• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोनाको असर अर्थतन्त्रमा परेको छ, व्यवस्थापन गर्न सकिन्छ : डा युवराज खतिवडा [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  १७:३६
1140x725

कोरोनाको संक्रमण विश्वव्यापी भइसकेको छ। नेपालमा व्यक्ति संक्रमित भएर प्रत्यक्ष असर त परेको छैन तर सन्त्रास र भयले समाज, व्यवसाय र राष्ट्रिय अर्थतन्त्रमा असर परेको छ। यसले नेपालको सेवा व्यापार, पर्यटन व्यवसायमा भने असर देखाइसकेको छ। यसै सेरोफेरोमा न्यूज एजेन्सी नेपालले अर्थमन्त्री एवं संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग गरेको कुराकानीः

कोरोनाको संक्रमण एकदमै माथिल्लो तहमा छ। तर नेपाल सरकार एकदमै शान्त  छ। के सरकार साच्चिकै साइलेन्ट हो या केही गरिरहेको छ?
तपाईंले कसरी साइलेन्ट भन्नुभयो हामीले दैनिक के के गर्‍यौं भनेर समाचार सम्प्रेषण गरिराखेका छौं। मिडियामा गरिराखेका छौं। तपाईंले नसुनेकोमा मलाई विचित्र लाग्यो। दिनैपिच्छे हामी स्वास्थ्यमन्त्रालयबाट बुलेटिन निकाल्ने गर्छौं। हामी एक 'अल्टरनेट डे'मै समीक्षा गरेर समस्याबारे छलफल गरिराखेका छौं। सरकारले जति जोखिम छ त्यति मात्रै जोखिम छ है भन्छ। मैले हिजो एउटा कार्यक्रममा भने जति जोजिम हो त्यति मात्रै आँकलन गरौं र त्यति मात्रै हामीले तयारी गरौं। जोखिमलाई बढी त्रसित बनाउने गरी व्याख्यापनि नगरौं र कम सतर्कता अपनाएर भोलि जोखिममा पर्ने काम पनि नगरौं। त्यसैले अहिले हामी जोखिम व्यवस्थापनको पहिलो चरणमा नै छौं। हामीसँग आन्तरिक रुपमा संक्रमण छैन बाह्य तहबाट संक्रमण हुन सक्ने तहमा अन्तर्राष्ट्रिय सिमाना नाकाहरूलाई नियमित गर्ने हाम्रो कुरा त्यहि नै हो। 

अन्तर्राष्ट्रिय सिमाना नाकालाई नियन्त्रीत गर्ने एउटा जमिन अथवा तलबाट व्यक्तिहरूलाई हेर्ने र अर्को हवाईमार्गबाट आउने। हावईमार्गबाट आउने त हामीले हिजो संक्रमित जस्तो शंका लागेको छ एयरपोर्टबौ फार्काइपनि सकेका छौं।  र हाम्रा विदेश गएका र त्यहाँ इन्ट्री नभएर फर्केर आएकाहरूको पनि उचित व्यवस्थापन पनि हामीले क्वारेन्टाइनमै राखेर हेर्ने गरी व्यवस्थापन पनि गरेका छौं। जमिनबाट आउनेको हकमा १ सय ४० वटा भन्दा बढी क्षेत्रमा हामीले स्वास्थ्य परिक्षण खासगरी अहिले छिटो गर्न सकिने भनेको थर्मोस्क्यानिङ नै हो त्यहि गन लगाउने कुरा सबैले बुझ्ने भाषामा त्यो गरेर हेरिराखेका छौं। र अहिले सातै प्रदेशमा टेस्ट गर्ने ल्याबहरू पनि स्थापना गर्ने कुरा गरेका छौं। त्यसपछि तीनचारवटा कुराहरूको पूर्व तयारी हाम्रो छ। 

एउटा भनेको के हो भने आवश्यक पर्‍यो भने आइसियु बेडहरू हामीले २ सय ३५ वटा त आइसियु बेडहरू थप्ने कुरा गरिसकेका छौं। त्यो अहिले नै आवश्यक पर्दैन होला तर प्रोभिजन हामीले गरेका छौं। अहिले सवा सयजति आइसियु बेड हामीसँग छन र थप पनि गर्ने तयारी गरेका छौं। अर्को अलिकति आइसोलेटेड वार्डहरू आइसोलेटेड युनिटहरू बनाउने भन्नेकुरामा १ हजार भन्दा बढी आइसोलेटेड वार्डहरू बनाउने र त्यो पनि प्रादेशिक तहमा वितरण हुने गरी त्यो तयारी भएको छ। त्यसमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी निजी सामुदायिक अस्पताल सरकारी अस्पतालहरूको पनि त्यसमा तयारी छ। यो बेडको कुरा भायो। 

