• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस : भविष्यवाणीको अर्को विपत्ति ल्याउँदै

जोन ब्लेक शुक्रबार, चैत १४, २०७६  ०७:२०
1140x725

एक महिलाले आफूले ५ वर्षकै हुँदा प्रकाशित एक पुस्तकमा ‘अशुभ भविष्यवाणी’ गरिएको सन् २००८को गर्मीयामतिर दाबी गरेकी थिइन्।

‘उपलब्ध उपचार विधिले काम नगर्ने, फोक्सो र श्वासनलीमा आक्रमण गर्ने एक गम्भीर निमोनियाजस्तो रोग करिब सन् २०२० तिर विश्वभर फैलिने छ,’ पुस्तकमा भनिएको छ, ‘रोगभन्दा चकित पार्ने तथ्य यो हुने छ कि यो जसरी आएको थियो, यो त्यसरी नै अचानक गायब हुने छ। १० वर्षपछि फेरि आक्रमण गर्नेछ र त्यसपछि पुरै हराउने छ ।’

त्यो भविष्यवाणी मानिसले बिर्से र पुस्तककी लेखक सिल्भिया ब्राउनको सन् २०१३ मा मृत्यु भयो । तर, कोरोना भाइरसको महामारीले उनको पुस्तक ‘‘इन्ड अफ डेज्ः प्रिडिक्सन एन्ड फ्रोफिसेस अबाउट ती इन्ड अफ दी वल्र्ड’ माथि फेरि ध्यानाकर्षण गराएको छ ।

यो अहिले अमेजोनको ‘नोटिफिसेसन चार्ट’को दोस्रो नम्बरमा छ र यसको ‘हार्ड कपी’ सयौं डलरमा बिक्री भइरहेको छ।

सरकार तथा सार्वजनिक स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ विरुद्ध लड्न आफैंलाई सुरक्षित राख्न सघाउन सबै प्रकारका निर्देशिकाहरु जारी गरेका छन् । तर, यहाँ अर्को संक्रमण के छ भने भविष्यवक्ताले ‘हामी अन्तिम अवस्थामा छौं’ भन्ने चेतावनी दिएको भन्दै  विशेषज्ञहरु आशाविहीन देखिन्छन् ।

महामारी, जसले मानिसहरुलाई आतंकित बनाइरहेको छ ।

ब्राउनको जस्तै अनगिन्ती भविष्यवाणीहरु अनलाइनमा उपलब्ध भइरहेका छन्, जसले मानिसहरुमा त्रास मिसाइदिएको छ ।

केले उक्साउँछ भविष्य वक्ताहरुलाई ?

nimb
nimb

धेरैले आफ्नो अध्ययनमा यस्ता पुस्तक व्यापक रुपमा समावेश गर्छन् । तीअधिकांश भविष्यवक्ताहरु ‘यदि तपाईंसँग बाइबल छैन भने एउटा किन्नुहोस्’ भन्ने संकेतसहित आफ्नो भविष्यवाणी टुंग्याउँछन्।

तर, केही धर्म र जिविकाका लागि भविष्यवाणी गर्नेहरु अहिलेको समय सामाजिक सञ्जालमा भविष्यवाणी गर्ने र मनोरोगीहरुलाई बलपूर्वक ‘सेल्फक्वारेन्टाइन’मा लैजानुपर्ने बेला आएको बताउँछन्। धार्मिक क्षेत्रका अति प्रतिष्ठित व्यक्तिहरुले पनि भविष्यवाणी गर्न आँट गरेनन् भन्ने उनीहरुको भनाइ छ।

जब इन्डियानास्थित नोट्रडेम विश्वविद्यालयका क्याथोलिक धर्मशास्त्री सोसल मिडियामा आउँछन्, चेतावनी दिन्छन्–कोभिड–१९ को अर्थ विश्व अन्त्यको नजिक छ। उनी आफ्नो ट्वीट प्रचारका लागि प्रलोभन देखाउँछन्–‘मैथ्यू २४ः ३६।’

‘सायद ठूलो मात्रामा आतंक फैलाउने यी मान्छेहरुमा ‘मसँग विशेष अन्तरदृष्टि छ’ भन्ने एक निश्चित अभिमान, आत्मविश्वास हुन्छ,’ ‘गड इज नट नाइसः रिजेक्टिङ पप कल्चर थियोलजी एन्ड  डिस्कभरिङ दीनगवर्थ लिभिङ फर’का लेखक लेहनर भन्छन्, ‘यदि त्यो शैतानी होइन भने मलाई थाहा छैन् के हो?’

