• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चीनबाट फर्किन लागेका पौड्याल भन्छन्- हीनताबोध गर्नुपर्ने केही काम गरेको छैन

64x64
नेपाल लाइभ मंगलबार, चैत ४, २०७६  १८:२१
1140x725

काठमाडौं- कार्यकाल पूरा नहुँदै फर्काइएका चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याले पदीय हैसियतमा रहँदा हिनताबोध गर्नुपर्ने कुनै पनि काम आफूले नगरेको बताएका छन्। ‘लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले  हिनताबोध गर्नुपरोस्,’ मंगलबार बेईजिङबाट एक सन्देश जारी गर्दै पौड्यालले भनेका छन्। 

१८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले करीब एक वर्ष पदावधि बाँकी रहँदै फिर्ता बोलाउने निर्णय गरेको थियो। उनलाई किन फिर्ता बोलाइएको भन्ने विषयमा भने केही पनि खुलाइएको थिएन। 

पौड्यालले कोही पनि सर्वगुण सम्पन्न नुहने भन्दै आफ्ना पनि केही सीमा भएको र त्यसमा आफूमात्रै नभएर शासकीय प्रणाली पनि जिम्मेवार भएको बताएका छन्। 

‘मान्छे कोही पनि सर्वगुण सम्पन्न, सर्वज्ञानी र पूर्ण हुँदैन र मेरा पनि ज्ञान, सीप र क्षमतागत सीमा थिए र छन्,’ उनले सन्देशमा भनेका छन्‚ साथै हाम्रा आफ्नै शासकीय प्रणाली, संरचना र यसको विरासत एवम् श्रोत साधनजन्य सीमा पनि आफ्नो ठाउँमा छँदैछन्।’

उनले आफ्नो कार्यकालमा चिनियाँ राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भएको लगायतका उपलब्धीको लामो सूची आफ्नो सन्देशमा पेस गरेका छन्। 

उनले भनेका छन्, ‘गणतन्त्र नेपालको राष्ट्रपतिज्यूको चीनमा पहिलो राजकीय भ्रमण र चीनका राष्ट्रपतिज्यूको २३ वर्षको अन्तरालमा नेपालमा ऐतिहासक राजकीय भ्रमणका साथै नेपाल र चीनबीच विकास र सम्वृद्धिका लागि अटूट मित्रतासहितको रणनीतिक साझेदारी गर्ने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने समझदारी यही कालखण्डमा भएको छ।’

यो पनि पढ्नुहोस्

नेकपा शक्ति संघर्षको चेपुवामा लीलामणि: ललिता र नेपाल ट्रष्ट प्रकरणले थिए विवादमाआइतबार, फागुन १८, २०७६

यस्तो छ पौड्यालले जारी गरेको सन्देश: 

आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु एवम् चिनियाँ मित्रहरु,

nimb
nimb
Ncell 2
Ncell 2

जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतका रुपमा तीन वर्ष चार महिना पाँच दिन काम गरी यही चैत्र ५ गते नेपाल पुग्दैछु। परापूर्वकालदेखि साँस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक रुपले नेपालको घनिष्ट तथा अत्यन्तै महत्वपूर्ण सम्बन्ध रहेको उदार र असल छिमेकी राष्ट्र चीनमा एक महत्वपूर्ण ऐतिहासिक कालखण्डमा राजदूतको रुपमा काम गर्ने अवसर पाएकोमा गर्व महसुस गरेको छु। मलाई विश्वास र भरोसा गरी यो जिम्मेवारी दिनुहुने तत्कालीन प्रधानमन्त्रीज्यू र सरकारप्रति हार्दिक कृतज्ञता र यस ऐतिहासिक कालखण्डमा मलाई राजदूतको रुपमा निरन्तर काम गर्ने अवसर दिएकोमा वर्तमान सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

गणतन्त्र नेपालको राष्ट्रपतिज्यूको चीनमा पहिलो राजकीय भ्रमण र चीनका राष्ट्रपतिज्यूको २३ वर्षको अन्तरालमा नेपालमा ऐतिहासक राजकीय भ्रमणका साथै नेपाल र चीनबीच विकास र सम्वृद्धिका लागि अटूट मित्रतासहितको रणनीतिक साझेदारी गर्ने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने समझदारी यही कालखण्डमा भएको छ। इतिहासमै पहिलो पटक नेपालले चीन भएर पारवहन यातायातको सुविधा प्राप्त गरेको छ। वहुआयामिक विकासको अवधारणामा आधारित वेल्ट एण्ड रोड सहयोगसम्बन्धी समझदारी, हिमाल सीमा वारपार रेल सेवा तथा बहुआयामिक सम्पर्क सञ्जालको विस्तार, सीमा क्षेत्रको शान्ति, स्थायित्व र विकासका लागि सहकार्य र उच्च राजनीतिक तथा प्रशासकीय संयन्त्रहरुको निर्माण गरी सम्बन्धलाई द्विपक्षीय हितका सबै विषयमा विस्तार गर्नेजस्ता थुप्रै सम्झौता, समझदारी र सहमति भएका कारण यो कालखण्डलाई मैले महत्वपूर्ण र ऐतिहासिक मानेको छु।

