काठमाडौं- सरकारले सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णय चैत मसान्तसम्म लागू हुने सरकारले जनाएको छ। यसैगरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न पनि सरकारको आह्वान छ।
धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ। सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ।
सरकारले १५ बुँदे निर्णय गर्दै कोरोना भाइरसको संक्रमण फैलन नदिन भेला, समारोह लगायतका कार्यक्रम समेत रोक्ने निर्णय गरेको छ। सरकारले कोरोना भाइरसका बारेमा सर्वसाधारण नागरिकमा भ्रम फैलने गरी अभिव्यक्ति दिएका कारबाही गर्ने चेतावनी पनि दिएको छ।
यो पनि पढ्नुहोस्

अप्रिल १५ सम्म टुट्यो युरोप-नेपाल हवाई सम्पर्क बुधबार, चैत ५, २०७६
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो।
समितिले छापा मारेर पक्राउ गरेको ५ लाख मास्कलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र साझा स्वास्थ्य सेवा सहकारीमार्फत् वितरण गर्ने निर्णय गरेको छ।
यी हुन् समिति बैठकका निर्णय


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।