काठमाडौं- प्रदेश २ ले मंगलबर (भोलि) प्रदेशको नाम र राजधानी मतदानबाट टुंगो लगाउने भएको छ। प्रदेशको नाम र राजधानीका विषयमा लामो समयदेखि विवाद हुँदै आएपनि सहमति हुन नसकेपछि मतदानबाट टुंगो लगाउन थालिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए।
प्रदेशको राजधानी जनकपुर राख्ने सहमति भएपनि मतदान हुने भएको छ। ‘हामीले प्रदेशको राजधानी जनकपुर टुंगो राख्ने सहमति गरे पनि मतदान गर्छौं।’ मण्डलले भने, ‘तर, प्रदेशको नामका विषयमा फरक फरक मत कायमै छ।’
प्रदेशको नामका सम्बन्धमा नेकपाले जनकपुर,काग्रेसले मिथिला-भोजपुरा, समाजवादी र राजपाले मधेस प्रदेश राख्नु पर्ने अडान राखेका छन्। प्रदेशको नामका विषयमा तत्काल बहुमत नपुग्ने देखिएको छ।
मतदानका लागि सबै पार्टीका एक सय ७ प्रदेश सांसदलाई उपस्थित हुन निर्देशन दिएको छ।
प्रदेशसभामा समाजवादीका ३०, राजपा २५, नेकपा ३२ र काग्रेसका १९ सांसद छन्।
राजधानी जनकपुर राख्ने विषयमा लगभग सहमति भएपनि प्रदेशको नाममा मतदान हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।