आयातित वस्तुहरूमा आधारित भन्सारमा आधारित राजश्वको अंश क्रमश घट्दै एकतिहाइमा झरेको छ। पहिले कुनैबेला ५० प्रतिशत भन्दा बढी हुन्थ्यो। अबको चिन्ता एउटै के हो भने आन्तरिक उत्पादनलाई हामीले कोरोनाको प्रभावबाट छिटो मुक्त गर्न सक्नुपर्‍यो चुनौती चाहिं यो हो।

अर्को चाहिं स्वाथ्यकर्मीहरूको बारेमा छ। स्वास्थ्यकर्मीहरूको लागि हामीले दुई तीनवटा कुराहरू गर्नुपर्ने छ। एउटा सुरक्षा सामग्री, स्वास्थ्यकर्मीहरूले आफू सुरक्षित भएर स्वास्थ्य उपचारमा लाग्नु पर्छ। त्यसका लागि हामीले पर्सनल प्रोटेक्सन इक्वेपमेन्ट (पीपीइ) त्यसको व्यवस्था हामीले गरेका छौं। त्यो पीपीइको सन्दर्भमा हामीसँग भएको, अन्तर्राष्ट्रिय दातृ निकायहरूले पठाइदिएका र निजी क्षेत्रबाट पनि सहयोग प्राप्त भएका त्यस्ता उपकरणहरू १ हजार वटा संख्या भन्दा बढी तयारी अवस्थामा राखेका छौं। अनि औषधिहरू, सामान्य औषधिहरू जुन हामीले प्रयोग गर्छौ त्यो अभाव नहोस भनेर व्यवस्था गरिदै छ। र त्यसमा पनि अहिले भारतबाट केही औषधिहरू निकासी निर्यात प्रतिवन्ध लागेको सन्दर्भमा वार्ता गरेर खुलाउने स्थिति बनाइएको छ। 

अब कुराहरू भनेको स्वास्थ्य कर्मीहरूलाई अझ धेरै सुरक्षित ढंगले र आफू सुरक्षित भएर काम गर्न सक्ने तुल्याउनलाई जोखिम भत्तादेखि स्वास्थ्य बीमा सम्मका कुराहरू हामीले हिजो मात्रै निर्णय गरेका छौं। त्यो कुरा प्रकाशित समेत भइसकेको छ। र अबको विषय भनेको के हो भने निजी सामुदायिक अस्पतालहरूको बिरामीलाई संक्का लाग्यो कि लिन्न भन्ने कुराहरू बीमा गर्ने कम्पनीहरूले बीमा गर्दिन भन्ने कुराहरू यी कुराहरूलाई हामीले व्यवस्थापन गर्नु छ। 

तर मन्त्रीज्यू सरकारको उपस्थिती कहा खोज्ने, जनता सम्म पुगेको कसरी हेर्ने? 
तपाईंले ठिकै भन्नुभयो। सरकारले सामाजिक सञ्जालबाट धेरै प्रचारबाजि गरेको छैन तयारीको तर सामाजिक सञ्जालमा दुस्प्रचार पनि भएका छन्। त्यसो भएको हुनाले सामाजिक सञ्जाललाई सकारात्मक ढंगले यो समस्याबाट कसरी जुध्ने, पुर्व सतर्कता कसरी अपनाउने संक्रमण भइहाल्यो भने कसरी व्यवस्थित गर्ने भन्नेकुराहरू सचेतना जगाउनलाई प्रयोग पनि गर्नुपर्ने छ तर त्यसबाट सन्त्रास फैलाउन नपाउने पनि व्यवस्थापन गर्नुपर्ने छ। 

Ncell 2
Ncell 2

सामाजिक सञ्जाललाई हामीले स्वास्थ्य ढंगले कसरी परिचालन गर्ने भन्ने विषयमा हामी थप छलफल गर्दै छौं। र यति गरिसकेपछि यो त कोरोनाको स्वास्थ्यसँग सम्बन्धित विषय भयो। यसको प्रभाव आर्थिक समाजिक क्षेत्रमा परेको छ। समाजिक क्षेत्रमा अलिकति मनोबैज्ञानिक असर हो। आर्थिक क्षेत्रमा छिटो पर्यटन व्यवसाय प्रभावित भएको छ। त्यसपछि केही निर्माणजन्य व्यवसायहरू सेवा व्यवसायहरू, व्यापारहरू केही प्रभावित भएका छन्। तिनिहरूको बारेमा हामीले अहिलेसम्म भएको क्षति नोक्सानीको आकलन र त्यसमा सरकारले चाल्नुपर्ने कदमबारे हामी छलफलहरू गर्दै छौं। 

