एजेन्सी- इरानको स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाको मृत्यु भइरहेको छ। इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्लानुस जाहनपुरले टुइट गरेर यो जानकारी दिएका हुन्।
सरकारले विद्यालय र विश्वविध्यालय बन्द गर्ने निर्णय गरिसकेके छ। कोरोना भाइरस फैलन नदिन उसले सामाजिक, साँस्कृतिक र खेलकुदसम्बन्धी कार्यक्रम गर्न रोक लगाइसकेको छ।
इरानमा एक हजार २ सय ८४ जना कोराना भाइरसबाट मृत्यु भइसकेको छ। शुक्रबारसम्म १८ हजार ४ सय ७ जना विरामी पुष्टि भइसकेको छ भने ५ हजार ९ सय ७९ जना उपचारपछि घर फर्किएका छन्। इरानमा फेब्रुअरी २१ मा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।