• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विभेदले बनाएको राजनीतिज्ञ, निष्ठाले दिलाएको प्रदेश प्रमुख

64x64
वीरेन्द्र ओली शनिबार, चैत ८, २०७६  १५:४९
1140x725

तिलक परियार कम्युनिस्ट राजनीतिमा निरन्तरर ५५ वर्ष डटे। आफूसँग भएको सबथोक कम्युनिस्ट आन्दोलनमा लगाए। तर, कहिल्यै पदको लालच देखाएनन्। पार्टीले जुन मोर्चामा खटायो, त्यहीँ डट्थे। जस्तो भूमिका दियो, त्यहीँ रहेर आफ्नो जिम्मेवारी पूरा गरे। 

२०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् उनले। सदस्यता लिएदेखि पार्टीमा उनले योगदान गरिरहे। पार्टीले सम्झेर उनलाई एकपटक विधायक बनायो। एकपटक उनी प्रत्यक्ष निर्वाचनमा सभासदका रुपमा विजयी भए। उनीभन्दा हरेक कुराले जुनियर अरु नेता थुप्रै पटक मन्त्री पद भए। त्यस्तै अनेक लाभका पदमा आसिन रहे। तर, उनले न पद र लाभका लागि मरिहत्ते गरे, लामो समयसम्म न त कसैले सम्झियो उनलाई।

सरकारले २०७६ कात्तिक १७ मा पूर्व प्रदेश प्रमुखलाई बिदा गर्‍यो र १८ गते नयाँ प्रमुख नियुक्त गर्‍यो। नयाँ नियुक्त हुने प्रदेश प्रमुखमा एउटा नाम थियो तिलक परियार। उनी प्रदेश प्रमुख भएपछि सिंगो दलित समुदायमा थोरै भएपनि खुसीको सञ्चार भयो। यसलाई सिंगो दलित समुदायले आफ्नो उपलब्धिको रूपमा व्याख्या गरे। 

उनको गृह जिल्ला बाँके जिल्लामा पनि खुसीयाली छायो। नेता कार्यकर्ता मात्रै होइन, शुभेच्छुकले पनि दीपावली गरेर खुसी मनाए। पार्टीले प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरेर न्याय गरेको नेकपा केन्द्रीय सदस्य पर्शुराम रम्तेल व्याख्या गर्छन्। ‘उहाँ (तिलक परियार) असाध्यै निष्ठावान् नेता हुनुहुन्छ। यो त्यो चाहियो भनेर नेतालाई कहिल्यै माग्नु भएन,’ रम्तेलले भने, ‘पार्टीले तिलक परियारलाई प्रदेश प्रमुख हुँदा सिंगो दलित समुदायको प्रतिनिधित्व भयो। हामी असाध्यै खुसी छौं।’

निष्ठावान भएर पार्टीमा लाग्दा न्याय पाइन्छ भन्ने मान्यता स्थापित भएको रम्तेल बताउँछन्। तर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल 'आहुति'को भने उनलाई प्रदेश प्रमुख बनाएर नेकपाले व्यक्तित्वकै अपमान गरेको तर्क छ। ‘कम्युनिस्ट आन्दोलनमा उहाँ निष्ठापूर्वक लामो समय लाग्नुभयो। दलित आन्दोलनमा लामो समय त्याग, तपस्या र संघर्ष गर्नुभयो,’ आहुतिले भने, ‘त्यस्तो व्यक्तिलाई प्रदेश प्रमुख भन्दा माथिल्लो कुनै निकायमा जिम्मेवारी दिएर सम्मान गर्न सकिन्थ्यो। तर, त्यो नगरी नेकपाले अपमान गर्‍यो। नगरपालिकामा हारेका व्यक्ति जाने ठाउँमा उहाँलाई पठायो।’ 

परियार जस्तो व्यक्ति प्रदेश प्रमुखको जिम्मेवारी पाउनुलाई उनले दलित आन्दोलन सबै तिर रक्षात्मक अवस्थामा पुगेको अनुभुति सुनाउँछन्। ‘अहिले दलित आन्दोलनमा भागदौड मच्चिएको छ। कोही कता, कोही कता। सबै तितरबितर छन्,’ आहुतिले भने, ‘यस्तो बेला यदाकदा थोरै छेउछाउ ठाउँ दिएर आश्रय दिँदा तिलकजी प्रदेश प्रमुखसम्म हुनुभयो। त्यत्ति हो।’ 

