काठमाडाैं- काेराेना भाइरसकाे प्रभाव उमेर समूहअनुसार फरकफरक देखिएकाे छ। याे भाइरस संक्रमित भएका मध्ये वृद्धहरु बढी प्रभावित भएका छन्।
वर्ल्ड मिटरका अनुसार ६० वर्षमाथिका मानिसहरु यसकाे संक्रमणबाट बढी प्रभावित छन्। तथ्यांकअनुसार संक्रमित भएका ६०-७० वर्षका मानिसमा काेराेनाकाे संक्रमण ३.६ प्रतिशत, ७०-७९ वर्षकामा ८ प्रतिशत र ८० वर्षदेखि माथिकामा १४.८ प्रतिशतमा मृत्युकाे सम्भावना रहेकाे छ। यसमा ८०देखिमाथि उमेर समूहमा २१.९ प्रतिशतकाे मृत्यु भएकाे छ।
यसैगरी ५०-५९ वर्षकामा १.३ प्रतिशत, ४०-४९ वर्षमा ०.४ प्रतिशत, ३०-३० वर्षमा ०.२ प्रतिशत, २०-२९ वर्षकामा ०.२ प्रतिशत, १०-१९ वर्षकामा ०.२ प्रतिशत संक्रमितमा मृत्युकाे जाेखिम रहेकाे छ। याे तथ्यांकअनुसार वृद्धवृद्धामा काेराेना भाइरस संक्रमण भएमा उनीहरुमा जाेखिम बढी हुने देखिएकाे छ।
९ वर्ष कम उमेरका बालबालिकामा याे संक्रमणले मृत्यु भएकाे छैन।
डब्ल्यूएचओ र चीनकाे संयुक्त टाेलीले ५५ हजार ९२४ जनामा गरेकाे परीक्षण गरेकाे आधारमा याे तयार पारिएकाे जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।