हाम्रो जस्तो आयातमा आधारित अर्थतन्त्र भएको देशमा नीजी क्षेत्रमा देखिएको अबिश्वसनीय ब्यबहारले सप्लाई चेनमा असर पार्न सक्छ हैन र? यसलाई नियमन गर्ने आवश्यकता देखिन्छ कि देखिदैन?
निजी क्षेत्र जिम्मेवार भएर अगाडी आएको छ अहिलेको स्थितिमा। एक दुईवटा व्यवसायीले कहिं केही गरिरहेको छ भन्दैमा तपाईले समग्र निजी क्षेत्रलाई आरोप लगाउन तथा आक्षेप लगाउन मिल्दैन। वहाँहरूले सुरक्षाका उपायहरू वितरणका उपायहरू र वहाँहरूले भन्नुभएको छ हामी आपूर्तिलाई अब्यवस्थित हुन नदिन कृतिम अभाव सिर्जना नगर्न काम गर्छौ र हामी लागत मुल्यमा त्यसकै वरीपरिमा धेरै मुनाफा नखाइकन व्यवसाय गर्छौं भनेर वहाँहरूको छाता संगठन सबैले भन्नुभएको छ। हामीलाई विश्वास छ।

वहाँहरूले केही हामीलाई सरकारलाई सहयोग गर्ने कुराहरूमा उपकरणहरूमा औषधिहरूमा अरु केही कुराहरूमा गर्नुपनि भएको छ। त्यसो हुनाले यो चाहिं एउटा दुइवटा समाजमा अनिश्चित अलिकति अन्योलको वातावरणमा लाभ उठाउन खोज्छौं भन्ने मान्छेहरू जहाँ जो पनि हुन्छन निजी क्षेत्र सार्वजनिक क्षेत्र सबैतिर हुन सक्छन्।  त्यसोहुनाले अपवादलाई हामी सामान्यि करण नगरौं। कुरा के हो भने यस्तो बेलामा त्यस्तो प्रवृति देखिन सक्छ भनेर तपाईंएको प्रश्नले सजगता अपनाउन सरकारलाई सहयोग गर्छ। 

स्टक डिस्कलोजर गराउन पर्‍यो नि?
स्टक डिस्क्लोजर गराउने अहिले बजारमा अति आवश्यक वस्तुहरूको अभाव मास्कको उदाहरण त विश्वव्यापि रुपमै लिए भयो अनि स्यानिटाइजरको अभाव पनि विश्वव्यापि रुपमै लिए भयो। खासगरी खाद्यान्न र अरुकेही आपूर्तिजन्य वस्तुहरू जस्तो पेट्रोलियम पदार्थ, पोट्रोलियमको कुनै अभाव छैन्। हिजो मूल्य घट्छ भनेर चाहिं डिपोहरूले चाँहि पेट्रोल डिजेल उठाएनन्। त्यसकारणले हिजो अलिकति लाइन देखियो आजपनि बिहान सम्म थियो अब अहिले दिउसोबाट त्यो समस्या रहेन्। खाद्यान्नको अभाव छैन हामीसँग सबै छ। अब बजारको अनुगमन र त्यसमा उपभोक्ता हित सँग सम्बन्धित निकायहरू सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले संयुक्त रुपमा बजार अनुगमनलाई अघि बढाउन पर्छ त्यसो हो भने मलाई लाग्छ यो विषय चाहिं हामीले धेरै विग्रन नदिइकन गर्न सक्छौं। 

shivam cement

shivam cement

अब जहाँसम्म यो रासनिङ गर्नुपर्छ कि भन्ने कुरा हो हामीले नाकाबन्दीको बेला पनि यो प्रश्न उठेको थियो। रासनिङ गर्नुपर्छकी भन्ने प्रशंग उठेको थियो र हामीले त्यतिखेर पेट्रोलियम पदार्थको अलिकति रजिस्टर गरेर रेकर्ड लिएर त्यसको आधारबाट दिऔं भन्ने कुराहरू गर्‍यौं। तर अहिले हामी त्यो स्थितिमा पुगेका छैनौं। बजारको आपूर्ति सहज हुनलाई म दुई तीनवटा इण्डिकेटर तपाईलाई बताउँछु। व्यापार, यो चालु वर्षमा हाम्रो आयात व्यापार ६ महिनामा अघिल्लो वर्षको ६ महिनाको तुलनामा ८ प्रतिशतले घटेको थियो। 

