रोल्पा–विश्वभर प्रकोपको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि रोल्पाको रुन्टीगढीले गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्याएको छ।
गाउँपालिकाका पर्यटन फोकल पर्सन दीपक डाँगीका अनुसार कोरोना नियन्त्रण विपत कोषका खडा गरेर त्यसमा ३० लाख विनियोजन गरिएको छ।
उनका अनुसार गाउँपालिकाले २ स्थानमा क्वारेन्टाइन संचालन गर्ने छ र लकडाउन लम्बिए मजदुरका लगि रासनको ब्यबस्था गर्ने छ ।
यसअघि गाउँपालिकाले १३ शैय्याको अस्थायी आइसोलेसन कक्ष निर्माण गरिसकेको छ ।
रोल्पाका जिल्ला प्रवेशको मुख्या नाका समेत रहेको गाउँपालिकाले जिल्ला प्रवेश गर्ने सबै सवारी साधनका यात्रुको स्वास्थय चेक जाँज गरिने नीति अनुसार करिब १८ जनाको स्वास्थ्य परीक्षण गरिसकेको छ ।
गाउँपालिकालाई आइसोलेसन कक्ष निर्माण लगायतमा नेपाली सेना र प्रहरीले पनि सहयोग गरेको बताइएको छ।
त्यस्तै मास्क उत्पादन लगायतका काम पनि भएको गाउँपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।