• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना प्रचारको महामारी

64x64
किशोर नेपाल आइतबार, चैत ९, २०७६  १२:४४
1140x725

सामान्य मानिसको सामान्य अनुभवलाई यथार्थमा अनुवाद गर्ने हो भने अहिलेसम्म देशमा कोरोना होइन, कोरोना महामारीका विरुद्ध सरकारी प्रचारको महामारी फैलिइसकेको छ।

छिमेकी राष्ट्र चीनको वुहान सहरमा उत्पन्न भएको कोरोना भाइरसको महामारीले युरोप, अमेरिका, अफ्रिका, अस्टे«लिया, जापान, कोरिया, मलेसिया, कतार, भारत, भुटान हुँदै नेपाल प्रवेशको तयारीमा रहेको अनुमान लगाइएको छ। नेपालमा यो कहिलेदेखि फैलिन्छ, त्यसको अनुमान कसैले गर्न सक्दैन।

विश्वव्यापी रुपमा फैलिँदै गएको महामारी नेपालमा फैलिन्छ कि नेपाल त्यसबाट जोगिन्छ? अहिलेको अवस्थामा यो कसैले अनुमान गर्नसक्ने विषय होइन। नेपाल जस्तो निर्धन राष्ट्रका लागि कोरोना जति घातक र झन् ठूलो खतरा अर्को हुनै सक्दैन। 

नेपाल सरकारको दावीअनुसार सरकार अहिले कोरोना महामारी विरुद्ध ब्यूह रचनामा लागेको छ। कोरोना महामारीबाट ‘बच्ने’ उपायहरुको संरचना तयार गर्दैछ। जस्तोः सदर टुँडिखेल, काठमाडौंमा आइसोलेसन क्याम्प खडा गरेको छ। सरकारले आफ्नै स्रोतमा विभिन्न अस्पतालहरुलाई सम्पन्न तुल्याउँदैछ। सरकारको आफनै समझले वा आफैंले वा कसैको सुझाव मानेर कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउने प्रयत्न गर्छ भने त्यसलाई नराम्रो मान्न सकिँदैन। 

महामारीविरुद्ध सरकारले गरेको ‘प्रबन्ध’ र प्रचारलाई हेर्दा यस्तो लाग्छ, नेपाली भूमिमा कोरोनाका किटाणु प्रत्येक नेपालीको पैताला प्वाल पारेर पिठ्यूँमा प्रवेश गर्न लालयित छन्। ती तम्तयार बसेका छन्। सरकारले महामारीका जोखिमका रुपमा रहेका ती किटाणु विरुद्ध देशलाई नै ‘लकडाउन’ गर्ने निर्णय लिएको छ। लक डाउनको समयमा अत्यावश्यक बाहेकका अन्य सेवा देशमा उपलब्ध हुने छैनन्। 

आजैदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन्। मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आफैं टेलिभिजनको पर्दामा देखा परेर चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय विमानको आवागमन स्थगित गरिएको बताएका छन्। भोलि सोमबारदेखि लामा दूरीका सार्वजनिक यातायात बन्द गरिनेछन्। सरकारका हिसाबमा यसो गरिनु उसको बाध्यता हो। कोरोना भाइरसको महामारीबाट जनताको ज्यान जोगाउनु सरकारको कर्तव्य हो। कुनै पनि हालतमा सरकार आफ्नो यस कर्तव्यबाट चुक्न चाहँदैन। अहिले चुस्त-दुरुस्त पारिएको सुरक्षात्मक स्वास्थ्य व्यवस्था यसैको परिणाम हो।

तर, यी प्रबन्धहरुका लागि सरकारको तारिफ गर्दागर्दै यति भन्नै पर्छ कि सरकारी प्रबन्ध दोषरहित छैन। सरकारले देखाएको यो तदारुकताको अन्य अर्थ पनि लाग्छन्।

एकथरी जानकार मानिसका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण भइसकेको छ। सरकारले जानीबुझी यो सूचना लुकाएको छ। कोरोना भाइरस संक्रमणसम्बन्धी सूचनाको प्रचार–प्रसारले जनतामा मच्चिने भागदौड, हाहाकार, व्यवस्थापन गर्न नसकिने हिसाबले ब्यग्र हुने जनमतको सम्भावनालाई इन्कार गर्न सकिँदैन। त्यो सम्भावित दुर्घटनाको व्यवस्थापन गर्न सरकारले संक्रमितहरुका बारे सही सूचना प्रसार नगरेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