नाकाबन्दी पनि व्यहोर्‍यौं। हाम्रो समाजमा केही यस्ता धक्काहरू सहन गर्न सक्ने बहन गर्न सक्ने आन्तरीक क्षमता छ। त्यो पारिवारिक क्षमता छ, समाजिक क्षमता छ राज्यको पनि क्षमता छ।

त्यो ६ प्रतिशत ४ प्रतिशत हुँदै अहिले फागुनमा अघिल्लो वर्षको तुलनामा हाम्रो आयात २ प्रतिशतले मात्रै घटेको छ तर त्यो घटेको चाहिं सवारी साधान पेट्रोलियम पदार्थ र फलामजन्य केही सामग्री र सिमेन्टजन्य कुराहरू मात्रै हो। अरु सबै उपभोग्य वस्तुहरूको आयात बढेको छ। त्यसकारणले यसमा आयातको अभाव छैन्। बजारमा कसैले कृतिम रुपमा अभाव सिर्जना गरेको छ कि भन्ने कुरालाई हामीले प्रशासनिक तवरले हयाण्डिल गर्‍यो भने त्यो पुग्छ। हामिले रासनिङमा जानै पर्ने स्थिति अहिले म देख्दिन।   

जस्तो दैनिक ज्यालादारीमा काम गरेर खानेहरूको जीवन यापनमा अप्ठेरो परेको छ र सेवा क्षेत्रमा रहेर करारमा काम गर्नेहरू चाहे त्यो पर्यटनमा होस, होटलमा होस, रेस्टुरेन्टमा होस जसलाई प्रत्यक्ष असर परेको छ। अब यसलाई सरकारले कसरी सम्बोधन गर्छ?
पहिलो कुरा त हामीले विगतमा अहिले त कोरोनाको जोखिमलाई व्यवस्थापन गर्ने तहमा हामीले काम गर्न थालेको र जोखिमको प्रभाव पर्न थालेको त एक महिना पनि भएको छैन। अलिकति पर्यटनबाट सुरु भयो र अलिकति सेवा व्यवसायमा भएको छ। नेपालले कति लामो सशस्त्र द्धन्द पनि त व्यहोर्‍यो। दशक पो व्यहोर्‍यो त पहिलो कुरा त्यो पनि हो। दोस्रो कुरा हामीले भूकम्प पछि पनि त जनजीवन एकचोटी ठप्प भयो नी। त्यो पनि व्यहोर्‍यौं। नाकाबन्दी पनि व्यहोर्‍यौं। हाम्रो समाजमा केही यस्ता धक्काहरू सहन गर्न सक्ने बहन गर्न सक्ने आन्तरीक क्षमता छ। त्यो पारिवारिक क्षमता छ, समाजिक क्षमता छ राज्यको पनि क्षमता छ। तर सीमित तहसम्म ती क्षमता छन असिमित भयो भने के गर्ने भन्ने विषय आउँछ अब म तपाईलाई दुई तीनवटा कुरा बताउँछु।

पहिलो कुरा हाम्रो श्रम ऐनले के भन्छ? कर्मचारीहरूलाई तत्कालै हामिले चाहिं छोडनुपर्ने भयो विदा दिनुपर्ने भयो भने केही क्षतिपूर्ति सहित विदा गर्नुपर्छ भन्ने कुराहरू त्यहाँ छ। दोस्रो कुरा सरकारले समाजिक सुरक्षा सबैलाई दिनुपर्छ भनेर सुरु गरेकै छ। त्यो सामाजिक सुरक्षाको कुरा गर्दाखेरी स्वास्थ्य शिक्षा लगायत रोजगारीका कुराहरू पनि आउँछन्। त्यो रोजगारीको सन्दर्भमा मैले तपाईकै च्यानलबाट मैले के आवहान गर्छु भने वैदेशिक रोजगारीमा जान चाहनुभएको तर भिसा रोकिएको, फ्ल्लाइट रोकिएको व्यक्तिहरू हुनुहुन्छ भने हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेस हुनुहोस नाम दर्ता गराउनुहोस हामीले विकास निर्माणमा तपाईंहरूलाई परिचालन गछौं। 

