एजेन्सी- रुसले एक सातासम्म मस्कोको सबै रेस्टुरेन्ट, क्याफे, पसल र पार्क बन्द गरेको छ। मार्च १८ बाट अप्रिल ५ सम्म सरकारले घरमै बसौ अभियान शुरु गरेको हो। रसियाका राष्ट्रपति भाल्दिमिर पुटिनले बिहीबार यस्तो निर्णय गरेका हुन्।
उनले आधुनिक मस्कोका लागि यो निर्णय अनपेक्षित भएको बताउँदै यसले धेरैको दैनिक जीवनमा प्रभाव पर्ने भए पनि कोरोना भाइरसको संक्रमण रोकन् योबाहेक अर्को उपाय नभएको बताइएको छ।
खानाको होटल, मेडिकल पसल र खाध्यान्न पसल भने खुल्ला रहनेछ। धार्मिक कार्यक्रमहरुमा समेत सहभागी नहुन सरकारले आग्रह गरेको छ। मस्कोमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ। २४ घण्टामा एक सय ८२ नयाँ केस आएका छन्। त्यसमध्ये मस्कोमा मात्र १३६ नयाँ केस आएका छन्। रसियामा ८४० नयाँ केस फेला परिसकेका छन्।
सरकारले मार्च २७ बाटै नियमित र अन्तराष्ट्रिय हवाई सेवा रोकिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।