काठमाडौं–सरकारले कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न मंगलबारदेखि एक साता लकडाउन गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सुनचाँदीको बजार भाउ तोक्ने कार्य एक साताका लागि स्थगन भएको छ।
लकडाउनका कारण मूल्य तोक्नुको अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले सरकारको लकडाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेको महासंघको भनाइ छ। महासंघले एक साता सुनचाँदीको नयाँ भाउ नतोकिने विज्ञप्तिमार्फत् जनाएको छ।
सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।