काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटका रुपमा परिभाषित गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसको परीक्षणमा जोड दिएको छ। डब्ल्यूएचओले कोरोना भाइरस संक्रणकाे आशंका भएका सबैकाे परीक्षण गर्न विश्वलाई आवह्वान गरेको छ।
‘सबै देशहरुलाई हाम्रो सन्देश छ- परीक्षण, परीक्षण, परीक्षण,’ डब्ल्यूएचओका महानिर्देशक टेन्डोर्स अधानोमले सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आशंका भएका सबैको परीक्षण गर्न सबै देश सक्षम हुनुपर्छ। नजरअन्दाज गरेर उनीहरु यो महामारीसँग लड्न सक्दैनन्।’
कोरोना भाइरसकाे संक्रमणबाट बच्न अमेरिका, युरोप, एसिया र मध्यपूर्व क्षेत्रमा आवश्यक सेवा बोहेकका सेवाहरु बन्द गरिएका छन्। विद्यालय, मनोरन्ञ्जन स्थल बन्द भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।