अब दोस्रो कुरा चाहिं निजी क्षेत्रसँग गरेर निजी क्षेत्रको आफ्नो श्रमिकलाई सुरक्षित राख्ने क्षमता कति छ? होटल व्यवसायीको कति छ? व्यापार व्यवसायीहरूको कति छ? कति दिनसम्म वहाँहरूले होल्ड गर्न सक्नुहुन्छ आफ्ना श्रमिकहरूलाई। ले अफ गर्नुपर्ने पे अफ गर्नुपर्ने त्यो अबधिमा वहाँहरूको वित्तीय अवस्था कस्तो हुन्छ। यसको विष्लेशण गर्ने। अब अहिले नै आजकै मितिमा ठ्याक्कै एउटा चरण पार भयो अब थप नोक्सानी हुँदैन भन्ने भयो भने रेस्क्युको उपायमा पनि जान सकिन्थ्यो। अहिले चाहिं अलि गतिशिल नै छ स्थिति। अरु कतिदिन लम्बिने हो भन्ने कुराले गर्दाखेरी हामीले सबै एरिया पहिचान गरेका छौं। तर समस्या यति हो र समाधान यति हो भन्ने चरणमा पुग्नलाई अरु केही दिन लाग्छ। 

यसको प्रारंभिक विश्लेषणमा अवस्था कस्तो छ? 
अहिले तीन चारवटा क्षेत्रमा अलि बढी प्रभाव परेको छ। प्रत्यक्ष त होटलको अक्कुपेन्सी घट्यो तपाईंहरूले नै रिपोर्टीङ्ग गरिराख्नुभएको छ। हवाइजहाजहरूको प्यासेन्जर संख्या घट्यो। त्यो संगैका ट्राभल टे«किङका कुराहरू पनि सबै घट्ने नै भए। पहिलो असर पर्यटन उद्योगमा पर्‍यो। त्यसमा माघ सम्मको तथ्याङ्क हेर्ने हो भने अघिल्लो वर्षको हाराहारीमा मात्रै वृद्धि छ। फागुनमा अहिले ड्रप भएको छ। फागुनमा कति पर्यटक घटे भन्दा खेरी यो हामीले पर्यटन सिजन चाहिं फेब्रुअरी मार्च भन्यौ।  यो आवसर पर्यटन व्यवसायले गुमायो। पर्यटकहरू आउने सिजनमा। 

तर अहिले हामीले तयारी के गर्दै छौं भने अर्को सिजनको लागि चाहिं हामीले क्षति नहोस भन्नको लागि र यो कोरोना पनि त्यति लामो समय रहला जस्तो मलाई लाग्दैन त्यसो भएको हुनाले अर्को सिजन भन्दा अगाडिको अवस्था सम्मको लागि हामीले हाम्रो पर्यटन व्यवसायका लागि धान्न सक्ने तुल्याउनु छ। पहिलो एरिया पर्यटनको भयो। 

वित्त प्रणालीहरूमा व्यवसाय कमजोर हुँदा लगानीको प्रतिफल नआउँदा बैंकहरूलाई अप्ठ्यारो हुन्छ कि, भन्ने हिसाब गरेका छौं। र यस्तो क्षेत्रमा सम्पूर्ण बैंकको लगानीको क्षेत्र मध्ये ५ प्रतिशत पनि छैन।

दोस्रो चाहिं सार्वजनिक निर्माणमा हामीलाई विदेशी कामदारहरू आउनुभएको प्राविधिक आउनुभएको कन्सल्ट्यान्ट आउनुभएकोमा अलिकति काम ढिलो भएको छ त्यसमा ठुलो नोक्सानी केही भएको छैन्। समय अलिकति वित्यो। तर यो परिस्थिति सामान्य हुनासाथ हामीले यो काम गरिहाल्छौं। निजी क्षेत्रका उद्योग व्यवसायहरूमा अथवा केही निर्माणमा अलिकति ढिलो भएको छ। त्यो पनि समय अलिकित ढिलो भएर समय ओभर रन हुने मात्रै कुरा भयो। त्यति ठूलो इस्यू छैन। अब वित्त प्रणालीहरूमा व्यवसाय कमजोर हुँदा लगानीको प्रतिफल नआउँदा बैंकहरूलाई अप्ठ्यारो हुन्छ कि, भन्ने हिसाब गरेका छौं। र यस्तो क्षेत्रमा सम्पूर्ण बैंकको लगानीको क्षेत्र मध्ये ५ प्रतिशत पनि छैन। त्यसो हुनाले जोखिममा पर्ने क्षेत्र भनेकै ५ प्रतिशत भन्दा बढी हुँदैन। त्यसलाई व्यवस्थापन गर्न सक्ने क्षमता बैंकिङ प्रणालीमा छ। 

