काठमाडौं- सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायतलाई बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ को जोखिम रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो।
‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने,’ समितिले गरेको निर्णयको २ नं. बुँदामा भनिएको छ।
यसको अनुगमानका लागि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।