• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

स्वास्थ्यमन्त्रीको बोलीमा ‘लकडाउन’ गर्नुपर्ने समय

64x64
डिबी खड्का बिहीबार, चैत १३, २०७६  ११:१५
1140x725

कोरोना भाइरस विरुद्ध ऐक्यवद्धता जनाउन सरकारको आदेश शिरोपर गर्दै नेपालीहरु लकडाउनमा छन्। विश्व आतंकित भएको यस घडीमा त्रासले सवैका नाडीनशा गलेका छन्। अनपेक्षित रुपमा फैलिरहेको तर विश्वको 'मै हुँ' भन्ने देशको समेत जोर नचलेको यो परिस्थितिमा एक कमजोर देशका जनताको मनोदशा कस्तो हुन्छ? त्यही मनोदशमा आमजन गुज्रिरहेका छन्।

हालसम्म नेपाल जोगिएको छ। यति दिमागमा आउँदा सँगै प्रश्नसमेत टुसाउँछ- कतिदिन यसैगरी जोगिएला?

ज्यामितीय गतिमा फैलिरहेको कोरोनासँग निरीह बनिरहेको छ, विश्व। नेपाल जोगिएला भन्ने आशा गर्न सकिँदैन। यस्तो अवस्थामा हरेकसँग छ त केवल निराशा मात्रै।

कोरोना भाइरसको संक्रमण कताबाट पो आफूसम्म आइपुग्ला भनेर घरभित्र थुनिरहेका छन् नागरिक। कथंकदाचित संक्रमण भइहाले उपचार पाउन नसकिने पीर छ, उनीहरुसँग। संक्रमण फैलिहाले त्यसविरुद्ध डट्छौं भन्ने चिकित्सकहरु व्यक्तिगत सुरक्षा कवच होइन, मास्कसमेत पाउन नसकेको दुःख पोखिरहेका छन्। यस्तो अवस्थामा सरकारले गर्न सक्ने काम सीमित होलान्, तर दिलाउन सक्ने भरोसा असीमित हुन जान्छ।

'केही परे सरकार छँदैछ' भन्ने आशाले पनि बन्द कोठामा जीवन गुजारिरहेको नागरिकमा कोरोना विरुद्ध लड्ने आँट बढ्न सक्छ। आत्मविश्वास हरेक रोगविरुद्धको आधा औषधि भन्छन्, डाक्टरहरु। किनकी रोग प्रतिरोधक क्षमता बढाउन तनाव र पीरभन्दा आत्मविश्वास नै लाभदायी हुन्छ।

एक परिवारको आत्मविश्वास कसले जगाउँछ? घरमुलीले। नेपाल नामक परिवारको आत्मबल जगाउनु कसले पर्छ? प्रधानमन्त्रीले।  तर, प्रधानमन्त्री आफैं बिरामी हुनुहुन्छ। अहिलेको कोरोना भाइरसको महासंकटमा देशको अभिभावकको भूमिकामा स्वभाविक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल हुनुहुन्छ। विभागीय मन्त्रालय भएका कारण पनि अरु मन्त्रीभन्दा उहाँको भूमिका, बोली र व्यवहार विशेष हुन्छ।

धेरै कुरा यतिबेला उहाँको वशमा छैन। विश्वकै नेता ठान्ने ट्रम्पको वशमा नभएको कुरा हो यो। यतिबेला उहाँले देशका नागरिकलाई दिनसक्ने एउटै कुरा हो, भरोसा। 

देशमा दुईथरि नागरिक छन् यतिबेला। एकथरि छन्, जसलाई संक्रमण भए के गर्ने भन्ने पीर लिए पुग्छ। अर्कोथरी छन्, जो अरुलाई भएको संक्रमण विरुद्ध आफू कसरी लड्ने भनेर चिन्तित छन्।

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्यमन्त्रीज्यू, यतिबेला सामाजिक सञ्जालमा तपाईंको एउटा भिडियो भाइरल भइरहेको छ। जुन हेर्दा दोस्रोथरीका नागरिकको मन कटक्क खान्छ। त्यो भिडियोमा नेपालका चिकित्सा क्षेत्रका 'लिडर'हरुसँग तपाईं हुनुहुन्छ। भनिरहनुभएको छ- ‘म त पिपिई (संक्रमितको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच) भन्ने पनि बुझ्दिनँ। मनोविज्ञान कस्तो बन्यो भने अब पिपिई बिना घरमा भात पकाउन पनि खतरा हुन्छ भन्ने अवस्था आयो।‘

संयोगले तपाईंले यस्तो बोल्ने दिन म स्वास्थ्य मन्त्रालयकै प्रांगणमा थिएँ। तपाईं मन्त्रालयभित्र यस्तो बोलिरहँदा बाहिर वीर अस्पतालका दुई युवा चिकित्सक मास्कसमेत पाइएन भन्ने गुनासो लिएर मन्त्रालय आइरहेको बताउँदै थिए। तपाईंलाई मेरो कुरा पत्यार लागेन भने तपाईंहरुले नै नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेका डा भगवान कोइरालालाई सोध्नुहोस्।

