• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

झापाको बालुवाटार कीर्तेमा नेकपाका नेतासहित १६ जनाविरुद्ध मुद्दा दायर

64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  १५:५४
1140x725

काठमाडौं- झापाको दमक नगरपालिका-८ स्थित बालुवाटार नामले चिनिने सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नेकपाका नेता गगन पुरीसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ। नेकपा नेता पुरी, उनका परिवारका सदस्य र मालपोत कार्यालयका कर्मचारीलाई विपक्षी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय भद्रपुरले झापा जिल्ला अदालतमा सरकारी छाप दस्तखत कीर्ते मुद्दा दायर गरेको हो। 

नेकपा नेता पुरीविरुद्ध २ करोड ६९ लाख ५५ हजार रुपैयाँभन्दा बढीको बिगो र हदैसम्मको कैद सजाय माग गरिएको छ। पुरीले सरकारी कर्मचारीको मिलेमतोमा बालुवाटार नामले चिनिने दमक-८ को सरकारी जग्गा गैरकानुनी रुपमा आफूलगायत आफू निकटका नाममा नामसारी गरेको अनुसन्धानमा पाइएको थियो। 

प्रहरीले गरेको अनुसन्धानमा कुल ३० बिघा जग्गामध्ये ९ बिघा  कीर्ते गरेको र बाँकी २१ बिघा आफ्नो नाममा स्रेस्ता कायम गरी विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरेको पाइएको थियो। 

जग्गा हिनामिना प्रकरणमा संलग्न (रेवतराज) भनिने पुरी, उनका दाजु देवकुमार पुरी, मनमाया पुरी, केशावती पुरी, भूमिका कोइराला, रमेश ढकाल, रमेश गिरीलगायत नापी कार्यालयका कर्मचारी विन्देधर पन्जियार, विनोदकुमार मण्डल, सीताराम यादव, इन्द्रिस नदाफ, शेषबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर भएको गरिएको छ। 

मालपोत कर्मचारी ठाकुरप्रसाद निरौला, बाबुराम भट्टराई, सोमप्रसाद पोखरेल, र खगेश्वर भट्टराईविरुद्ध बिगोसहित सरकारी छाप दस्तखत कीर्तेको माग दाबीसहित अभियोग तयार भएको छ। 

उनीहरूलाई मुलुकी ऐन किर्ते कागजको ७ नम्बर बमोजिम बिगो दावी र १२ नम्वर बमोजिमको थप सजाय हुन माग दाबी लिइएको सरकारी वकिलको कार्यालय झापाले जनाएको छ।

मुद्दाको अनुसन्धानका क्रममा देखिएका दमक–८ स्थित सिट नं १७९–००५५, १७९ –००५६–१६,१७ र २१ र सिट नं.. १७९–००९५ सरकारी ऐलानी जग्गा आफ्नो नाउँमा दर्ता गरेको र साविकको भूगोलमा एकातर्फ रहेको जग्गालाई नापी टोलीको मिलोमतोमा अर्को भूगोलमा देखाइ अम्बरबहादुर कार्कीलगायत १ सय ४८ जनालाई बिक्री गरेको पाइएको छ ।

मालपोत ऐन, २०३४ को परिच्छेद ७ को दफा २४ को उपदफा १ र २ बमोजिम कारबाही हुनुपर्ने मागदाबी सरकारी वकिलको कार्यालय झापाले अभियोग दायर गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

 

 

यो पनि पढ्नुहोस्

५० बिघा जग्गा किर्ते प्रकरणमा नेकपा नेता पुरी फरार सूचीमा, फेसबुकबाटै प्रहरीलाई धम्की !शुक्रबार, माघ १७, २०७६

साथै दमक-८ स्थित सरकारी जग्गालाई २ नम्बर नापी टोली समेतको मिलेमतोमा पुरीले उक्त जग्गा आफ्नो नाममा दर्ता कायम गरी एकपछि अर्कोको नाममा बिक्री गरेर गैरकानुनी रुपमा सम्पति आर्जन गर्ने मनसाय गरेको देखिएको आरोपपत्रमा उल्लेख छ।  

