• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमित युवतीलाई मध्यरातमा मन्त्रालयको टोलीले पुर्‍याएको थियो टेकु अस्पताल

कल्पना पौडेल सोमबार, चैत १०, २०७६  १५:२३
1140x725

काठमाडौं- सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक रूपमा पत्रकार सम्मेलन गरे। धेरैलाई नियमित पत्रकार सम्मेलन होला भन्ने लागेको थियो। तर, दृष्य यसअघिका पत्रकार सम्मेलन भन्दा फरक थियो। त्यहाँ विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोस भेन्देलेयर थिए। त्यसपछि सबैलाई एउटै डर पसेको थियो– कुनै नेपालीमा कोरोना त देखिएन?

कोरोना रोकथाम र उपचारबारे जानकारी दिँदै गए स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा। जब उनी आफ्नो वक्तव्यको अन्तिममा पुगे। त्यसपछि उनले प्रसंग जोड्दै भने- अन्त्यमा एउटा जानकारी छ। उपस्थितहरूको कान ठाडा भए। उनी भन्दै गए, ‘एक जना नेपाली युवतीमा कोरोना पोजेटिभ देखिएको छ।’ 

उपस्थितहरुका अनुहारमा एक्कासी डरको छायाँ देखियो। डा देवकोटाले केही विस्तृत जानकारी दिन खोज्दै भने, ‘फ्रान्सबाट कतारका दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना पोजिटिभ भेटियो।’

उनी कतार एयरवेजको जहाजबाट चैत ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्। उनका आफन्त उनलाई लिन विमास्थल पुगेका थिए।

कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले उनी होम क्वारेन्टाइनमा बसिरहेकी थिइन्। यही क्रममा उनलाई खोकी र ज्वरोको लक्षण देखिन थाल्यो। त्यसपछि परिवारका सदस्यले निजी गाडीमा राखेर टेकु अस्पतालमा कोरोना परीक्षणका लागि लगेका थिए।

उनी परीक्षणका नमुना दिएर घर फर्किएकी थिइन्। कोरोना परीक्षण जाँचमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य मन्त्रालयमा खबर गर्‍यो। 

परीक्षणमा संक्रमण पोजेटिभ देखिएको खबर स्वास्थ्य मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म द्रुत गतिमा  फैलियो। 

मन्त्रालयका प्रतिनिधि राती साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोत बताउँछ। त्यहाँ छलफल भएपछि बिरामीलाई अस्पताल ल्याएर आइसोलेसनमा राखी उपचार गर्ने निर्णय भयो। यसबारे सर्वसाधारणलाई सोमबार मात्रै जानकारी दिने निर्णय भयो। 

Ncell 2
Ncell 2

श्रेष्ठ थरकी ती युवतीलाई लिन १२ बजे एम्बुलेन्स उनको घर पुगेको थियो। उनलाई राती नै अस्पताल ल्याइयो भने उनका परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको बताइएको छ। 

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती युवतीसँग सम्पर्कमा आएका सबै मानिसको १४ दिनसम्म कोरोना संक्रमण जाँच गर्ने बताए।

मन्त्रालयले उनी आएको कतार एवरवेजका कति यात्रु आएका थिए? उनीहरू कहाँ कहाँ गए? कहाँ छन्? भन्ने जानकारी लिइरहेको जानकारी दिएको छ। 

त्यसबाहेक ती युवतीका सम्पर्कमा आएका परिवारका सदस्यबाहेक अन्य मानिसको खोजी पनि गरिरहेको बताइएको छ। उनी बस्ने स्थानबारे मन्त्रालयले आधिकारिक रुपमा बाहिर ल्याएको छैन। उक्त क्षेत्रलाई निगरानीमा राखिएको बुझिएको छ।

पहिलो पटक माघ ८ गते चीनको वुहानबाट आएका एक नेपालीमा संक्रमण देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्।

 

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १५:२३
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्