विराटनगर– विराटनगरमा हिन्दु धर्मगुरुमाथि मन्दिर परिसरमै गोली प्रहार भएको छ। धर्मगुरु श्रीनिवास आचार्यमाथि विराटनगरको रामजानकी मन्दिरमा गोली प्रहार भएको हो।
आक्रमणपछि गोली हान्नेहरु मोटरसाइकलमा भागेका थिए।
मोरङका एसपी अरणकुमार बिसीका अनुसार सप्ताहका लागि आचार्यको टोली विराटनगर आएको थियो। उनीहरु रामजानकी मन्दिर परिसरमा बसेका थिए। बिहान करिब पौने २ बजे शौचालय जाने क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।
उनको दाहिने छातीमा गोली लागेको छ। विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका आचार्य बोल्न सक्ने अवस्थामा रहेको एसपी बिसीले बताए।
धर्मगुरु आचार्य सुनसरीको आश्रममा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।