काठमाडौं- सर्वोच्च अदालतमा बिहीबार र शुक्रबार मुद्दाको सुनुवाई नहुने भएको छ। बिहीबार पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको शोकमा बिदा दिइएको छ भने शुक्रबार कोरोना भाइरसबारे छलफल गर्न फोलकोट (पूर्ण बैठक) डाकिएकाले मुद्दाको सुनुवाई नहुने भएको हो।
सर्वोच्चले आज एक सूचना प्रकाशित गर्दै बिहीबार अदालत बिदा हुने र शुक्रबारको सम्पुर्ण पेशी स्थगित भएको जानकारी गराएको छ।
श्रेष्ठको निधनपछि बुधबार आकस्मिक बसेको सर्वोच्चको फुलकोट बैठकले देशभरका जिल्ला,उच्च ,सर्वोच्च र अन्य अदालत बन्द बिहीबार शोक बिदा दिने निर्णय गरेको हो।
वि स १९८९ मा जन्मेका पूर्व प्रधानन्यायाधीश श्रेष्ठको बुधबार निधन भएको थियो। २०५४ असोज १ देखि २०५४ चैत २९ गते अवकाश पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।