काठमाडाैं- कोरोना भाइरस सङ्क्रमण फैलिने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरुले भाग्ने प्रयास गरेपछि भागदौड हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ।
कोलम्बियाकी न्यायमन्त्री माग्रीटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको भागदाैडमा ८३ जना कैदीबन्दी घाइते भएका छन्। कोरोना भाइरसको त्रास फैलिएका बेला कारागारका कैदीबन्दीले फितलो स्वास्थ्य सेवाको विरोध गर्दै आइतबार विरोध प्रदर्शन गरेका थिए।
यो घटनाबारे सरकारले अनुसन्धान गरिरहेको उनले बताइन्। न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ। दुई सुरक्षाकर्मीको अवस्था पनि चिन्ताजनक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।