एजेन्सी- कोरोना भाइरसबाट कोलम्बियामा एक जनाको मृत्यु भएको छ। कोलम्बियाका स्वास्थ्यमन्त्रीले कोरोना भाइरसको संक्रमणबाट देशमा पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
कोरोना संक्रमणबाट ज्यान गुमाउने ५८ वर्षका ट्याक्सी चालक हुन्। ती चालकले इटालियन पर्यटकलाई उत्तरी कोलम्बिया पुर्याएका थिए। उनको स्वास्थ्य परीक्षण गर्दा प्रारम्भमा कोरोना संक्रमण देखिएको थिएन।
उनको मृत्युपछि भएको परीक्षणमा भने कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनकी बहिनीको स्वास्थ्य परीक्षणमा उनीसमेत संक्रमित देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
कोलम्बियामा अहिलेसम्म २ सय १० जनामा कोरोनाको संक्रमण देखिइसकिएको छ। आइतबारमात्र १४ जनामा संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।