नयाँ दिल्ली- भारतमा निर्भया बलात्कार र हत्या प्रकरणमा चारजना दोषीहरुलाई मृत्युदण्ड दिइएकाे छ। दोषीहरुलाई शुक्रबार बिहान तिहाड जेलमा झुण्ड्याएर मृत्युदण्ड दिइएकाे आजतकले जनाएकाे छ।
बिहान ५ : ३० बजे दाेषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहलाई मृत्युदण्ड दिइएकाे हाे।
निर्भयाकाे सन् २०१२ मा दिल्लीको बसमा सामूहिक बलात्कार गरेर त्यसपछि हत्या गरिएकाे थियाे। १६ डिसेम्बर २०१२ मा दिल्लीमा उनीमाथि सामूहिक बलात्कार भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।