काठमाडाैं- काेराेना भाइरसका कारण इटालीमा थप ३४५ जनाकाे मृत्य भएकाे छ। याेसँगै इटालीमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ हजार ५०३ पुगेकाे छ। याे इटालीमा काेराेनाबाट मृत्यु हुनेकाे दर ७.९ प्रतिशत हाे।
इटालीमा थप ३ हजार ५२६ जनामा काेराेनाकाे संक्रमण देखा परेकाे छ। याेसँगै त्यहाँ काेराेना संक्रमितकाे संख्या ३१ हजार ५०६ पुगेकाे छ। युराेपेली मुलुकमा इटाली काेराेनाबाट बढी प्रभावित छ।
काेराेनाबाट वृद्ध र धुम्रपान गर्ने बढी प्रभावित भएका छन्। यद्यपि युवाहरुमा काेराेना परीणक्ष पर्याप्त नभएकाे बताइएकाे छ। इटाली विश्वमा चीनपछि दाेस्राे काेराेना बढी प्रभावित राष्ट्र हाे।
यसैगरी पछिल्लाे समय युराेपेली मुलुकमा काेराेना संक्रमण तीव्र गतिमा फैलिएकाे छ। जर्मनीमा २ हजार ८८, स्पेनमा १ हजार ८८४, फ्रान्समा १ हजार ९७, बेलायतमा ४०७, स्विट्जरल्याण्डमा ३२०, अस्ट्रियामा ३१६, नेदरल्याण्डमा २९२ र बेल्जियममा १८५ जना काेराेनाका नयाँ संक्रमित बिरामी फेला परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।