यही अवधिमा सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी भूकम्पपछिको पुननिर्माणमा सबैभन्दा ठूलो धनराशीको निःशर्त अनुदान सहायता (३ अर्ब चिनियाँ युआन अर्थात् झण्डै ५१ अर्ब नेपाली रुपैयाँ) नेपालले चीनबाट प्राप्त गरेको छ। आगामी तीन वर्षका लागि चीनले नेपाललाई सरकारी संयन्त्रमार्फत् खर्च हुने गरी बिनाकुनै पूर्वशर्त ३.५ अर्ब युआन (करीब ६० अर्ब नेपाली रुपैयाँ) विकास अनुदान दिने समझदारी यस अवधिको उल्लेख गर्न लायक र नेपालको आर्थिक सामाजिक विकासका लागि कोशेढुङ्गा हुने सहयोग हो।

यसका  अतिरिक्त उच्च राजनीतिक तहमा भएका थुप्रै भ्रमणको आदानप्रदानबाट द्विपक्षीय हितका साझा विषयलाई अगाडि बढाउने गरी भएका उच्चस्तरका समझदारीहरु तथा लगानी, पर्यटन, वैदेशिक सहायता, साँस्कृतिक तथा सुरक्षा निकायबीचको आदानप्रदान एवम् संस्थागत र जनस्तरको सम्बन्ध विस्तारका हिसाबले उपर्युक्त कालखण्ड ऐतिहासिक र उपलब्धिमूलक रह्यो। अहिले चीनभित्र नेपाल अभूतपूर्व रुपले परिचित भएको अनुभूति हामीले गरेको म सगर्व निवेदन गर्दछु। यी सबै उपलब्धिका लागि न त म प्रमुख दाबेदार हुन सक्छु न निरपेक्ष नै रहन सक्छु। मान्छे कोही पनि सर्वगुण सम्पन्न, सर्वज्ञानी र पूर्ण हुँदैन र मेरा पनि ज्ञान, सीप र क्षमतागत सीमा थिए र छन्। साथै, हाम्रा आफ्नै शासकीय प्रणाली, संरचना र यसको विरासत एवम् श्रोत साधनजन्य सीमा पनि आफ्नो ठाउँमा छँदैछन्। ती सबै सीमालाई यथार्थका रुपमा स्वीकार गरी मानवीय प्रयत्नबाट प्राप्त गर्न सकिने अधिकतम उपलब्धीका लागि सबै सामर्थ्य लगाउनुपर्छ भन्ने मेरो जीवनमूल्य र मान्यता हो।

मैले बेइजिङमा कार्यरत रहँदा त्यही जीवनमूल्यलाई आत्मसात गरी आफ्नो बुद्धि, क्षमता, विवेक, ज्ञान र श्रोतले भ्याएसम्म इमान्दारीपूर्वक भगीरथ प्रयत्न गरेको र त्यसमा आफूले कुनै सम्झौता नगरेको विनम्रतापूर्वक निवेदन गर्दछु। इमान्दारीपूर्वक र निष्ठाका साथ प्रयत्न गर्ने कुरा मेरो नियन्त्रणमा छ, नतिजा होइन भन्ने मलाई राम्रै थाहा छ। पदीय जिम्मेवारीबाट प्राप्त अवसर सार्वजनिक हितमा उपयोग गर्नका लागि हो भन्ने चेत सबै सार्वजनिक सेवामा रहँदा ममा निरन्तर रहिरह्यो। नेपाल एवम् चीनबीचको राजनीतिक र जनस्तरको सम्बन्धमा आएको उल्लेखनीय प्रगतिलाई आर्थिक पाटोमा समेत विस्तार गरी आर्थिक विकास, लगानी अभिवृद्धि, कृषि आधुनिकीकरण एवम् प्रविधि हस्तान्तरणजस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरुमा दुईपक्षीय सहयोग अझ सुदृढीकरण गर्दै लैजानुपर्ने खाँचो छ। नेपाल र चीनबीचको सम्बन्ध थप प्रबर्द्धन गर्ने दिशामा एक सचेत नेपाली नागरिकका हैसियतमा मेरो प्रयास निरन्तर जारी रहिरहनेछ।