प्रदेश प्रमुख परियारलाई भने आहुतिको जस्तो महसुस भएको छैन। प्रदेश प्रमुखको जिम्मेवारी दिएर पार्टीले आफ्नो योगदानको कदर गरेको रुपमा बुझेका छन्। उनी भन्छन, ‘एउटा आदर्शमा बाँच्दा त्यसको मूल्यांक हुँदो रहेछ। ढिलै भएपनि पार्टीले न्याय गर्‍यो खुसी लागेको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

 

प्रदेश प्रमुख भएपछि एउटा दलको नेताको नभई स्वतन्त्र व्यक्तिको रुपमा भूमिका निर्वाह गर्ने प्रण गरे। प्रदेश प्रमुख जिम्मेवारी सम्हालेदेखि संविधान कानूनको पूर्ण पालना हुनेगरी आफूले भूमिका खेल्ने परियारले बताउँछन्। आफ्नो जिम्मेवारी कसरी विवादरहित बनाउन सकिन्छ भन्नेमा पूरै ध्यान केन्द्रीत गरिने उनको भनाई छ। यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले दलित समुदायबाट प्रदेश प्रमुख बनाएका थिएनन्। तर, यसपटक सात प्रदेश मध्य दुई नम्बर प्रदेशमा परियार मात्रै दलित समुदायबाट परेका हुन्।   

बुबाको सपना पूरा गर्न पढाइ
रोल्पाको लिबाङमा वि. सं. २००० मा जन्मिएका परियारको जीवनको पूवार्द्ध अत्यन्तै अभाव र दुःखमा बित्यो। हस्तबहादुर परियारका आठ सन्तान मध्ये उनी चौथो हुन्। रोल्पाको सदरमुकाम लिबाङमै जन्मिए पनि अशिक्षा, गरिबी र जातीय विभेद खेप्नु सामान्य नै थियो। 

बुवाका आठ सन्तानमध्ये कति रोजीरोटी र घर खर्च चलाउन गाउँमै सिकर्मी, डकर्मी, बाँसका डोका नम्ला बुन्ने र बालीघरे काम गर्थे। केही भारतमा गएर चौकीदारी र ज्याला-मजदुरी गर्थे। त्यो बेला भारतमा गएका सन्तानको हालखबर बुझ्ने एउटै माध्यम थियो, चिठ्ठीपत्र। त्यो पनि पढ्ने मान्छे घरमा नहुँदा उनका बुवाको मन खिन्न हुन्थ्यो। 

एकपटक उनका जेठा दाजुले भारतबाट चिठ्ठी पठाए। पढ्न जान्ने कोही थिएनन् उनको घरमा। गाउँकै बहिदारले चिठ्ठी पढेर सुनाउनका लागि बाख्राको पाठी दिनुपर्ने सर्त राखे। त्यसपछि भने तिलकका बुवाले एउटा छोरालाई जसरी पनि पढाउने अठोट लिए। त्यही अठोटले तिलकलाई विद्यालय जाने अवसर जुर्‍यो।

लिबाङस्थित बालकल्याण प्राथमिक विद्यालयमा उनी पढ्न थाले। पढ्न त राम्रै पढ्थे तर गरिबीले धेरै पढ्न दिएन। पढाइ बीचमै छाडेर उनी माइलो दाजुसँग भारत लागे। दाजुसँगै भारतको हिमाञ्चल प्रदेश पुगेका परियारले ज्याला मजदुरीसँगै पढाइलाई निरन्तरता दिँदै २०१९ मा एसएलसीसम्मको अध्ययन पूरा गरे। त्यहीँ आफ्नो अध्ययनलाई निरन्तरता दिई प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरे।

खरिदार हुँदा विभेद खेपेपछि राजनीति
भारतको चण्डीगढबाट एसएलसी र बनारसबाट आइसम्मको पढाइ पूरा गरेपछि उनी आफ्नै गाउँको सेवा गर्न रोल्पा फर्किए। रोल्पा त्यसमा पनि दुर्गम क्षेत्रमा गइ शिक्षण पेशा अंगाल्ने सोच बनाए। त्यसका लागि रोल्पाको जेलबाङस्थित पुरानो गाउँमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षणसँगै प्रध्यानाध्यापकको रुपमा जिम्मेवारी सम्हाले। 

