काठमाडाैं- कोरोना भाइरसका कारण अमेरिकाले यस वर्ष आयोजना हुने जी ७ देशहरूको सम्मेलन स्थगित गरेकाे छ।
यो सम्मेलन यस वर्ष जुनमा क्याम्प डेभिडमा हुने तय भएकाे थियो। ह्वाइट हाउसका प्रवक्ता जुड डयरले बैठक अब भिडियो कन्फ्रेन्समार्फत हुने बताए। उनले सदस्य देशहरु कोरोनासँग लड्न केन्द्रित हुन सकुन् भनेर याे निर्णय गरिएकाे बताए।
प्रत्येक वर्ष अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान जी ७ देशहरूको सम्मेलनमा भेला हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।