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सिफारिस 

जग्गा किर्तेमा  संलग्न भएको आरोप लागेका रमेश ढकाल, भूमिका कोइराला, केशावती पुरीलगायतलाई सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान गर्न सरकारी वकिलले सिफारिस गरेको छ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्दै उनीहरुले सम्पत्ति शुद्धीकरण गरेको देखिएकाले थप अनुसन्धान गरि मुद्दा दर्ता गर्नुपर्ने राय सरकारी बकिलले दिएको छ । सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान तथा कारबाहीका लागि पत्र लेखेर पठाइएको छ।

भ्रष्टाचारमा अनुसन्धान गर्न अख्तियारलाई पत्र 

सरकारी जग्गा किर्ते गर्ने कार्यमा संलग्न सरकारी कर्मचारी र अन्यलाई भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न पनि पत्र लेखिएको छ। 

सरकारी ऐलानीप्रति जग्गा किर्ते गरी एवं आफ्नो प्रमाण भिडाइ फरक ठाउँको जग्गा हडपी आफ्नो नाममा श्रेस्ता कायम गरी व्यक्तिको नाममा कायम गर्ने कार्यमा संलग्नहरुलाई अनुसन्धान गर्न भनिएको छ।  

नापी, मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र अन्य संलग्नको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार आकर्षित हुने देखिएकाले थप अनुसन्धान गर्न अख्तियारलाई पठाइएको सरकारी वकिलको कार्यालय झापाले जनाएको छ। 

त्यस्तै, पुरीले बैंक र वित्तीय संस्थामा राखिएको धितोका कारण बैंकले जग्गा लिलामसमेत गरेको पाइएको छ।

११ बिघा सरकारी जग्गा पुरीले कब्जा गर्ने प्रयास गरेको खुलेसँगै गत मंसिरदेखि सिआइवी र इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा अन्य ३० बिघा सरकारी जग्गा व्यक्तिको नाममा सार्ने कार्यमा पनि पुरीकै संलग्नता देखिएको थियो । जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा पुरीलाई पहिलोपटक गत मंसिर १९ गते पक्राउ पुर्जी जारी गरेको थियो। तर, पुरी  फरार भएका थिए। 

जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर किर्ते गरेकै आरोपमा पुरीलाई पुनः पुस २४ गते पक्राउपुर्जी जारी गरेको थियो।  पुरीलगायत फरार प्रतिवादीको हकमा अदालतबाट नै म्याद जारी  गरिनेछ।

आरोपी पुरी पूर्व एकीकृत माओवादीका केन्द्रीय नेता हुन्। उनी स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका उम्मेदवारसमेत बनेका थिए।

पार्कको नाममा ठगी 
पुरीले दमकमा विश्वस्तरीय पार्क बनाउने भन्दै प्रचार गरेका थिए।

अजेयराज सुमार्गी, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका स्थानीय ठेकेदार गणेश बस्नेतको संलग्नतामा पार्क बन्न लागेको भनी पुरीले प्रचार गर्दै आएका थिए।

त्यही कीर्ते गरिएको जग्गामा करीब १६ अर्ब रुपैयाँ लगानीमा पार्क बनाइने भएको थियो। 

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्री बने भूपदेव शाह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह
सम्बन्धित सामग्री
आज अक्षय तृतीया पर्व मनाइँदै पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको ज... सोमबार, वैशाख ७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको स्थिति सिर्जना भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा... सोमबार, वैशाख ७, २०८३
वैदेशिक अध्ययनमा जानेलाई अब घरबाटै ‘नो अब्जेक्सन लेटर’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त... आइतबार, वैशाख ६, २०८३
ताजा समाचारसबै
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह सोमबार, वैशाख ७, २०८३
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल सोमबार, वैशाख ७, २०८३
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्