काठमाडौं–कोरोना भाइरसको संक्रमण आउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै महत्वपूर्ण तीन घोषणा गरेका छन्। प्रधानमन्त्रीको घोषणा अनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित भएका छन्।
सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँचको प्रवन्ध गरिएको छ। अन्य व्यवस्थाका लागि छिमेकी मुलुकसँग समन्वय गर्ने प्रधानमन्त्रीले घोषणा गरेका छन्।
सरकारले चैत ९ देखि २१ सम्म अत्यावश्यक सेवा बाहेक निजी, सार्वजनिक र सरकारी सेवा बन्द गरिएको छ । चैत १० बाट लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनमा रोक लगाइएको छ । उक्त सेवा कहिलेदेखि खुल्ने यकिन गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।