पोखरा– राजनीतिक संरक्षणमा पोखरामा गुन्डागर्दी गर्दै आएका तीन जना पक्राउ परेका छन्। एलजी समूह नाइके ललित गुरुङ र उनका दुई सहयोगीलाई आइतबार कास्की प्रहरीले जनाएको छ।
पक्राउ अन्यमा दीपेन्द्र परियार र संजीव थापा रहेको पोखराका एसपी अशोक सिंहले बताए। उनीहरुले विभिन्न व्यक्तिलाई धम्काएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उपर सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको एसपी सिंहले बताए।
ललित पटक पटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन्। उनी तरुण दल लमजुङका उपसभापति पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।