डडेलधुरा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले डडेलधुराका स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा गर्न चेतावनी दिएको छ। सेती महाकाली स्वायत्त प्रदेश प्रमुख अरुणद्धारा हस्ताक्षरित पत्रमा एक साता भित्र राजीनामा गरेर आफ्नो जनसत्तालाई सहयोग गर्न आग्रह गरिएको छ।
राजीनामा नगरे जनपरिषद्को कारबाही भोग्न समेत तयार हुन पत्रमार्फत चेतावनी दिइएको छ। पहिलो चरणमा जिल्लाको भित्री मधेश क्षेत्रका जनप्रतिनिधिलाई राजीनामा गर्नका लागि नेकपाले पत्राचार गरेको हो।
नेकपा पार्टी स्रोतका अनुसार जिल्लाभरीका स्थानिय तहका जनप्रतिनिधिलाई राजीनामा गर्नका लागि पत्राचार गरिने जनाएको छ। नेकपाले जिल्लाको भित्री मधेशका जनप्रतिनिधिलाई राजीनामा गर्नका लागि पत्राचार गरेको प्रहरी स्रोतले बताएको छ।
नेकपाले देशका अन्य जिल्लाहरुमा पनि जनप्रतिनिहिरुलाई राजीनामा गर्नका लागि पत्राचार गर्दै अाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।