• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

झापाको बालुवाटार कीर्तेमा नेकपाका नेतासहित १६ जनाविरुद्ध मुद्दा दायर

64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  १५:५४
1140x725

काठमाडौं- झापाको दमक नगरपालिका-८ स्थित बालुवाटार नामले चिनिने सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नेकपाका नेता गगन पुरीसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ। नेकपा नेता पुरी, उनका परिवारका सदस्य र मालपोत कार्यालयका कर्मचारीलाई विपक्षी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय भद्रपुरले झापा जिल्ला अदालतमा सरकारी छाप दस्तखत कीर्ते मुद्दा दायर गरेको हो। 

नेकपा नेता पुरीविरुद्ध २ करोड ६९ लाख ५५ हजार रुपैयाँभन्दा बढीको बिगो र हदैसम्मको कैद सजाय माग गरिएको छ। पुरीले सरकारी कर्मचारीको मिलेमतोमा बालुवाटार नामले चिनिने दमक-८ को सरकारी जग्गा गैरकानुनी रुपमा आफूलगायत आफू निकटका नाममा नामसारी गरेको अनुसन्धानमा पाइएको थियो। 

प्रहरीले गरेको अनुसन्धानमा कुल ३० बिघा जग्गामध्ये ९ बिघा  कीर्ते गरेको र बाँकी २१ बिघा आफ्नो नाममा स्रेस्ता कायम गरी विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरेको पाइएको थियो। 

जग्गा हिनामिना प्रकरणमा संलग्न (रेवतराज) भनिने पुरी, उनका दाजु देवकुमार पुरी, मनमाया पुरी, केशावती पुरी, भूमिका कोइराला, रमेश ढकाल, रमेश गिरीलगायत नापी कार्यालयका कर्मचारी विन्देधर पन्जियार, विनोदकुमार मण्डल, सीताराम यादव, इन्द्रिस नदाफ, शेषबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर भएको गरिएको छ। 

मालपोत कर्मचारी ठाकुरप्रसाद निरौला, बाबुराम भट्टराई, सोमप्रसाद पोखरेल, र खगेश्वर भट्टराईविरुद्ध बिगोसहित सरकारी छाप दस्तखत कीर्तेको माग दाबीसहित अभियोग तयार भएको छ। 

उनीहरूलाई मुलुकी ऐन किर्ते कागजको ७ नम्बर बमोजिम बिगो दावी र १२ नम्वर बमोजिमको थप सजाय हुन माग दाबी लिइएको सरकारी वकिलको कार्यालय झापाले जनाएको छ।

मुद्दाको अनुसन्धानका क्रममा देखिएका दमक–८ स्थित सिट नं १७९–००५५, १७९ –००५६–१६,१७ र २१ र सिट नं.. १७९–००९५ सरकारी ऐलानी जग्गा आफ्नो नाउँमा दर्ता गरेको र साविकको भूगोलमा एकातर्फ रहेको जग्गालाई नापी टोलीको मिलोमतोमा अर्को भूगोलमा देखाइ अम्बरबहादुर कार्कीलगायत १ सय ४८ जनालाई बिक्री गरेको पाइएको छ ।

मालपोत ऐन, २०३४ को परिच्छेद ७ को दफा २४ को उपदफा १ र २ बमोजिम कारबाही हुनुपर्ने मागदाबी सरकारी वकिलको कार्यालय झापाले अभियोग दायर गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

 

 

यो पनि पढ्नुहोस्

५० बिघा जग्गा किर्ते प्रकरणमा नेकपा नेता पुरी फरार सूचीमा, फेसबुकबाटै प्रहरीलाई धम्की !शुक्रबार, माघ १७, २०७६

साथै दमक-८ स्थित सरकारी जग्गालाई २ नम्बर नापी टोली समेतको मिलेमतोमा पुरीले उक्त जग्गा आफ्नो नाममा दर्ता कायम गरी एकपछि अर्कोको नाममा बिक्री गरेर गैरकानुनी रुपमा सम्पति आर्जन गर्ने मनसाय गरेको देखिएको आरोपपत्रमा उल्लेख छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सिफारिस 

जग्गा किर्तेमा  संलग्न भएको आरोप लागेका रमेश ढकाल, भूमिका कोइराला, केशावती पुरीलगायतलाई सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान गर्न सरकारी वकिलले सिफारिस गरेको छ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्दै उनीहरुले सम्पत्ति शुद्धीकरण गरेको देखिएकाले थप अनुसन्धान गरि मुद्दा दर्ता गर्नुपर्ने राय सरकारी बकिलले दिएको छ । सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान तथा कारबाहीका लागि पत्र लेखेर पठाइएको छ।

भ्रष्टाचारमा अनुसन्धान गर्न अख्तियारलाई पत्र 

सरकारी जग्गा किर्ते गर्ने कार्यमा संलग्न सरकारी कर्मचारी र अन्यलाई भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न पनि पत्र लेखिएको छ। 

सरकारी ऐलानीप्रति जग्गा किर्ते गरी एवं आफ्नो प्रमाण भिडाइ फरक ठाउँको जग्गा हडपी आफ्नो नाममा श्रेस्ता कायम गरी व्यक्तिको नाममा कायम गर्ने कार्यमा संलग्नहरुलाई अनुसन्धान गर्न भनिएको छ।  

नापी, मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र अन्य संलग्नको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार आकर्षित हुने देखिएकाले थप अनुसन्धान गर्न अख्तियारलाई पठाइएको सरकारी वकिलको कार्यालय झापाले जनाएको छ। 

त्यस्तै, पुरीले बैंक र वित्तीय संस्थामा राखिएको धितोका कारण बैंकले जग्गा लिलामसमेत गरेको पाइएको छ।

११ बिघा सरकारी जग्गा पुरीले कब्जा गर्ने प्रयास गरेको खुलेसँगै गत मंसिरदेखि सिआइवी र इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा अन्य ३० बिघा सरकारी जग्गा व्यक्तिको नाममा सार्ने कार्यमा पनि पुरीकै संलग्नता देखिएको थियो । जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा पुरीलाई पहिलोपटक गत मंसिर १९ गते पक्राउ पुर्जी जारी गरेको थियो। तर, पुरी  फरार भएका थिए। 

जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर किर्ते गरेकै आरोपमा पुरीलाई पुनः पुस २४ गते पक्राउपुर्जी जारी गरेको थियो।  पुरीलगायत फरार प्रतिवादीको हकमा अदालतबाट नै म्याद जारी  गरिनेछ।

आरोपी पुरी पूर्व एकीकृत माओवादीका केन्द्रीय नेता हुन्। उनी स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका उम्मेदवारसमेत बनेका थिए।

पार्कको नाममा ठगी 
पुरीले दमकमा विश्वस्तरीय पार्क बनाउने भन्दै प्रचार गरेका थिए।

अजेयराज सुमार्गी, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका स्थानीय ठेकेदार गणेश बस्नेतको संलग्नतामा पार्क बन्न लागेको भनी पुरीले प्रचार गर्दै आएका थिए।

त्यही कीर्ते गरिएको जग्गामा करीब १६ अर्ब रुपैयाँ लगानीमा पार्क बनाइने भएको थियो। 

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द कानुन उल्लङ्घन, ठगी र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडा कारबाही गरिरहेको अमेरिकी सरकारको... बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्