तर, कोभिड–१९ लाई बाइबल धर्मसँग जोड्ने एक व्यक्ति आफूले भ्रम फैलाउने प्रयास नगरेको बताउँछन्।

दक्षिण–पूर्व टेक्सासको एक चर्चका युवा निर्देशक एलिशा जोन्सले फेसबुक पोष्टको स्क्रिनसट ट्वीटरमा हालेका छन्। त्यसमा उनले ‘२ क्रोनिकल ७–१३–१५’ उल्लेख गर्दै लेखेका छन्–यहीनिर बाइबल भन्छ कि परमेश्वरले एक ज्ञानीलाई भनेका छन, ‘जब म स्वर्ग बन्द गरिदिन्छु पानी पर्न बन्द हुन्छ, जमीन भष्म गर्न फट्याङ्ग्रालाई आदेश दिन्छु या मानिसहरुका बीचमा महामारी पठाउन सक्छु... म पृथ्वीलाई ठीक गर्नेछु यदि मानिसहरुले दुष्ट तरिका परित्याग गरे भने।’

बाइबलको एक खण्ड राख्दै कसैले लेखेका थिए, ‘अस्ट्रेलियाको आगलागी–बर्षा फेरि भएको थियो। अफ्रिका–फट्यांग्राको महामारी। विश्वमहामारी–कोभिड–१९ ।’

जोन्सले आफूले मानिसहरुलाई सचेत गराउन कोसिस गरेको सिएनएनलाई बताउँदै भने, ‘येशुले यस्तो हुने छ भनेर भन्नुभएको थियो। पृथ्वी येशुको दोस्रो पटकको आगमनका लागि प्रसव पीडा भोगिरहेको छ।’ उनी कोभिड–१९ र विश्वका अन्य घटनाबारे भन्छन, ‘मलाई लाग्छ यो केही हुन गइरहेको सिधा संकेत हो अथवा कसैको आगमनअघिको सन्देश हो ।’

प्रलयको भविष्यवाणीको इतिहास

मनसाय जेसुकै होस्, प्रलयबारेका भविष्यवाणीको राम्रो ‘ट्रयाक रेकर्ड’ छैन। ‘वाई २ के’ कम्प्युटर भविष्यावाणी सम्झिनुभएको छ? माया सभ्यताको सर्वनासबारे के छ? कतिपयले सन् २०१२ को डिसेम्बर २१ मा माया सभ्यताको पात्रोको अन्त्य हुने उल्लेख गरे जसको अर्थ पृथ्वीको नास हुने भन्ने थियो। उनीहरुले विशाल छाल आउने र पृथ्वी अर्को ग्रहसँग ठोकिने चेतावनी दिएका थिए।

‘सर्भाइभल किट्स’को बिक्री बढेको थियो भने चीनका एकजनाले बाइबलमा उल्लेखित ठूलो जहाँज (जसबाट ज्यान जोगाउन सकिन्छ भन्ने विश्वास छ) बनाएको खबर आएको थियो । 


यही खण्ड हो जसमा येशुले विश्वको अन्त्यका बारेमा यसरी उल्लेख गरेका छन्–तर त्यस दिन या समयका बारेमा कोही पनि जान्न सक्दैन, न त स्वर्गका स्वर्गदूत, न त पुत्र या पिता ।’

‘येशु आफैले भन्नुभएको थियो, ‘तिमी समय जान्दैनौं’ तर आज केही स्वनियुक्त भविष्यवक्ताहरु भगवानको सिंहासन वरिपरि रहेका स्वर्गदूतहरु भन्दा बढी जान्ने देखिन्छन्,’ लेहनर भन्छन् । प्रलयको भविष्यवाणी गर्नेहरु अर्को पापद्वारा निर्देशित भएका हुन सक्छन्, त्यो हो गर्व । तर, यस्ता खराब भविष्यावाणीहरु आधुनिक घटना भने होइनन् ।

इतिहासकारहरु १७ औं शताब्दीमा युरोका धेरै इसाइहरुले सन् १६६६ मा पृथ्वी अन्त्य हुने भविष्यवाणी गरेको बताउँछन्, त्यो किनभने ‘६६६’ अंकले ‘बाइबल खुलासा’ पुस्तकमा रहेको जनावरलाई जनाउँथ्यो । धेरैले ६ दिनमा अन्त्य भएको लण्डनको भीषण आगलागीलाई भविष्यवाणीको परिपूर्तिका रुपमा हेरेका थिए ।

उनी जीवितै छँदा लेखक ब्राउनलाई असत्य भविष्यवाणी गरेको भन्दै लगातार आलोचना भएको थियो । पीडितको परिवारको पीडा झन् बढाउने गरी अपराधबारे उनले गरेका गलत  भविष्यवाणीहरु छन् । आफू ८८ वर्षको उमेरमा मर्ने भविष्यवाणी पनि उनले गरेकी थिइन्। तर, ७७ वर्षमा उनको निधन भयो।

ब्राउनको बहुचर्चित सन् २०२० को रहस्यमयी श्वासप्रश्वाससम्बन्धी रोगबारेको भविष्यवाणी पनि फरक देखिन्छ। तथ्य जाँचसम्बन्धी बेवसाइट ‘स्पोन्स’ भन्छ, ‘सम्भावित घटनाका बारेमा अस्पस्ट दाबीको वकालत गर्नुलाई कसैले भविष्यवाणी भन्दैन।’ बेवसाइटले उनको भविष्यवाणीलाई न त सत्य न त गलत नै भनेको छ । तर, महत्वपूर्ण तत्वहरुको सत्य र झुट दुवैको ‘मिश्रण’ भनेको छ ।