मैले पदमा रहँदा कुनै त्यस्तो काम जानीजानी गरेको छैन जसले गर्दा मलाई जिम्मेवारी दिने र विश्वास गर्ने नेतृत्वलाई पछुतो गर्न परोस्। मैले जानीजानी, नियत वा स्वार्थवस, दबाब वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले  हिनताबोध गर्नुपरोस्। कार्यसम्पादनका शिलशिलामा शैलीगत स्वभाव, क्षमता, कार्यसीमा र मेरो जीवनमूल्यका कारण मेरो कामबाट कोही कसैलाई मर्का पर्न गएको, नोक्सानी भएको वा चित्त दुखेको छ भने, त्यो नियतवश थिएन। पदीय जिम्मेवारीका कारण उत्पन्न भएको अवस्था पदीय जिम्मेवारी समाप्त भएपछि स्वतः समाप्त भयो भन्ने ठानी क्षमा दिनुहुन हार्दिक अनुरोध छ। समग्रमा पदीय जम्मेवारीलाई मैले राष्ट्र र नेपाली जनताको बहुमूल्य नासोको रुपमा लिएको थिएँ जसको श्रीवृद्धिमा अथक प्रयत्न गर्नु मेरो दायित्व थियो। त्यही दायित्त्वबोधले आजपर्यन्त काममा कृयाशील रहेको विनम्र निवेदन गर्दछु। चीनमा रहनुहुने र चीनमा आउजाउ गर्नुहुने नेपालीहरु, नेपालमै वा अन्य मुलुकमा बसेर चासो राख्नुहुने तथा सल्लाह, सुझाव दिनुहुने र स्वस्थ्य आलोचना गर्नुहुने सबै दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार व्यक्त गर्दछु। राजदूतको रुपमा चीनमा रहँदा मैले विश्वभरिका नेपाली समुदायबाट यति धेरै सहयोग, सद्भाव, माया र प्रोत्साहन पाएँ त्यसका लागि उहाँहरुप्रति आजीवन ऋणी रहिरहनेछु। त्यो ऋण मैले मेरो क्षमता, ज्ञान, विवेक र सामर्थ्यलाई राष्ट्रको सेवामा निस्वार्थ र निरन्तर समर्पण गरेरमात्रै चुक्ता हुन्छ भन्ने म ठान्दछु।

कोरोना भाइरस संक्रमणको परिस्थितिजन्य अवस्थाका कारण चीनमा रहनु हुने नेपाली दिदीबहिनी दाजुभाइहरुसँग भेटघाट, आउजाउ र सरसम्पर्क गर्न असहज  भएकाले  बिदाइ  भेटबिना नै फर्किन परेकोमा मलाई  दुःख लागेको छ। समय मेरो वशमा थिएन भन्ने बुझिदिनु हुनेछ र तपाईँहरुको सद्भाव, माया र सम्झना सधैं पाइरहनेछु भन्ने मैले अपेक्षा राखेको छु।

कार्यसम्पादनका शिलशिलामा रातसाँझ, सप्ताहान्त र परिवारसमेत नभनी खटिने दूतावासका कर्मचारी साथीहरु, निरन्तर सल्लाह, सुझाव, निर्देशन र साथ दिनुहुने राजनीतिक नेतृत्व, काममा सहायता गर्ने परराष्ट्र मन्त्रालय तथा अन्य निकायमा कार्यरत राष्ट्रसेवक सहकर्मी मित्रहरु, विश्वास, सद्भाव र सहयोग गर्ने सम्पूर्ण गैरसरकारी तथा व्यवसायिक समुदाय र मलाई माया, आतिथ्य, सहयोग र सद्भाव दिनुहुने चिनियाँ सरकार तथा चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। म यस अवसरमा नेपाली दिदीबहिनी दाजुभाइहरुको चीनको बसाइ उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामना गर्दछु। चिनियाँ मित्रहरुलाई नेपालमा भेट्ने अपेक्षा गरेको छु।

नेपाल चीन मित्रता अमर रहोस्!
लीलामणि पौड्याल
बेइजिङ, चीन
२०७६।१२।०४

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्री बने भूपदेव शाह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह
सम्बन्धित सामग्री
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा बोल्दै एकताबद्ध भएर पार्टी १५औँ महाधिवेशनमा जाने बताए । सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता मन... सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् । सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह सोमबार, वैशाख ७, २०८३
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल सोमबार, वैशाख ७, २०८३
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्