• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सुरक्षा निकायमा कोरोना त्रास : के गर्दैछन् सेना-प्रहरी?

मास्कदेखि सेनिटाइजरसम्म उत्पादन‚ धमाधम बने आइसोलेसन वार्ड
64x64
नारायण अधिकारी मंगलबार, चैत ४, २०७६  १७:४५
1140x725
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी मास्क बनाउँदै। -तस्वीर : एसपी उमा चतुर्वेदी

काठमाडौं- जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा चतुर्वेदीले आफ्नो फेसबुक पेजमा मास्क बनाउँदै गरेको तस्बिर पोस्ट गरेर क्याप्सन लेखे, ‘कोराना भाइरसबाट हरेक व्यक्ति आफैं सचेत हुनुपर्ने अवस्था छ। आफैं मास्क बनाउँदै हामी आफैं सुरक्षित हुन कोशिस गरिरहेका छौं। यो सानो प्रयास हामी स्थानीय नागरिकसम्म पुर्‍याउँछौं।’

जिल्ला प्रहरी कार्यालय सिरहा आफैंले मास्कको उत्पादन गरेको र आफ्ना कर्मचारीहरुलाई वितरण गरिएको एसपी चतुर्वेदीको भनाइ छ। प्रहरी, थुनुवा, कैदीहरुलाई आफूहरुले उत्पादन गरेका मास्क वितरण गर्ने र पछि स्थानीय नागरिकलाई समेत मास्क वितरण गर्ने योजना रहेको चतुर्वेदीले बताए। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्व सतर्कतास्वरुप जिल्ला प्रहरी कार्यालयले मास्क बनाउन थालेको हो।

कोरोना संक्रमणको पूर्व सतर्कताका लागि फ्रन्ट लाइनमा स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीहरु पनि खटिएका छन्। सामूहिक रुपमा ब्यारेकमा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च जोखिममा छन् नै। अझ ब्यारेकमा एउटा व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रुप लिन सक्ने अवस्था पनि आउँछ। जसकारण सुरक्षाकर्मीहरु आफैं उच्च जोखिममा हुने नै भए। त्यसैको पूर्वसावधानीस्वरुप सुरक्षा निकायले आफ्नो तयारी तीव्र पारेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाजस्तै हरेक प्रहरी इकाइले आफ्नो तयारी तीव्र बनाइरहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले आन्तरिक तयारीलाई तीव्र बनाइको र मातहतका सबै इकाइलाई सर्तकता अपनाउन निर्देशन पनि दिइसकेको बताए। उनका अनुसार कोही प्रहरी कर्मचारी बिरामी भइहालेमा नेपाल प्रहरी अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था गरिएको छ। स्ट्याण्डबाई एम्बुलेन्स राखिएको छ भने दुई हप्ताका लागि सभा गोष्ठीजस्ता कार्यक्रम स्थगित गरिएको छ।

तालिम केन्द्रहरुले दिने गरेको डे/नाइट‚ घण्टे आउटजस्ता बिदा समेत अहिले कटौती गरिएको छ। प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखहरुलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यक बाहेक अन्य अवस्थामा ब्यारेक छाडेर बाहिर नजान र बिदा नबस्न पनि निर्देशन दिइएको डिआइजी थापा क्षेत्रीले जानकारी दिए। 

‘उनीहरुका सबै बिदा अहिले कटौती गरिएको छ। दुई अवस्थामा मात्रै बिदा पाउने व्यवस्था गरिएको छ। एउटा किरिया बिदा र अर्को सुत्केरी बिदा‚’ क्षेत्रीले भने। 

1140x725

सचेतनाको निम्ति प्रहरी अस्पतालले तालिम केन्द्र तथा प्रहरीका अन्य कार्यक्रमहरुमा सचेतना गराइरहेको छ।

nimb
nimb

कोरोनाको अर्को उच्च जोखिममा ट्राफिक प्रहरी पनि छन्। उक्त जोखिम न्यूनीकरण गर्ने अति आवश्यक अवस्थामा मात्रै मापसे जाँच गर्ने गरेको छ। यदि मापस जाँच गर्नै परेको अवस्थामा पनि पर्सनल प्रोटेक्टिभ इक्वपमेन्ट (पिपिई) लगाएरमात्रै जाँच गर्ने गरेको छ। कोरोनाकै कारण प्रहरीले गर्दै आएको समुदाय प्रहरी साझेदारी कार्यक्रममा पनि असर परेको छ। अहिले भने उक्त कार्यक्रमअन्तर्गत आममानिस भेला पारेर भन्दा पनि माइकिङ र पर्चा पम्प्लेट मार्फत सचेतना गराउन सुरु गरेको छ।

नेपाल प्रहरीसँगै कोराना भाइरसको सचेतनाको फ्रन्ट लाइनमा सशस्त्र प्रहरी बल पनि खटिएको छ। ब्यारेकमा सामूहिक रुपमा बस्नुपर्ने र सचेतनाका फ्रन्ट लाइनमा आउनुपर्दा सुरक्षा निकाय कोरोनाको उच्च जोखिममा छन्। जोखिम न्यूनीककरण सशस्त्रले अभियान सञ्चालन गरिरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए। उनका अनुसार सशस्त्रले पनि अत्यावश्यक बाहेकका बिदा कटौती गरेको छ भने तालिममा रहेका व्यक्तिलाई दिइने घण्टे आउटसमेत कटौती गरिएको छ।