विद्यालयमा दुई वर्षसम्म अध्यापन गरेसँगै प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेपछि मन फेरियो। सरकारले २०२४ सालमा रोल्पामा भूमि सुधार लागु गरेपछि खरिदारको रुपमा आफूले जागिर सुरु गरे। खरिदारको रुपमा नेतृत्व गर्दै ६ गाउँ पञ्चायतको भूमि सुधार गरी जिम्मेवारी पूरा गरे।

'सरकारी कार्यालयमा नियमित बसेर काम गर्नुपर्ने भएपछि दलित भएकै कारण जातीय विभेद गर्न थालियो,’ परियारले सम्झिए, ‘कार्यालय सहयोगी बाहुन थिए म दलित भएकै कारण मैले खाएको चिया गिलासदेखि खाजा खाएका भाँडा आफैं माझ्नु पर्थ्यो। त्यति मात्रै होइन, बोल्दा र काम गर्दा होच्याउने गर्न थालियो।’ 

सरकारी कार्यालयमा विभेद बढ्न थालेपछि जागिर वा विभेदरहित समाज निर्माणमध्ये एक रोज्नु पर्ने बाध्यता आएको परियार बताउँछन्। ‘त्यो बेला कार्यालय प्रमुख नगेन्द्रबहादुर केसी हुनुहुन्थ्यो। उहाँले देखिने सुनिने गरी विभेद कहिल्यै गर्नुभएन,’ परियारले भने, ‘तर कार्यालय सहयोगीदेखि अन्य कर्मचारीले विभेद गरेपछि जागिरबाट राजीना दिन बाध्य भएँ।’ खरिदार पदबाट राजीनामा दिएपछि अध्ययनसँगै कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठसंग जोडिएर जातीय विभेदमुक्त समाज निर्माणको अभियानमा होमिए। ‘कम्युनिस्ट राजनीति बारे पहिल्यै थाहा भएकाले जातीइ विभेदका विषयमा सचेत थिएँ। जागिरमै हुँदा पनि बिदा लिएर सुटुक्क भारत पुग्थेँ। कम्युनिस्ट पार्टीको सभा, सम्मेलनमा भाग लिन्थेँ,’ परियार भन्छन्, ‘जब जीवनभर विभेद खेप्नुपर्ने बाध्यता आइलाग्यो। समाज परिवर्तन गर्न राजनीतिमा लागेँ।’

माओवादी युद्धमा तीन वर्ष जेल 
तत्कालीन माओवादीले १ फागुन २०५२ सालदेखि जनयुद्ध सुरु गर्‍यो। परियार पनि जनयुद्धमा होमिए। परिवारका चार छोरा र चार छोरी मध्य दुई छोरा र एक छोरी जनयुद्धमा जनमुक्ति सेना बने। पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चाका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। २४ चैत ०५४ सालमा कोहलपुरमा पार्टीले आयोजना गरेको ‘नेपाल बन्द’ कार्यक्रमलाई सम्बोधन गर्दागर्दै प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ गरे लगत्तै नेपालगञ्ज जेल, त्यसपछि बर्दिया, दाङ, भैरहवा, पाल्पा हुँदै केन्द्रीय कारागार काठमाडौं राखेर क्रुर याताना दियो। ‘हामी खुला मोर्चामा आवद्ध भएपनि पार्टीकै क्याडरै थियौं,’ परियारले भने, ‘जब जनमुक्ति सेनाले प्रहरी चौकी आक्रमण गर्थे। सरकारी कार्यालय ध्वस्त बनाउँथे। त्यस रात हामीलाई यातना दिइन्थ्यो। उक्त यातनाका कारण शरीर थिलथिलो भएकाले कहिलेकाहिँ पूर शरीर दुख्ने गरेको उनी बताउँछन्।

