नै आइएमएफसँग मद्दतको हात फैलाइसकेका छन्। क्रिस्टिलिनाका अनुसार विश्वभर आर्थिक गतिविधिहरू अचानक ठप्प हुनासाथ बजारमा थोरैमा पनि करिब २५ सय अरब डलर आवश्यक हुन्छ।

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण शुक्रबार, असार २७, २०८२
यस्तो छ  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ) शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्