काठमाडाैं- चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमाेदान भएकाे छ। साेमबार बसेकाे संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठकले पाण्डेकाे नाम अनुमोदन गरेकाे हाे।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउँदै उनको ठाउँमा पाण्डेको नाम सिफरिस गरेको थियो।
पाण्डेविरुद्ध कुनै पनि उजुरी परेको छैन। शनिबार उजुरी आह्वानको १० दिन पुग्ने भएपनि त्यस दिन बिदा हुने भएकाले आइतबारसम्म उजुरी आह्वानको समय थपिएको थियो। पाण्डेविरुद्ध कुनै पनि उजुरी परेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।