तत्कालीन माओवादीले रोल्पाको होलेरी आक्रमण गर्दा ७२ जनालाई प्रहरीले कब्जामा लिएको थियो। त्यही क्रममा ३१ जना छोड्ने क्रममा तिलक परियारसहित बलराम काफ्ले, ऋषि घिमिरेसहित नेतालाई १४ साउन ०५८ सालमा राज्यले छोडेको थियो।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रशिक्षण अन्तर्क्रियामा सहभागी हुन थाले। हुन त यस्ता कार्यक्रममा सहभागी हुनु उनका लागि नयाँ भने थिएन। तर जनयुद्धताका उनी लुकेर र गाउँगाउँमा प्रशिक्षणका लागि पुग्थे। शान्तिप्रक्रिया पछि यो दायरा फराकिलो बन्यो। देशविदेशमा आयोजना हुने कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन थाले। यसले उनलाई सक्रिय बनाइरह्यो।

दक्षिण काेरियाकाे सोलमा आयाेजित अन्तर्क्रिया कार्यक्रममा सहभागी परियार। तस्बिर  : तिलक परियार

उनी तीन वर्ष चार महिना विभिन्न जेलमा बिताएका थिए।   

दलित मुक्ति मोर्चाका संस्थापक अध्यक्ष 
भारतमै अध्ययन गर्ने क्रममा त्यहीँकै पुराना कम्युनिस्ट नेता रणदिवेबाट कम्युनिस्ट राजनीतिमा आकर्षित भएका थिए। ‘प्रवासमा हुँदा रणदिवेलाई आदर्श कम्युनिस्ट नेता मान्थेँ। उहाँकै प्रेरणाले कम्युनिस्ट भएका थिएँ,’ परियारले भने, ‘एक दिन रणदिवेले नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट नेता भेटाइदिन्छु भन्नुभयो। भेट्न गएको त पुष्पलाल श्रेष्ठ हुनुहुँदो रहेछ।’

पुष्पलालसँग चिनजान भएपछि उनकै हातबाट २०२१ साल पार्टी सदस्यताले अवसर मिलेको परियारले बताए। सुरुमा पुष्पलालसँग जोडिए पनि काम गर्दै जाँदा चित्त फाट्न थालेपछि मोहनविक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनमा जोडिएको परियारले बताए। ‘पुष्पलाललाई भेट्दा आदर्शवान कम्युनिस्ट नेता पार्टी सदस्यता लिएँ। पार्टीमै काम गरेँ,’ परियारले भने, ‘पार्टीमा काम गर्दै जाँदा पक्षविपक्ष काखापाखा लगाउन थालेपछि मन भाचियो अन्तमा २०२९ सालमा उहाँलाई छोडेँ।’ पुष्पलाललाई छाडेपछि सिंहले नेतृत्व गरेको चौथो महाधिवेशन पार्टीमा जोडिएर परियारले काम गर्न थाले। 

जनयुध्दका बेला जाजरकोटको टीकापुरमा पार्टीको दलित मोर्चा केन्द्रीय समितिको बैठकमा जाँदा बाटोमा लिइएको तस्बिर। तस्बिर सौजन्य : तिलक परियार 

२०४२ सालमा मोहन वैद्य 'किरण' र मोहनविक्रम सिंहबीच विचार सिद्धान्तलाई नै लिएर पार्टीमा विवाद बढ्न थालेपछि अन्ततः पार्टी फुट्यो। परियार वैद्यले नेतृत्व गरेको नेकपा मसालतिर लागे। २०४७ सालमा तीनचार घटक मिलेर एकता केन्द्र निर्माण भयो। २०५१ साल आइपुग्दा नपुग्दै दीर्घकालीन जनयुद्धमा जाने कि नजाने भन्ने विषयलाई लिएर विभाजित भयो। परियार प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादीमा आबद्ध भए। 

माओवादीले निर्माण गरेको पहिलो नेपाल दलित मुक्ति मोर्चाको संस्थापक अध्यक्ष भए। मुल पार्टी नेकपा माओवादी दीर्घकालिन जनयुद्धमा गएपनि परियार दलित मुक्ति मोर्चाको अध्यक्ष भएर संयुक्त जनमोर्चाको केन्द्रीय सदस्यको रुपमा भूमिका निर्वाह गरे। २०५४ सालमा पक्राउ परेका उनी २०५८ सालमा जेलमुक्त भए। जेलबाट छुटे लगत्तै पुनः अध्यक्ष पदमै फर्किए। माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा अन्तरिम विधायकका रूपमा संसदमा प्रवेश गरे। पहिलो संविधान सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भए। 

