काठमाडौं- विश्वव्यापी रुपमा फैलँदै गएको कोराना भाइरस नियन्त्रणसम्बन्धी आपतकालीन कोषमा १० करोड सहयोग गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोषमा १० मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएपछि नेपाल सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग(सार्क) राष्ट्रका देशलाई आपतकालीन अवस्थामा खर्च गर्न नेपालले १० करोड जम्मा गर्ने प्रतिबद्धता जनाएको हो। यो महामारीसँग जुध्न क्षेत्रीय मित्रसँगै अन्तराष्ट्रिय समुदायलाई सहयोग गर्न प्रधानमन्त्री ओलीले अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।