‘सार्स प्रकोपपछि लेखिएको ब्राउनको पुस्तकमा उनको भविष्यवाणी एउटा भाग्यवाणी भविष्यवाणी थियो या अरु भन्ने प्रस्ट छैन्,’ स्पोन्सले भनेको छ ।

धेरैले खुलासाका नामा मिथ्या दोहोर्‍याउँछन्

यदि खराब भविष्यवाणीका लागि दिइने पुरस्कार हुन्थ्यो भने त्यो ‘खुलासा पुस्तक’लाई जान्थ्यो होला । यो बाइबलको अन्तिम चौबाटो हुनसक्छ–अरु कुनै पनि पुस्तकको कल्पना र भाषा लोकप्रिय संस्कृतिमा यति घुसेको छैन।

कहिले पनि बाइबल नपढेकाहरु पनि ‘आकाशवाणीका ४ घोडा, रेड ड्रयागन, ६६६ र महामारीका ७ कटौरा’ जस्ता सन्दर्भसँग परिचित छन् । त्यस्ता खुलासाहरु यस्ता संक्रामक कल्पनाले भरिएका छन् कि जस्तो एकजना धर्मशास्त्रीले ‘मल्टिमिडिया’ भनिने पुस्तक पढेका थिए जसका लोकप्रिय तस्बिर संक्रामक रोगजस्तै काम गर्थे।

‘तिनीहरु ठूलो पाठबाट अलग हुन्छन् र हाम्रो संस्कृतिमा सानो भाइरसजस्तै प्रसारित हुन्छन् । जसले अन्य चिजलाई पनि पासोमा पार्छन् र वास्तवमै जमीन छाडेर फैलिन्छन्,’ ‘दी बुक अफ रिवलेशन : अ बायोग्राफी’ पुस्तकका लेखक तिमोथी  बिल भन्छन्। धेरै मानिस रहस्यबाट अर्थ र प्रतिकात्मकता गलत पाउँछन्। ‘लगभग सबै मानिस रहस्योद्घाटनका बारेमा कुरा गरिरहेका छन्, वास्तवमा बसेर यसलाई पढ्छन्,’ बिल भन्छन्। बाइबलको रहस्योदघाटनसम्बन्धी पुस्तकमा उल्लेख छ, येशु आफ्नो उमेरको अन्तिममा फर्किएर आए र सबै इसाइ–मृत या जिवित उनलाई भेट्नका लागि हावामा उठ्ने छन् ।’

बिल भन्छन– यो असत्य हो ।

प्रलयको आह्वान गर्ने परिदृश्य किन हानिकारक?

‘समय अन्त्य’ भन्ने बाइबल मार्गको आह्वानले  वास्तवमा क्रुर र मनमानी लाग्ने घटनाको अर्थ दिएर केही मानिसको विश्वास बढाउन सक्छ।

तर, जुन मानिस कोभिड–१९का सम्बन्धमा रहस्योद्घाटनको भयानक कल्पना गर्छन्, उनीहरु शास्त्रभन्दा धेरै गलत गर्न सक्छन्। बील उनीहरु अरुको मनोवैज्ञानिक स्वास्थ्यमा हानी पुर्‍याउनसक्ने बताउँछन्।

ओहियो केस वेस्टर्न विश्वविद्यालयका धर्मबारेका प्राध्यापक बील भन्छन्, ‘मसँग एक छात्रा थिइन् जसले स्वर्गका विषयमा रहस्योद्घाटन पढिरहेकी उनी सुतिन् र तुफानकोबीचमा बिउँझिइन्। उनी एकदम त्रसित भइन् किनकि उनलाई लाग्यो कि उनी किताबै पढिरहेकी छिन् ।’

कोभिड–१९ जस्ता चीजबाट त्रसित मानिस जलवायु परिवर्तनजस्ता मानवताको अस्तित्वका लागि खतरा रहेको चीजलाई बेवास्ता गर्न सक्छन्। ‘यसले निष्क्रियतातर्फ लैजान सक्छ,’ रहस्योद्घानको गलत प्रचार भइरहेको भन्दै बील भन्छन्, ‘मानिसहरुले भन्न थाल्नेछन्, यो सब भगवानको योजनाका कारण भइरहेको छ। यो राम्रो हुनुभन्दा पहिले खतरा हुनेवाला छ, त्यसैले यसबारेमा म केही गर्न सक्दिनँ किनकि यो भगवानको इच्छा हो।’

सीएनएनमा प्रकाशित आलेखको भावानुवाद

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ०७:२०
  • #Corona Virus
  • #pandimic

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट शनिबार, भदौ १३, २०८३
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ शनिबार, भदौ १३, २०८३
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात शनिबार, भदौ १३, २०८३
रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल शनिबार, भदौ १३, २०८३
भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्