तत्कालीन माओवादी २०६९ सालमा विभाजन भयो। उनी मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको केन्द्रीय सदस्य भए। वैद्यबाट नेत्रविक्रम चन्द विप्लव अलग भएपछि नेकपा माओवादीको पोलिटब्यूरो सदस्य भएका थिए उनी। २०७३ सालमा रामबहादुर थापा बादल सहित नेता कार्यकर्ता प्रचण्ड नेतृत्वको माओवादीमा आएपछि ९ जना सम्मिलत कार्यालय सदस्यमा परियार पनि परे। तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा उनी केन्द्रीय सदस्य भए। एकतापछि बनेको दलित मुक्ति मोर्चाको संयोजकको जिम्मेवारी उनलाई दिइएको थियो।

प्रवासमा राजनीति 
बनारसमा आइए अध्ययन गर्दै गर्दा भारतीय पुराना कम्युनिस्ट नेता रणदिवेसँग भेट भएपछि परियारको कम्युनिस्ट राजनीतिप्रति झुकाव बढ्दै गएको थियो। उनले कम्युनिस्ट राजनीतिको कखरा भारत प्रवासबाटै सिकेका हुन्। कम्युनिस्ट पार्टीको सदस्यता दिलाउनेसँगै संगठित पुष्पलालले नै गरेका थिए। भारतमा मजदुरी गर्दै बिए अध्ययनसँगै राजनीति तीनै कामसँगसँगै बढाएका थिए। त्यही क्रममा २०२५ सालमा पुष्पलालले नेतृत्व गरेको पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनमा भाग लिन गोरखपुसम्म पुगेका थिए। पार्टीको सबैभन्दा उच्चस्तरको सम्मेलनमा भाग लिएको परियारको पहिलो थियो। 

पुष्पलालसँग खटपट भएपछि २०२९ सालमा मोहनविक्रम सिंहले नेतृत्व गरेको चौमतिर लागेका थिए। त्यसक्रममा ०३३ सालमा दिल्ली–फरियावाद जिल्ला संगठन परियारकै नेतृत्वमा स्थापना भयो। त्यस संगठनको विस्तारगरी राजु नेपाली, डिलाराम आचार्यलगायत नेता समेटिएको थियो। चौम पार्टीलाई विस्तार गरी भारत समेत संगठन विस्तार गरिएको थियो। त्यस क्रममा दिल्लीको जेएनयूमा अध्ययन गर्दै गरेका बाबुराम भट्टराईलाई समेत  नेपाली  र परियारले भेटेर कम्युनिस्ट पार्टीमा संगठित गर्ने काम गरेका थिए। नेपालबाट भारत गइसकेका सुकुम्बासीको न्यायका निम्ति लामो संघर्ष गर्दा उनी स्थापित भएका थिए। दिल्लीमा हुँदा पार्टीको मुखपत्र समेत प्रकाशित गरेका थिए। हाल उनी प्रदेश २ प्रमुख छन्। 

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
साउनको अन्तिम सोमबार, ड्रोनबाट यस्तो देखियो पशुपतिनाथ क्षेत्र [फोटोफिचर] सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ। साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि... सोमबार, साउन २५, २०८३
नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा (फोटो फिचर) नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सोमबार राजधानीमा पदयात्रा गरिएको हो। सोमबार, साउन २५, २०८३
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ पहिलो नजरमा उनी कुनै कलाकारजस्तै देखिन्छिन् । सडक किनारमा बसेर उनले ओम लेखिएको कालो धातुको भाँडा अर्थात ह्यान्डप्यान ताल मिलाएर बजाइ... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक सुरु (लाइभ) मंगलबार, साउन २६, २०८३
हर्क साम्पाङले संसदमै भने– नागरिकदेखि सांसदसम्म सुरक्षित छैनन् मंगलबार, साउन २६, २०८३
प्रधानमन्त्रीसँग भेट नपाएपछि स्वारले सोधे: प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ कि ? मंगलबार, साउन २६, २०८३
अनसनरत विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्