काठमाडौं– प्रदेश २ ले प्रदेशको नाम र राजधानी मतदानबाट टुंगो लगाउने भएको छ। प्रदेशको नाम र राजधानीका विषयमा लामो समयदेखि विवाद हुँदै आएपनि सहमति हुन नसकेपछि मंगलबार मतदानबाट टुंगो लगाउन थालिएको हो।
नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलका अनुसार प्रदेशको राजधानी जनकपुर राख्ने सहमति भएपनि मतदान हुने भएको छ। ‘हामीले प्रदेशको राजधानी जनकपुर राख्ने सहमति गरे पनि मतदान गर्छौं,’ मण्डलले भने, ‘तर, प्रदेशको नामका विषयमा फरकफरक मत कायमै छ।’
नेकपाले जनकपुर, नेपाली कांग्रेसले मिथिला–भोजपुरा, समाजवादी र राजपाले मधेस प्रदेश राख्नुपर्ने अडान राखेका छन्। प्रदेशको नामका विषयमा तत्काल बहुमत नपुग्ने देखिएको छ।
प्रदेशसभामा समाजवादीका ३०, राजपा २५, नेकपा ३२ र कांग्रेसका १९ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।