यदि कारोना पोजेटिभ भइहालेको अवस्थामा सशस्त्र प्रहरी अस्पतालमा १५ वटा आइसोलेशन वार्डको व्यवस्था गरिएको डिआइजी श्रेष्ठले जानकारी दिए।
त्यस्तै कोरोनाका उच्च जोखिममा रहेका सीमा नाकाका हरेक ब्यारेकहरुमा थर्मल गनको व्यवस्था गरिएको छ। कुनै सुरक्षाकर्मीलाई भाइरस संक्रमण भएजस्तो लक्षण देखिए तुरुन्तै जाँच गर्ने व्यवस्था सशस्त्रले मिलाएको छ। 

अहिले सीमा नाका ३४ वटा जिल्लामा स्वास्थ्यकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ६७ हेल्थ डेक्स स्थापना गरिएको छ। उक्त डेस्क स्थापना भएपछि अहिलेसम्म १ लाख ४१ हजार ६ सय ५० मानिस नेपाल प्रवेश गरिसकेका छन् भने ज्वरो आएको देखिएपछि १२ जना भने भारततर्फ नै फर्काइएका थिए। 

नेपाल प्रहरी र सशस्त्रमात्रै होइन करीब १ लाखको हाराहारीमा रहेको नेपाली सेनाभित्र पनि कारोनाको त्रास गडेको छ।

सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले कारोनासम्बन्धी एउटा कार्यविधि नै बनाएको छ। कार्यविधिअनुसार सैनिक स्वास्थ्य महानिर्देशकको अध्यक्षतामा कोर टिम बनेको छ। त्यो टिमले नेपाली सेनाको सबै ब्यारेकहरुमा कोरोनासम्बन्धी सचेतना र कोरोना भाइरसबाट बच्नका लागि गर्नुपर्ने जानकारीसहित सर्कुलर गरिरहेको छ। सर्कुलरमा सिपाहीहरुले गर्नुपर्ने तथा ध्यान दिनुपर्ने कुराहरु, रिक्रुट कमाण्डरहरुले गर्नुपर्ने कामहरु, ब्यारेकमा भएका मेडिकल पर्सनलहरुले गर्नुपर्ने कामहरुका बारेमा सिकाइएको छ। 

कमाण्डरहरुलाई भने आफूभन्दा तल्ला दर्जाका कर्मचारीहरुलाई ठूलो ग्रुपमा बाहिर पिटी परेडमा ननिकाल्न, ब्यारेकभित्रै पिट गराउन, ब्यारेकमा कोरोनाका सचेतना पोस्टर पम्ल्लेटहरु टाँस्न, विश्वमा भइरहेको कोरोना अपडेटेको बारेमा सिपाहीहरुलाई जानकारी गराउन,  बिदा जाँदा अपनाउने कुराहरुको बारेमा जानकारी गराउन, एकद्वार प्रणालीबाट मात्रै प्रवेश गराउन, भित्र प्रवेश गर्ने व्यक्तिको तापक्रम जाँच्नलगायतका निर्देशन दिइएको उनले बताए।

त्यस्तै मेडिकल पर्सनलहरुलाई निर्देशन दिइएको छ। संकास्पद व्यक्तिको तापक्रम जाँच्ने, बिरामी देखिए आइसोलेसनमा राख्ने, अस्पतालहरुमा फ्री एम्बुलेन्स व्यवस्था मिलाउनेलगायतका निर्देशन दिइएको छ।  

नेपाली सेनाले आइसोलेसन क्याम्पको पूर्वाभ्यासका लागि टुडिखेलमा बनाएको क्याम्प

उनका अनुसार वीरेन्द्र अस्पताल छाउनीमा १० वटा आइसोलेशन बेडको व्यवस्था गरिसकिएको छ। भ्याली बाहिरको हकमा पोखरा, इटहरी र नेपालगञ्जमा भएको सैनिक अस्पतालमा दुई/दुईवटा बेड तयारी गरेर राख्नु भन्ने आदेश दिइएको छ।  सैनिक अस्पताल बाहेक पृतना, बाहिनीहरुमा पनि एम्बुलेन्ससहित दुईवटा बेड तयारी गरेर राख्नु भनेर निर्देशन दिइएको छ। यसरी जम्मा ५० वटा बेड आइसोलेशनका लागि राखिएको छ। तीमध्ये वीरेन्द्र अस्तालको काम पूरा भइसकेको उनले बताए।

सेनाले लघु उद्योगबाट मास्क बनाउने काम र स्वयम्भू बारुदखानामा भएको केमिकलहरुबाट ह्यान्ड सेनिटाइजरहरु पनि बनाउने प्रक्रिया सुरु गरिसकिएको र बजारमा अभाव भएको अवस्थामा  सेनाले सप्लाई गर्ने तरिकाले काम सुरु गरेको उनले जानकारी दिए।

 

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्