एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न रेस्टुरेन्ट, पब र बार नजान आग्रह गरे पनि बेलायती नागरिकले आफ्ना प्रधानमन्त्रीको आग्रह मानेका छैनन्।
भिडभाडमा जाँदा कोरोना भाइरस सर्न सक्ने भएकाले समूहमा भेला नहुन, एक अर्कामा दुरी कायम गर्न, सिनेमा हल, रेस्टुरेन्ट नजान जोन्सनले आग्रह गरेका थिए। तर बेलायती नागरिकले गुड फ्राइडेमा मन थाम्न सकेनन्। बेलायतमा कोरोना भाइरस फैलिइरहे पनि उनीहरूले जोखिमै मोलेर मस्ती गरेका थिए।
शुक्रबार विभिन्न पबहरुमा बेलायती युवाको भीड नै लागेको थियो। उनीहरु समूहमै हिँडिरहेका थिए तर मदिरामा झुमिरहेका थिए।
शुक्रबारपछि पबहरु पनि बन्द हुने भएकाले उनीहरुले पब बन्द हुनुअघि मदिरामा झुमेका थिए। बेलायती नागरिकले स्वतन्त्रताको अन्तिम रात भन्दै तस्बिर पोस्ट गरेका थिए।
प्रधानमन्त्रीले पब बन्द गराउनुअघि नै लिक्वेयर पसलमा ह्विस्की र वाइन किन्नेहरुको लाइन लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।