एजेन्सी-कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न पाकिस्तानले सबै अन्तराष्ट्रिय हवाइ उडान रोकेको छ। उसले अप्रिल ४ सम्मका लागि पाकिस्तान आउने र जाने सबै अन्तराष्ट्रिय उडान स्थगित गरेको हो।
नेशनल सेक्युरिटीका स्पेशल असिस्टेन्ट मेइद युसुफका अनुसार यो नियम प्यासेन्जर, चार्टर्ड र नीजि फ्लाइटमा समेत लागु हुनेछ।
पाकिस्तानमा ६ सय ६६ कोरोना संक्रमित फेला परिसकेका छन्। अहिलेसम्म कसैको मृत्यु भएको छैन। तर कोरोना फैलनेक्रम भने तिब्र भइरहेको छ। शनिबारमात्र एक सय ६५ वटा नयाँ कोरोना संक्रमित देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।