व्यापार चक्र आउँछ भनेर काउन्टर साइक्लिकल बफर राख्ने व्यवस्था गर्नुभएको छ। त्यो भनेको के हो भने व्यवसाय बढदै जाँदा राम्रो भएको बेला अलि संचिति बढि राख्ने भोलि व्यवसवाय विग्रेको बेला त्यसैबाट व्यवस्थापन गर्दै जाने हो। वित्तीय प्रणाली पूर्ण रुपले सुरक्षित छ। अलिकित ब्याजदरमा बैंकहरूले हेरिदिनुपर्ने कुरा होला ऋणको पुर्नतालिकिकरण गर्नुपर्ने होला कतिलाई सरकारले पनि सहुलियत दिनुपर्ने होला कर तिर्ने अबधि अलि पर सार्दिनुपर्ने होला। 

कति करहरूलाई हामीले मिलाउनुपनि पर्ने होला यि कुराहरू सरकारले त्यो केसवाइज केसबाट हुन्छ ब्लाङ्केटमा हुँदैन्। किनभने असर फरक फरक छ। असर फरक हुने वित्तीकै हामीले दिने सुविधाहरू पनि फरक फरक हुन्छन्। त्यो हुनाले अहिले भर्खरै हामीले उद्योग वाणिज्यबाट सिएनआईबाट चेम्बर बाट अरु क्षेत्रगत संगठनहरूबाट विवरण लिंदै छौं। वहाहरूमा भएको क्षति भेरिफाइ गरेर हामी सँगै बसेर एउटा निर्क्यौलमा पुग्छौं। 

मन्त्रीज्यूको दुई वर्षको कार्यकालमा हामीले सरसर्ती हेर्दा सक्षम व्यक्ति सहि समयमा सहि ठाउमा आउनुभएको छ। दुई वर्षमा राम्रो पनि भएको छ भन्छन्। अन्तराष्ट्रिय समुदायले पनि त्यसलाई राम्रो भनिरहेको छ। तर त्यति हुँदा हुँदैपनि सबैभन्दा बढि तपाईको आलोचना भएको छ। केही गलत भएको छ र?
आलोचना त अर्थमन्त्रीको गर्नै पर्छ नी। रेस्पोन्सिबल मान्छे भएपछि आलोचना बढी हुनुपर्छ। त्यसमा त के भयो र? तर कुरा के हो भने मुलुकको हितमा गर्ने कामहरूमा राष्ट्र हित र राष्ट्र अनुकुल हुने काम गर्ने र मुलुकको दिगो विकासका लागि काम गर्दाखेरी आउने आलोचनाहरूले तपाईंलाई अझ राम्रो गर्न अझ व्यवस्थित हुन र अझ जनिहितमा काम गर्न प्रेरित नै गर्छ। त्यसो हुनाले लोकतन्त्रमा आलोचनालाई हामीले लिनुपर्छ। राम्रो आलोचनालाई हामीले स्विकारेर गल्ति भएको भए सुधार्नु पनि पर्छ। र अनावश्यक आलोचना रहेछ भने त्यो समाजले आफै फिल्टर गर्न थाल्छ। 

तर फिल गुड फ्यक्टर त देखिएन नी दुई वर्षमा? कुनैपनि समयमा।
त्यस्तो होइन हामी कहाँ तीन तहको सरकार छ। अहिले के भनिन्छ भने मुलुकको अर्थमन्त्री एउटै भन्ने छ तर यहाँ ७ सय ६१ वटा अर्थमन्त्री छौं। सबैले आ आफ्नो जिम्मेवारी लिनुपर्ने छ। त्यो फिल गुड हुने एउटा पाटो चाहिं के पनि हो भने स्थानीय तहमा र प्रदेश तहमा हस्तान्तरण गरेका कतिपय कामहरू योजना सरकारसँग सम्बन्धित हुन्छन। जनसेवासँग सम्बन्धित हुन्छन। ति कुराहरूमा पनि शंकालाई लिने आरोप प्रत्यारोप पनि त्यहाँ हुने डर हुन्छ। दोस्रो कुरा कतिपय हामीले तलको तहहरूलाई उपयुक्त समयमा उपयुक्त तहले क्षमता विकास होस् अधिकार प्रत्यायोजन होस संगठन संरचना होस कर्मचारी होस पुर्‍याउन नसकेको कारणले पनि अलिकति ढिलाई भएको हुन सक्छ यो दुई पाटो छ। 

आलोचना त अर्थमन्त्रीको गर्नै पर्छ नी। रेस्पोन्सिबल मान्छे भएपछि आलोचना बढी हुनुपर्छ। त्यसमा त के भयो र?

