काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ज्यालादारी गरी जीविकोपार्जन गर्ने नागरिकका लागि आर्थिक प्याकेज ल्याउन सरकारसँग आग्रह गरेका छन्।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लागू गरेको लकडाउनको समयसीमा थप बढ्न सक्ने उनले आंकलन गरे। कोरोना भाइरसका कारण ज्यालादारी गर्नेहरुलाई भोक भाइरसको प्रकोप पनि देखिने उनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘भोक भाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं। ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरुको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्याे,’ सरकारको ध्यानाकर्षण गराउँदै उनी लेख्छन्।
आर्थिक प्याकेज वितरणमा संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको उपयुक्त मोडेल हुने उनले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।