एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ। युवराज सिक्टस हेनरीले ८६ वर्षीया टेरेसाको निधनको पुष्टी गरेका थिए।
उनको कुनै सन्तान थिएनन्। उनी आफ्ना भतिजसँग बस्दै आएकी थिइन्। कोरोनाको संक्रमण राजपरिवारसम्म पुगे पनि निधनै भने भएको थिएन। यस अगाडि बेलायतका राजकुमार चाल्शलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो। उनी आइसोलेसनमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।