• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सनम शाक्य हत्याकाण्ड : यसरी पास भएको थियो ३३ किलो सुन विमानस्थलबाटै

64x64
नेपाल लाइभ सोमबार, चैत २६, २०७४  ०१:०८
1140x725

काठमाडौं– मोरङ उर्लाबारीका सनम शाक्यको हत्या जोडिएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पास भएको खुलेको छ। तस्करीमा सघाएको आरोपमा प्रहरीले थाई एयरलाइन्सका ८ कर्मचारीलाई पक्राउ गरेको छ।

गत फागुन १८ गते तस्करीको सुन लुकाएको आरोपमा तस्करहरुले शाक्यलाई करेन्ट लगाएर हत्या गरेका थिए। सो घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ। साथै, विमानस्थलबाट तस्करीमा सघाएको आशंकामा प्रहरी र भन्सार कर्मचारीमाथि समेत छानबिन सुरु भएको छ।

लुकाइएको भनिएको ३३ किलो सुन हालसम्म बरामद भएको छैन। तर, उक्त सुन विमानस्थलबाटै पास भएको पुष्टि भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार, माघ ७ गते थाई एयरलाइन्सका कर्मचारी बालकृष्ण श्रेष्ठले उक्त सुन विमानस्थलबाट पास गराइदिएका थिए। श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका थाई एयरलाइन्सका अन्य कर्मचारीको नाम गोप्य राखिएको छ। 

‘पटक-पटक सो समूहले विमानस्थलबाट सुन तस्करी गर्दै आएको हाम्रो अनुसन्धानमा खुलेको छ’, गृहका एक अधिकारीले भने, ‘सोही आधारमा गृहमन्त्रीज्यूले एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको बताउनुभएको हो, हचुवाको भरमा होइन।’ 

गृहमन्त्री रामबहादुर थापाले गत सोमबार गृहमा आयोजित कार्यक्रममा विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताएका थिए।  

महानगरीय अपराध महाशाखाले फागुन १९ गते गाडीमा शाक्यको शव बरामद गरेपछि हत्यामा संलग्न भएको आरोपमा टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो। त्यसपछि महाशाखाले हत्याका मुख्य योजनाकारहरु पक्राउ गर्न चासो नदिएपछि शंका बढ्दै गएको थियो। 

पक्राउ परेकामध्ये केही उल्टै पीडित भएको र उनीहरुलाई समेत यातना दिइएको खुलेको छ। उनीहरुकै उजुरीका आधारमा घटना बाहिर आएको हो। 

लुकाएको सुनबारे बकाउन तस्कर समूहले शाक्यलाई करेन्ट लगाएका थिए। धेरै करेन्ट लगाउँदा उनको मृत्यु भएको थियो। मृत्यु भएपछि आफूहरु नफस्नेगरी घटनाको ‘सेटल’ गराउन सो समूहले अपराध महाशाखाका प्रहरीलाई सूचना दिएर अनुसन्धानलाई प्रभावित बनाउन सफल भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानमा चरम लापरवाही गरेको र मुख्य योजनाकारलाई भगाएको आरोपमा अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाइसकिएको छ। 

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती (गोरे)सँग सई सञ्जेलको पुरानो चिनजान थियो। सहसचिव ईश्वरचन्द्र पौडेल संयोजकत्वको छानबिन समितिसँगको बयानमा सञ्जेलले चिनजान रहेको स्वीकार गरेका छन्। 

प्रहरीले हराएको भनिएको ३३ किलो सुन तस्करीमा लगानी गर्ने राप्रपाका नेता भुजुङ गुरुङलाई पक्राउ गरिसकेको छ। मुख्य नाइके उप्रेती अझैसम्म फरार छन्। 

२०७३ पुसमा पनि सिआइबीले विमानस्थलबाट पास भएको साढे ३३ किलो सुन बरामद गरेको थियो। सो प्रकरणमा विमानस्थलका प्रहरी र भन्सार कर्मचारी समेत पक्राउ परेका थिए। 

अहिलेको घटनाले फेरि पनि विमानस्थलबाट सेटिङमै सुन तस्करी भइरहेको खुलेको छ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०७४  ०१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्