काठमाडाैं- विश्वमा कोरोना भाइरसबाट बुधबार बिहानसम्म १ लाख ९८ हजार ५१३ जना संक्रमित भएका छन्। काेराेनाबाट मर्नेकाे संख्या ७ हजार ९८८ पुगेकाे छ। ८२ हजार ७६३ मानिस उपचारपछि निकाे भएका छन्।
काेराेनाकाे असर अमेरिकी राेजगारीमा पर्ने देखिएकाे छ। अमेरिकी वित्तमन्त्री स्टीवन नुचिनका अनुसार अमेरिकामा बेराेजगार दर २० प्रतिशतसम्म पुग्ने सम्भावना छ।
अमेरिकामा कोरोना भाइरसबाट अर्थ व्यवस्थामा परेकाे असरबारे मंगलबार राती छलफल भएकाे थियाे।
यसैबीच, संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका सबै बैठक रद्द भएका छन्। सुरक्षा परिषदको अध्यक्ष चीन हाे। चीनमा कोरोना भाइरसकाे प्रभाव सबैभन्दा बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।