देश गणतान्त्रिक व्यवस्थामा गए पनि जनताका लोकतान्त्रिक अधिकारमाथि वर्तमान सरकारको हस्तक्षेप बढ्ने क्रममा छ। सरकारले थापेको लोभ–पापको पासोमा परेर स्वतन्त्र प्रेसका पांग्राहरु पन्चट भइरहेका घटना हाम्रै अगाडि छन्। सरकारले नेपालको प्रेस कानुनमा आफ्नो बलियो पकड बनाएको छ। यति हुँदाहुँदै पनि सरकार जसरी प्रेसमाथि नियन्त्रणात्मक दबाब दिन सक्षम देखिएको छ, त्यसरी नै साइबर क्राइम नियन्त्रण गर्ने मामिलामा लाचार रहेको छ। 

अहिले कोरोनाका बारेमा सामाजिक सञ्जालमा जेजति हल्ला फैैलिएका छन्, ती सबै जनतालाई आतंकित तुल्याउन प्रयोग भएका छन्। हल्लाखोरहरुले युनिसेफदेखि विश्व स्वास्थ्य संगठनसम्मको नाम र लोगोको दुरुपयोग गरेर जनताको मनमा भयको बाजा बजाएका छन्। साइबर संसारमार्फत बजारमा चलेको एउटा हल्ला यस्तो छ, ‘अस्पतालमा ९ जनाको परीक्षण गर्दा ६ जनामा कोरोनाको जीवाणु देखियो रे।’ निश्चय पनि, सरकारले यस्ता हल्लाको खण्डन गर्नु वा प्रतिक्रिया दिनु मुनासिव छैन। सरकार हल्लाको पछाडि दौडिनु हुँदैन। तर हल्ला रोक्ने दृढ मनस्थिति हुनुपर्छ सरकारका सुरक्षाकर्मीमा।

देशमा साइबर अपराध नियन्त्रणको जिम्मा नेपाल प्रहरीमाथि छ। के नेपाल प्रहरीले साइबर कानुनको दुरुपयोग रोक्न कुनै प्रभावकारी कदम उठाएको छ? त्यस्तो देखिएको छैन। साइबर पोखरीका धेरैथरी साइबर जलचर नियन्त्रण गर्ने क्षमताको विकास भइसकेको छैन नेपाल प्रहरीको। साइबरका माध्यमले चलाइने हल्ला रोक्ने खुबी संसारका खुफिया तन्त्रसँग भएको भए कोरोना जटिल समस्या हुने थिएन।

नेपालको सन्दर्भमा कोरोना महामारीपीडित व्यक्ति अस्पताल पुगेको र अस्पतालका चिकित्सकहरुले सरकारको निर्देशनमा यस्ता पीडित व्यक्तिहरुको पहिचान लुकाएको गुनासो धेरै सुनिएको छ। अर्कोतिर, महामारीग्रस्त चीनबाट आएका केही चीनियाँलाई सरकारी संरक्षणमा लुकाइएको गुनासोको संख्या पनि धेरै रहेको सुनिएको छ। सत्य यही हो, सरकार सत्यको मुखातीव हुन तयार छैन।

यतिबेला म प्रदेश नम्बर दुईको रमाइलो सहर लहानमा छु। सोमबार म जनकपुरका लागि हिँडदासम्म काठमाडौंलाई कोरोना आँधीले लपेटेको थिएन। अहिले लाहानमा कोरोनाको भय भित्रिएको छ। मानिसहरु मास्कको खोजीमा लागेका छन्। आपूmले नलगाए पनि स्कुल जाने दिन बच्चाका लागि मास्क अनिवार्य छ। सरकारले कोरोना महामारीलाई सन्दर्भमा राखेर अकस्मात गरेको लक डाउनको घोषणाले जनता रनभुल्लमा परेका छन्। उनीहरु सोध्छन्– देशमा हुने-नहुने यो के भइरहेको छ दाजु? के कारणले हो लक डाउन गरिएको?’

मसँग यो प्रश्नको जवाफ छैन। के भइरहेको छ? यही प्रश्नको जवाफको खोजीमा म पूर्व र पश्चिम दिशामा भौंतारिइरहेको छु। यतिबेला लाहान चौराहामा स्थापित मधेश आन्दोलनका सहिदको प्रतिमा अगाडिको भूमिमा उभिएको छु। यो वर्ष आँपको उत्पादन पोहोर–परारको भन्दा तीन गुना बढी हुने सम्भावना छ। देशमा लक डाउनको अवस्था लम्बियो भने अहिले नै तन्नम भएका गरिब किसानहरुको बेहाल हुनेछ।

सरकारले काठमाडौं सहर जोगाउन निकै परिश्रम गरेको छ। तर के सरकारलाई विभिन्न प्रदेशमा बस्ने सामान्य नेपालीको अवस्थाको जानकारी छ? किन जनता आफैंले चुनेको सरकारको आवाजसँग डराउने गर्छन? किन जनता देशको अवस्था कहिल्यै नसुध्रिएको देखेर विचलित हुन थालेका छन्? यस्तो त कहिल्यै देखिएको थिएन। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्