काठमाडौं- उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिन थालेपछि ट्राफिक प्रहरीले अनुगमन सुरु गरेको छ। अनुगमनका क्रममा शुक्रबार तोकिएभन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साहलगायत रहेको प्रहरीले जनाएको छ । काठमाडौंको बल्खु र कलंकीबाट उपत्यकाबाहिर जाने यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सरकारले एसइईलगायत सबै परीक्षा स्थगित गर्दै, रात्रिकालीन मनोरञ्जन क्षेत्रलगायत बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका बाहिर स्थायी रुपमा बस्दै आएकाहरु घर फर्कन थालेका छन्। बिहीबार एक लाख जनाले काठमाडौं छाडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।