यसको मुख्य कुरो के हो भने यो वित्तीय संघीयता कार्यान्वयनको दोस्रो वर्ष हो। यो कुरा हामीले विर्सनहुँदैन। यो जटिल प्रकृया हो। एकिकृत राज्य प्रणालीबाट स्रोतसाधानको एकिकृत प्रणालीबाट बजेटको एकिकृत प्रणालीबाट हामी यति धेरै ७ सय ६१ ठाउँमा विकेन्द्रीत प्रणालीमा गइरहदा केही अलमल केही दुविधा केही अधिकारको विषयमा दुविधा हुने कुराहरू त स्वभाविक हो नी। त्यसो हुनाले मान्छेलाई लाग्दो हो हिजो ७३ सालकै ७४ सालकै सरकारको निरन्तरता हो भन्ने त्यो त होइन।  

हामीले नयाँ संरचनामा काम गरिरहँदा खेरी नयाँ कल्पनाले नयाँ खर्च प्रणाली नयाँ लेखा प्रणाली र नयाँ हाम्रा जिम्मेवारीका साथ गइरहदा खेरी कतिपय कुरा हामीले जनतालाई बुझाउन पनि सक्नुपर्छ। राम्रा कामहरू बुझाउन पनि सक्नुपर्छ। र जनताको पृष्ठपोषण लिएर अझ राम्रा काम गर्नका लागि हामी तयार पनि हुनुपर्छ। समग्रमा के चाहिं बुझ्न पर्छ भने अर्थतन्त्र सुदृढ बाटोमा जाँदै छ यो कुरा तपाईंले पनि भनिहाल्नुभयो। अब यसको जगमा हामीले जन आपेक्षा अनुसारको काममा अझ सुदृढ भएर अघि लाग्नुपर्ने छ। 

अब नयाँ बजेट बनाउन बस्नु भएको छ। यस्तो अवस्था छ अहिले कोरोनाबाट सुरक्षित बस्नुपर्ने छ। अब यसबाट पर्ने असरलाई कम गर्न अब आउने बजेटले कसरी सम्बोधन गर्ला केही भन्न सकिन्छ?
अहिले छिटो हुन्छ बजेटको प्रागमिकता र सिद्धान्तका कुरा गर्न। मुलतः हाम्रा निश्चित बजेट निर्माणका आदर्शहरू छन्। हामीलाई संविधानले मौलिक हक छिटो कार्यान्वयन गर भनेको छ। कानून बनिसकेको छ। त्यहि मौलिक हक कार्यान्वयन गर्दाखेरी सामान्य नागरिकका जनजीवनलाई सुरक्षित गर्ने कुराहरूदेखि लिएर मुलुक आत्म निर्भर हुने कुराहरू देखि लिएर दिगो विकासका हाम्रा अबधारणा अनुरुप मुलुकले भोली आइपर्ने कुनै किसिमका जोखिमहरू यो त अहिले स्वास्थ्य सम्बन्धी जोखिम हो भोलि भूगोलको प्राकृतिक जोखिम पनि होला अरु जोखिम पनि होला त्यो वहन गर्न सक्ने र हामी एकचोटि विकासको चरणमा माथि उक्लेपछि तल खस्नुनपर्र्नेगरी माथि जाने हो। 

अहिले हामी सिद्धान्ततः अहिले समम भएका कुराहरूलाई अझ सुदृढ ढंगले अघि बढाउने र हामी हामी दिगो रुपमा धान्न सकिने मुलुकलाई अति आवस्यक भएका प्राथमिकता क्षेत्रहरू पुर्न परिभाषित गरेर अहिले १५ औं योजना आएको छ। १५ औं योजनाको अबधारणालाई पनि आत्मसाथ गर्दै हाम्रा केही राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धता छन् त्यो पनि पुरा गर्दै जाने हो। त्यसैले बजेट भनेको नीति कार्यान्वयन कार्यक्रमको एउटा निरन्तरता पनि हो। हामीले हरेकचोटी पुराना कुरा छोडदै नयाँ कुरा लिदै जाने हो भने हामी कहीँ पनि पुग्दैनौं। 

