काठमाडौं- संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठक सोमबारलाई बोलाइएको छ।
समितिको बैठक सोमबारै दुई पटक बस्ने कार्यतालिका छ।
साढे ११ बजे बोलाइएको पहिलो बैठकमा चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाई गर्न मिति, समय र स्थान तय गर्ने बताइएको छ।
त्यस्तै, पौने १२ बजे बोलाइएको दोस्रो बैठकमा पाण्डेको उपयुक्तता वा अनुपयुक्तताका सम्बन्धमा निर्णय गरिने छ।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउँदै उनको ठाउँमा पाण्डेको नाम सिफरिस गरेको थियो।
पाण्डेविरुद्ध कुनै पनि उजुरी परेको छैन। शनिबार उजुरी आह्वानको १० दिन पुग्ने भए पनि त्यस दिन बिदा हुने भएकाले आइतबारसम्म उजुरी आह्वानको समय थपिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।