काठमाडाैं- चीनकाे वुहानबाट सुरु भएकाे काेराेना भाइरसकाे संक्रमण विश्वका १७९ देशमा फैलिएकाे छ। काेराेनाबाट चीन बढी प्रभावित भएकाे छ भने त्यसपछि इटालीमा यसकाे प्रभाव देखिएकाे छ।
इटालीमा काेराेना भाइरसका कारण एकै दिनमा ४२७ जनाको मृत्यु भएकाे छ। याे तथ्यांक अहिलेसम्म काेराेनाका कारण मृत्यु हुने बिरामीहरूको संख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी हाे।
इटलीमा मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। याे कोरोना सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ३ हजार २४८ जनाको ज्यान गएको बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।