कार्यान्वयनको हिसाबले हेर्दा एमसीसी क्राइसिसमा छ। भारतले दिने अनुदान लगातार २५ प्रतिशतले घटाइरहेको छ। देशले राजनीतिक गल्ति गर्ने, असर पर्छ अर्थमन्त्रीलाई, गाह्रो त हुन्छ होला नि?
अर्थमन्त्रीको चुनौती नै त्यही हो। उसले यो सबै व्यवस्थापन गर्न सक्नुपर्छ। त्यो जिम्मेवारी वहन गर्न सक्नुपर्छ। एउटा कुरा के हो भने अन्तराष्ट्रिय परिवेस र क्षेत्रिय परिवेस अनुकुल छैन। तर त्यो प्रतिकुलताको बीचबाट पनि हामीले अनुकुलता निकाल्नुपर्ने छ। जस्तो हामीलाई सहयोग गर्ने वहुराष्ट्रिय दातृ निकायहरूले यो वेला तिमिहरूलाई हामी थप सहयोग गर्छौ भनेर विश्व बैंकले अफर गरेको छ। अन्तराष्ट्रिय मुद्रा कोषले अफर गरेको छ, एशियाली विकास बैंकले आफर गर्दै छ। यसरी वहाँहरूले थप स्रोत साधन र अवसरको एउटा मौका दिनुभएको छ हामीलाई। त्यसको उपयोग गर्नुपर्छ। दोस्रो कुरा के हो भने हामीले यस्ता विपद् आइपर्छन त्यसका लागि पूर्व तयारी राम्रोसँग गर्नुपर्छ भन्ने अवसर अहिले पाएका छौं।

आयातित वस्तुहरूमा आधारित भन्सारमा आधारित राजश्वको अंश क्रमश घट्दै एकतिहाइमा झरेको छ। पहिले कुनैबेला ५० प्रतिशत भन्दा बढी हुन्थ्यो।

यसकारणले स्वास्थ्य सम्बन्धी अथवा विपद् व्यवस्थापन सम्बन्धी धेरै पूर्वाधारहरू तयार गर्ने मौका पाएका छौं। त्यसलाई हामीले उपयोग गछौं। मात्रै कुरा के हो भने राजश्वको आधार कमजोर हुन्छ की अथवा खर्चगर्ने क्षमता कम हुन्छ की भन्ने एउटा सन्दर्भ हो। अहिले हामीले आन्तरिक रुपमा जुन राजश्व उठाइराखेका छौं त्यो ३० प्रतिशतको हाराहारीमा हाम्रो आन्तरिक मूल्य अभिवृद्धि कर र ३५ प्रतिशतले आयकर बढिराखेको छ। आयातित वस्तु त स्वतः कम भएपछि राजश्व पनि कम हुने भयो। तर हामी यस्तो अवस्थामा छैनौं कि कुनै रेभिन्युनको क्राइसिमा छौं भन्ने अवस्थामा छैनौं। 

आयातित वस्तुहरूमा आधारित भन्सारमा आधारित राजश्वको अंश क्रमश घट्दै एकतिहाइमा झरेको छ। पहिले कुनैबेला ५० प्रतिशत भन्दा बढी हुन्थ्यो। अबको चिन्ता एउटै के हो भने आन्तरिक उत्पादनलाई हामीले कोरोनाको प्रभावबाट छिटो मुक्त गर्न सक्नुपर्‍यो चुनौती चाहिं यो हो। त्यसमा हामी जान सक्छौं। 

अहिले निजी क्षेत्र पनि निस्फिक्री हुन नसकिरहेको अवस्था छ। यो अवस्थामा सम्पत्ती सुद्धिकरण र कर दुई वटा मुद्धा छन जसले निजी क्षेत्र र सरकारको बिचमा एउटा विवाद ल्याएको छ। समाधान के हुन सक्छ?
होइन। त्यस्तो पनि विषय होइन। यसको विषय के हो भने पारदर्शि र व्यवस्थित अनुशासित व्यवसाय गर्नुपर्छ भन्नेमा निजी क्षेत्र पनि छ। त्यसमा कतिपय कुराहरू अब्यवहारीक होलान अब्यवहारीक मिलाउँदै जानुपर्छ भन्ने हो। व्यवसायका अन्तराष्ट्रिय प्रचलनहरू, वित्तीय प्रणालीका अन्तराष्ट्रिय प्रचलनहरूबाट बाहिर त हामी बस्नै सक्दैनौं। हामी पनि आवद्ध भएका मुलुक हौं। त्यसो हुनाले निजी क्षेत्रलाई फेरीपनि एकठाउँ राख्नु हुँदैन समग्र निजी क्षेत्रसँग समबन्धित भएका नियम कानूनहरू हामीसँग छलफल गरेरै आर्थिक नीतिहरू बनाइराखेकै हो राजश्वको त्यसकै आधारबाट अघि बढेका छौं। केही व्यवहारिक कठिनाईहरू छन्। अस्वभाविक रुपमा व्यक्तिको कारणले अथवा कुनै एउटा निर्देशनको कारणले अप्ठेरो परेको भए सरकार निजी क्षेत्र सँग सहकार्य गरेर ति अप्ठेराहरू फुकाउन र बढी विश्वासका साथ अघि बढ्न तयार छ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्