तपाईंको यही बैठकमा जान आएका डा कोइरालासँग उनीहरुले जसरी आफ्नो कुरा प्रस्तुत गरे। म त भित्रैदेखि हल्लिएको थिएँ। डा कोइराला साँक्षी रहेको त्यो भनाई यस्तो थियो, 'वीर अस्पतालमा सर्जिकल मास्कसमेत पाइएन। यो मास्क जुन मैले लगाइरहेको छु, त्यो बुवाले गिफ्ट गर्नुभएको हो। हामी उपचारका लागि खट्छौं तर आवश्यक सामाग्रीको जोहो गरिदिन हजुरले पनि भनिदिनुपर्‍यो।'

डा कोइरालाले अस्पताल प्रमुखको अकर्मण्यतामाथि रोष प्रकट गरेर उनका कुरालाई सम्बन्धित ठाउँमा पुर्याउने सहमतिको टाउको हल्लाए। उनीहरुको कुरा सुन्दा 'केही परे अस्पताल छँदैछन्' भन्ने विश्वास गर्ने मजस्ता नागरिकको मन अमिलो हुन स्वभाविकै थियो।

यस्तो सुनेर आएको दिनको बेलुकी तपाईंको त्यो भिडियो हेर्न पाइयो। जहाँ थियो एक जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति। त्यो भिडियो क्लिप हेर्दै गर्दा मेरो आँखामा नाँचिरहे, वीरका ती दुई युवा चिकित्सक। जसलाई म पहिल्यैदेखि चिन्छु र उनीहरुको लगनखटन यसअघि पनि अनुभूत गरेको छु। त्यसपछि तपाईंले मुखमा मास्क कोरोना रोक्न होइन, लाज छोप्न पो लगाउनुभयो कि भन्ने पो महसुस भयो!

स्वास्थ्यमन्त्रीज्यू, आफ्नो अभिव्यक्ति फेरि सुन्नुहोस्। मनदेखि महसुस गर्नुहोस्, के साँच्चै एक स्वास्थ्यकर्मीले भात पकाउनका लागि मागेको हो त पिपिई? आफ्नो ज्यानसँग खेलेर जनताको ज्यान जोगाउँछु भन्ने एक स्वास्थ्यकर्मी त्यति गैरजिम्मेवार हुन सक्ला? उनीहरु त्यति गैरजिम्मेवार हुन सक्छन् जस्तो मलाई लाग्दैन, जति तपाईं भइसक्नुभयो।

आफू मातहतकालाई फकाएर काममा खटाउनु पर्ने अवस्था छ। उनीहरुको मनोबल उच्च राख्न तपाईंले मीठो बोलीको सहारा लिनुपर्नेछ। तर, यस्तो बेलामा पनि तपाईंको बोलिपिच्छे घोचपेच निस्किन्छ। तपाईंले फेरि बुधबारको पत्रकार सम्मेलनमा 'जो पनि प्रवक्ता' भन्दै कोरोनाका विषयमा सही सूचना दिइरहेका स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीलाई हियाउनुभयो। 

सूचनाको एकद्वार प्रणाली तपाईंको उद्देश्य होला। गलत सूचना नजाआस् भन्ने चाहना होला। तर, मन्त्रालयका कर्मचारीबाट हामीले बुधबार पोजिटिभ देखिएका बिरामीको सही सूचना पाएका हुन्थेनौं भने तपाईं गलत सूचना प्रवाह गर्न हामीलाई समेत बाध्य पार्नुहुने रहेछ। तपाईंको पत्रकार सम्मेलनअघि नै हामीले सही लेखेका रहेछौं। तर, तपाईंले भने न त बिरामी आएको देश सही भन्न सक्नुभयो न उनीबारेका सूचना। सूचनाको एकद्वार त हामी पनि चाहन्छौं तर एकद्वारबाट आउने गलत सूचना प्रवाह गर्न अभिशप्त पो हुन्छौं कि भन्ने डर बढेको छ हिजोदेखि।

त्यसअघि सञ्चारमाध्यमले तपाईंको प्रतिक्रिया लिन खोज्दा 'नबोल्ने भनेपछि नबोल्ने' भन्नुभएको थियो। सँगै घरमा पाहुना आएको बताउनुभएको थियो। पाहुना आएका कारण नबोल्ने भन्नुभएको अर्थ्याइएको थियो। त्यसको अन्तर्य तपाईं नै जान्नुहोस्।

लगातार तपाईंका गैरजिम्मेवार अभिव्यक्ति आइरहँदा चाहिँ महसुस भइरहेको छ, यस्तो अमिलो परिस्थितिमा तपाईंको तीतो सुन्नुभन्दा नबोल्नुभएकै बेस। कोरोनाबाट जोगिन मुखमा मास्क मात्रै होइन, तपाईंको बोलीमा 'लकडाउन' पनि जरुरी देखियो। कम से कम भरोसा दिलाउन नसक्ने अभिभावकको कटाक्ष सुन्नु त पर्नेछैन।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ११:१५
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्